महासंघ सुदूरपश्चिम अध्यक्षमा शाह, महासचिवमा भट्ट
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा भरतबहादुर शाह निर्वाचित हुनु भएको छ । प्रेस युनियनका बागी उम्मेदवार मिन बमलाई पराजित गरी शाह अध्यक्षमा निर्वाचित हुनु भएको हो । महासचिवमा प्रेस चौतारीका उम्मेदवार शिवराज भट्ट निर्वाचित हुनुभएको छ ।
घाँटी रेटी बालिकाको हत्या
बाजुरामा एक नाबालिकाको घाँटी रेटी हत्या गरिएको छ । बुढीगङ्गा नगरपालिका वडा नं –२ नडाङ्ग बस्ने वर्ष ४८ का नन्दे सनाईले ८ वर्षीया विनिता सनाईको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
ट्याक्टरमा उखु लोड गरिदैँ
कञ्चनपुर, मङ्सिर २९ गते । शुक्लाफाँटा नगरपालिका २ का किसान शुक्रबार ट्रयाक्टरको ट्रलीमा उखु राख्दै । चिनी मिलले उखु क्रसिङ गर्न सुरु गरेपछि किसानलाई उखु काटेर मिलमा बेच्न चटारो छ । तस्बिरः रासस
जलवायु परिवर्तनबारे सार्वजनिक सुनुवाइ
धनगढी उपमहानगरपालिका–१९, दक्षिण ललितपुरमा जलवायु परिवर्तनका असर र समसामयिक सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ ।
एआरटी सेवा लिँदै एड्स सङ्क्रमित
सुदूरपश्चिम प्रदेशमा तीन हजार ७२३ जना एचआइभी/एड्स सङ्क्रमितले उपचार गराइरहेका छन् ।
विपतका घटनाबाट चिन्तित चुरे फेदी
शुक्लाफाँटा नगरपालिका चुरे फेदीको बस्तीमा विपत्जन्य गतिविधि बढ्दै जान थालेकामा बेलडाँडीका चन्द्रबहादुर चौधरी निकै चिन्तित छन् ।
सुदूरपश्चिमका मन्त्री थापा वैवाहिक बन्धनमा
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा ६५ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनु भएको छ ।
काठमाडौँ–टीकापुर–काठमाडौँ हवाई उडान यही मंसिर ३० गतेदेखि
कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ। वि.सं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो।
काउली गोडमेल गर्दै किसान
कञ्चनपुर, मङ्सिर २८ गते । कञ्चनपुरको बेलौरी नगरपालिकाको रामनगरका किसान काउलीको बिरुवा गाेडमेल गर्दै । यस क्षेत्रका किसानले काउली खेतीबाट राम्रो आम्दानी लिँदै आएका छन् । तस्बिरः रासस
ट्युबमार्फत महाकाली तर्नुपर्ने बाध्यता
महाकाली नदीमा मोटरेबल पुल निर्माण गरेर नेपाल–भारत आवागमन व्यवस्थित गर्ने विषयमा दुई देशबिच पटक पटक सहमति भए पनि पुल नबन्दा दुई देशका नागरिक ट्युबमा हावा भरेर नदी तर्दै आइरहेका छन् ।
छात्रावास भवनको शिलान्यास
बाजुरामा दुई वर्षअघि गएको भूकम्पले यहाँका अधिकांश घरछाना र विद्यालयलगायतका धेरै भौतिक संरचनामा क्षति पुगेको थियो ।
विकास गाउँमा, युवा विदेशमा
बाजुरामा केही समयपहिला एक वडाबाट अर्को वडामा पुग्न झन्डै दिनभर लाग्ने गथ्र्यो ।
सुदूरपश्चिमको बजेट खर्च १०.५१ प्रतिशत
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट हालसम्म तीन अर्ब ३२ करोड ४३ लाख रुपियाँ खर्च गरेको छ ।
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक रु १० लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर परीक्षण
एसइई परीक्षामा सहभागी हुँदै आएका बैतडीका १२९ वटा माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण सुरु भएको छ ।
दिवा खाजाले विद्यार्थी सङ्ख्या वृद्धि
दिवा खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको सरोकारवालाले जनाएका छन् ।
दुई पटक म्याद थप्दा पनि बनेन पुल
डेढ वर्षमा बन्नुपर्ने सुर्मीनाला पुल साढे चार वर्ष पुग्न लाग्दा पनि बन्न सकेको छैन ।
७० वर्षीय मुखिया हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गर्दै
कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार९सान० लगाउने कार्य गर्नुहुन्छ । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उहाँको दिनचर्या नै हो ।
हिउँको आँगन, पिठिउँमा शिशु
बाजुरामा मङ्सिर, पुस र माघको चिसोले सबैको मुटु कमाउँछ ।
नगर प्रमुख हमाललाई आइसियुबाट वार्डमा सारिने
स्वास्थ्य समस्या आइ भारतको नयाँ दिल्ली साकेतस्थित म्याक्स अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई सघन उपचार कक्ष (आइसियु) बाट निकालेर प्राइभेट वार्डमा सारिने जनाइएको छ।
कैलारीमा बिहीबार शोक बिदा
कैलालीको कैलारी गाउँपालिकाले भोलि (बिहीबार) पालिकाभरि शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गत मनाउ आधारभूत स्वास्थ्य केन्द्रमा प्रमुख पदमा कार्यरत कर्मचारी कमलेश चौधरीको सवारी दुर्घटनामा निधन भएपछि सो पालिकाले एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।
प्रथम चौमासिकमा पुँजीगत बजेट खर्च प्रगति न्यून
चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिक सकिँदासम्म सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत बजेट (विकासको काममा खर्च हुने बजेट) खर्च प्रगति न्यून देखिएको छ।
दुर्घटनामा स्वास्थ्यकर्मी चौधरी र कलाकार महराको निधन
कैलालीमा भएको सवारी दुर्घटनामा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख कमलेश चौधरी र हास्य कलाकार हिक्मत महराको निधन भएको छ ।
बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प
बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।