• २३ फागुन २०८२, शनिबार

इलामको दुवै क्षेत्रमा एमालेको बढ्दै अग्रता

blog

एमालेका सुुहाङ नेम्वाङ र काजीमान कागते । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन २३ गते । इलाम –२ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुुभएको छ ।  नेम्वाङले अहिलेसम्म  १५ हजार ६२८ मत प्राप्त गर्नुभएको छ । 

पछिल्लो परिणामअनुसार चुलाचुली गाउँपालिका, माई नगरपालिका, फाफोकथुम गाउँपालिका, माङ्सेबुुङ र देउमाई नगरपालिका गरि पाँचवटा पालिकाको मत गणना गर्दा तीन हजार ६५३  मतले नेम्वाङले अग्रता कायम गर्नुभएको हो । 

इलाम–२ मा श्रमसंस्कृति पार्टीका सुुदिप राईले ११ हजार ९७५, नेपाली कांग्रेसका भेषराज आचार्यले हजार आठ हजार ८७९, रास्वपाका गोकुुल राईको चार हजार ५४२ हजार, नेपाली कम्युुनिष्ट पाटीका ओम गुरुङको नौं  सय २८ मत प्राप्त गर्नुभएको छ । इलाम – २ मा अब इलाम नगरपालिका –१ र २ को गणना शुुरु भएको छ ।  इलाम– २ मा ६७ हजार ६४८ मत खसेको थियो । 

उता इलाम –१ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले अग्रता लिनुु भएको छ ।  कागतेले अहिलेसम्म तीन हजार ९६९  मत प्राप्त गर्नु भएको छ । 

यस्तै नेपाली कांग्रेसका निश्कल राईले तीन हजार ३०९, रास्वपाका विमल गदालले एक हजार ६१८ मत प्राप्त गर्नुभएको छ । श्रम संस्कृति पाटीका बिनोद नेम्वाङले तीन हजार १३३ मत प्राप्त गर्नुभएको छ । नेपाली कम्युुनिष्ट पाटीका रणबहादुर राईको एक हजार ३५६ मत प्राप्त गर्नु भएको छ । 

इलाम –१ मा अहिलेसम्म १५ हजार ३८८ मत गणना भएको छ । इलाम–१ मा  ६३ हजार ६९५ मत खसेको थियो  ।