• १७ मंसिर २०८१, सोमबार

विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

blog

विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा प्रदान गरिदैं । तस्बिरः जीयाराम चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर १७ गते । कैलालीको कैलारी गाउँपालिका–७ मा अपाङ्गता भएका र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । 

सुइटी र खौरहुवा शिव सामुदायिक वनले विद्यार्थीलाई शैक्षिक सामग्रीसहित न्यानो कपडा दिएको हो । सामुदायिक वनले अपाङ्गता भएका सुनैना चौधरी, राष्ट्रिय आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत जेहेन्दार विद्यार्थी निरुता चौधरी, सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत अनाथ विद्यार्थी दुखनी चौधरीलाई शैक्षिक सामग्री र ब्ल्याङ्केटसहित न्यानो कपडा दिइएको छ । 

यसैगरी, बागेश्वरी बालविकास केन्द्रमा अध्ययनरत जेहेन्दार छात्रा स्मृति चौधरीसहित सामान्य परिवारका १५ जना विद्यार्थीलाई समेत शैक्षिक सामग्री प्रदान गरेको स्थानीय जीयाराम चौधरीले जानकारी दिनुभयो । छटकपुर बसन्तामा आयोजित एक कार्यक्रमबिच सुदूरपश्चिमका पूर्वमन्त्री घनश्याम चौधरीले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री दिएको जनाइएको छ ।