भारतीय नाका आजदेखि तीन दिन बन्द
भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ ।
चैते दसैँमा सार्वजनिक बिदा
मङ्गलसेन नगरपालिकाले चैते दसैँको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आफ्नो राजपत्रमा सोमबार सूचना प्रकाशित गरेर वैशाख ४ गते मङ्गलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
टीकापुरमा सफाईवाहक भित्रिएपछि नगर सफा
कैलालीको टीकापुरमा फोहोरवाहक भित्रिएपछि बजार क्षेत्र सफा देखिन थालेको छ । फोहोरवाहक भित्रिएसँगै पालिकाले दैनिक फोहोर सङ्कलनलाई तीव्रता दिएपछि नगर सफा देखिन थालेको स्थानीय बताउँछन् ।
२०८१ साललाई पार्टी शुद्धीकरणको वर्ष बनाऔँ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले २०८१ साललाई शुद्धीकरण सालको रूपमा बनाउनुपर्ने बताउनु भएको छ ।
आगलागीमा परेर दुई बालबालिकाको मृत्यु
गोठकाे छानामा आगलागीमा परेर अछामको मेल्लेखमा दुई बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–६ षोडशाका दीपक बोहराकी अन्दाजी आठ वर्षीया छोरी भावना बोहरा र रमेश बोहराकी अन्दाजी ६ वर्षीय छोरा गोपाल बोहराको घटनास्थलमै ज्यान गएको हो ।
प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो प्रमुख भूमिका र जिम्मेवारी रहेको बताउनुभएको छ । डोटीको सिलगढीमा आइतबार उहाँलाई गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै उहाँले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष न्यायपालिकाको मान्यता अक्षुण्ण राख्दै प्रभावकारी न्याय प्रशासन कायम गर्न लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “न्यायपालिकाको नेतृत्व सम्हालेदेखि नै आफूलाई न्यायिक सुधार र न्यायपालिकाको श्रीवृद्धिमा समाहित गर्दै आएको छु, जस अनुसार न्यायिक सुधारका सकारात्मक सङ्केत र उपलब्धिसमेत देखा पर्दै गएका छन् । बाँकी अवधि पनि म त्यसैमा समर्पित गर्ने वाचा गर्दछु ।” स्वच्छ, निष्पक्ष छिटोछरितो गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन तथा सुशासन र विधिको शासनको प्रत्याभूति गर्दै आमनागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्ने कसरतमा आफू रहेको उहाँले बताउनुभयो ।
बालविवाह रोक्न अन्तर्क्रिया
बालविवाह रोक्नका लागि सरकारी तथा गैरसरकारी संस्थाले अभिभावकसँग अन्तर्क्रिया गरेका छन् । अभिभावककै मिलेमतोमा बालविवाह हुन थालेपछि सो कार्यलाई रोक्न अभिभावकसँग अन्तर्क्रिया कार्यक्रम सुरु गरेका हुन् । अभिभावकले बालविवाह गर्नेलाई संरक्षण दिन थालेपछि समस्या जटिल बन्दै गएको ग्रिनतारा नेपाल र रिड नेपालको गरिमा परियोजनाका सामाजिक परिचालक मनिता सुनारले बताउनुभयो ।
प्रदेश सभा सदस्य गिरीको पुनर्बहाली
सुदूरपश्चिम प्रदेश सभाका सदस्य इन्दिरा गिरीको प्रदेश सभा सदस्यमा पुनर्बहाली भएको छ । प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएपछि उहाँले सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
थ्रेसरमा च्यापिएर महिलाको मृत्यु
कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा च्यापिएर आज एक महिलाको ज्यान गएको छ ।
मुख्यमन्त्रीमा उन्मुक्तिको रञ्जिता पक्षबाट कैलाश चौधरी दाबी प्रस्तुत
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट पार्टी प्रदेश सभा सदस्य कैलाश चौधरीले मुख्यमन्त्री पदमा दाबेदारी प्रस्तुत गर्नुभएको छ।
उन्मुक्तिको रञ्जिता पक्षबाट कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्दै
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षबाट सो पार्टी प्रदेश सभा सदस्य कैलाश चौधरीले पनि मुख्यमन्त्री पदमा दाबेदारी प्रस्तुत गर्नुहुने भएको छ।
नागरिक उन्मुक्तिका लक्ष्मण किशोरद्वारा मुख्यमन्त्रीमा दाबी प्रस्तुत
सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नागरिक उन्मुक्ति रेशमलाल चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्नुभएको छ।
सुदूरपश्चिममा कांग्रेस र समाजवादीको समर्थनमा नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा दाबी गर्ने
सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नागरिक उन्मुक्तीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गर्नुहुने भएको छ।
सुदूरपश्चिमकाे मुख्यमन्त्री पदका लागि दाबी पेश गर्ने अन्तिम दिन
मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत जुटाउन नसकेर पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नका लागि १० दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।
भर्नाकै दिन किताब पाएपछि विद्यार्थी दङ्ग
विद्यालय सञ्चालन भएको छ महिनासम्म पनि किताब नपाउने बाजुराका विद्यार्थीहरुले यो वर्ष भने भर्नाकै दिनमा किताब पाएका छन् ।
प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दन
सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दन गरिने भएको छ । पारिवारिक भेटघाटका क्रममा डोटी आउनुभएका प्रधान न्यायाधीश श्रेष्ठलाई नागरिक अभिनन्दनसहित सम्मान गर्न लागिएको हो । लामो समयदेखि न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत उच्च सम्मानका साथ उहाँलाई वैशाख २ गते सदरमुकाम सिलगढीमा नागरिक अभिनन्दन गरिने दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजयसिंह खड्काले बताउनुभयो । नागरिक अभिनन्दनका विषयमा आयोजित पत्रकार सम्मेलमा नगर प्रमुख खड्काले प्रधान न्यायाधीश श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट पहिलो पटक प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा पुग्नुभएको बताउनुभयो ।
गुणस्तरहीन ‘स्मार्ट स्ट्रिट लाइट’ हटाइँदै
धनगढीमा दोस्रो पटक लगाइएका सडकबत्तीसमेत गुणस्तरीय नभएको भेटिएपछि धनगढी उपमहानगरपालिले उक्त बत्ती हटाएर गुणस्तरीय बत्ती लगाउन निर्देशन दिएको छ । धनगढीको ट्राफिक चौराहदेखि कैलाली भन्सारसम्म र क्याम्पस चोक क्षेत्रको हुलाकी सडकमा सडकबत्ती प्रवर्धन आयोजना अन्तर्गत जडान गरिएका ‘स्मार्ट स्ट्रिट लाइट’ गुणस्तरहीन भेटिएका हुन् । उपमहानगरपालिकाले निर्माण कम्पनीलाई गुणस्तरीय बत्ती लगाउन निर्देशन दिएको र निर्माण कम्पनीले पाउने भुक्तानीसमेत रोक्का गरिएको उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो ।
जिल्लामा मुद्दाको सङ्ख्या बढ्दै
जिल्ला प्रहरी कार्यालयमा उजुरी तथा मुद्दा दर्ताको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ८४ वटा उजुरी तथा मुद्दा दर्ता भएका छन् । प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले गत वर्ष जम्मा ९९ वटा दर्ता भएको जानकारी दिनुभयो ।
बिसुपर्व लाग्यो, भिटौलो सकियो
सुदूरपश्चिमका बैतडी र दार्चुलामा मनाइने भिटौलो त्यार (पर्व) सकिएको छ । चैतमा माइती पक्षले विवाहित छोरीचेलीलाई भेट्ने चलन रहेकाले चैत महिनाभरि भेटघाटको चहलपहल हुन्छ । माइती पक्षको न्यास्रो मेट्नका लागि चैतको महिना मिठो मसिनो खानेकुरा लगेर भिटौला जाने चलन रही आएको मालिकार्जुन गाउँपालिका–४, ऐरिछानाका स्थानीय जितेन्द्र धामीले बताउनुभयो । पहिला घरमै पकाएका खानेकुरा लगेर भेटघाट गर्ने चलन रहेकोमा त्यो चलन भने बिस्तारै घट्दै गएको छ ।
त्रिपाठी र बन्धुलाई वाङ्मय पुरस्कार
साहित्यकार वासुदेव त्रिपाठी र चूडामणि बन्धुलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले उहाँहरूलाई उक्त पुरस्कार प्रदान गरेको हो । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले धनगढीमा आयोजित एक कार्यक्रमका बिच सो पुरस्कार प्रदान गर्नुभयो ।
सेनाका पाललाई हाफ म्याराथन उपाधि
धनगढीमा शनिबार भएको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको उपाधि नेपाली सेनाका धावक मुकेशबहादुर पालले जित्नुभएको छ ।
सुदूरपश्चिममा सिस्नु लगाएर ‘बिसु’ पर्व मनाइँदै
सुदूरपश्चिम प्रदेशमा आज नयाँ वर्षसँगै बिसु पर्व मनाइँदै छ । डोटी लगायत सुदूरपश्चिमका जिल्लाहरूमा नयाँ वर्षको पहिलो दिनलाई हर्षोल्लासका साथ बिसु पर्वका रूपमा मनाउने गरिन्छ ।
गिट्टी नकुटे चुलो बल्दैन
स्वामिकार्तिक गाउँपालिका–१, मुक्तिकोटकी बलसेरा विक उमेरले करिब ५० वसन्त पार गर्नुभयो । उमेरले जोखिम काम गर्न समस्या भए पनि उहाँको दैनिकी गिट्टी कुट्नमै जाने गरेको छ । साँझ/बिहान के खाने भन्ने चिन्ताले विकलाई पिरोली रहन्छ, रहर होइन, बाध्यताले बलसेरा गिट्टी कुट्न कर्णाली कोरिडोरमा जानुहुन्छ । कर्णाली नदीको तिरमा आएर गिट्टी फुटाउनु उहाँको दैनिकी नै बनेको छ । बलसेराको हातमा ठेला छन् तर पनि उहाँलाई गरिबीले गिट्टी फुटाउनको अर्को विकल्प दिँदैन ।
नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य चौधरी निलम्बित
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेश सांसद घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी नियमविपरित काम गरेको भन्दै चौधरीलाई निलम्बन गर्नुभएको हो ।