• २३ फागुन २०८२, शनिबार

बालेनलाई ओलीको बधाई– तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

blog

तस्बिरः केपी शर्मा ओलीको फेसबुकबाट

काठमाडौँ, फागुन २३ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई बधाई दिनुभएको छ । 

झापा–५ मा बालेनसँग ४९ हजार ६१४ मतले पराजित भए लगत्तै ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् बधाई तथा शुभकामना दिनुभएको हो। 

झापा–५ मा बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत ल्याउनुभएको छ । ओलीलाई साहले ४९ हजार ६१४ मतान्तरले पराजित गर्नुभएको हो । 

यसअघि काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि तबला उपहार दिएको तस्बिर साझा गर्दै ओलीले शुभकामना दिनुभएको हो ।