• २९ मंसिर २०८१, शनिबार

सुदूरपश्चिमका मन्त्री थापा वैवाहिक बन्धनमा

blog

भावना विष्टसँग लगनगाँठो कस्दै मन्त्री बहादुरसिंह थापा।तस्बिर : मन्त्री थापाको फेसबुकबाट

अविनाश चौधरी

धनगढी, मङ्सिर २८ गते। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा ६५ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनु भएको छ ।

यसअघिसम्म विवाह नगरी बस्नु भएका उहाँ कञ्चनपुरको सिसैंयाकी भावना विष्टसँग लगनगाँठो कस्नु भएको हो।मन्त्री थापा यसअघिसम्म विवाह नगरी अविवाहित बसेको आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले बताउनुभयो।

थापाको जन्म २०१६ चैत १ गते बैतडीको दशरथचन्द नगरपालिकामा भएको थियो।हाल उहाँ कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा स्थायी बसोबास गर्दै आउनु भएको छ।

नेपाली कांग्रेसका नेता थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो।