खाद्य लिमिटेडको अतिक्रमित जमिन खाली गरियो
कञ्चनपुरको महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डेढ बिघाभन्दा बढी जमिन अतिक्रमण गरी बनाइएका संरचना खाली गरिएको छ ।
वन्यजन्तु पीडितले राहत रकम नपाएको गुनासो
सुदूरपश्चिम प्रदेशका वन्यजन्तु पीडितहरूले वन्यजन्तुले क्षति पुर्याए बापतको राहत रकम नपाएको गुनासो गरेका छन् । प्रदेशका ७४६ जना पीडितले यस आर्थिक वर्षको १० महिनादेखि राहत रकम पाउन सकेका छैनन् ।
पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा
सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल यात्रा सम्पन्न गरिएको छ । डडेलधुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्री भू-स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन् ।
त्रिपालमुनि रात कटाउँदै आगलागीपीडित परिवार
ग्यास चुहावट भएर घरमा अगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका-७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि अनिदोमै रात कटाउन बाध्य छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीद्वारा शपथ ग्रहण
बझाङ क्षेत्र नम्बर (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
हुड्को बजाएर तीन पुस्ता सँगै नाच्दै
देउडा संस्कृतिको अमूल्य गहनाका रूपमा चिनिने हुड्को बजाएर पछिल्लो समय जीविका नचले पनि बैतडीका गणेश दमाईको तीन पुस्ता हुड्को बजाउँदै नाच्दै आएका छन् ।
हिंसा नियन्त्रण गर्न प्रहरीको सहकार्य
लैङ्गिक हिंसा नियन्त्रण गर्न स्थानीय तह तथा सरोकारवाला पक्षलाई समेटेर नेपाल प्रहरीले सहकार्य गर्न थालेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले लैङ्गिक हिंसा नियन्त्रणमा यस किसिमको सहकार्य प्रभावकारी हुने अपेक्षा राख्नुभयो । विभिन्न अपराधका अधिक घटना हुने टीकापुर क्षेत्रमा लैङ्गिक हिंसा र लागुऔषधमा संलग्न व्यक्तिकाविरुद्ध सूचना पाउन कठिनाइ भएको उहाँले बताउनुभयो । सरोकारवाला संस्था तथा निकाय र प्रतिनिधिसँगको सहकार्यले हिंसा प्रभावितलाई सेवा दिन सजिलो हुने र कानुनविपरीतका क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिन सहयोग पुग्ने दाबी उहाँले गर्नुभयो ।
कान्द्रा नदीमा तटबन्ध
कैलालीको भजनी नगरपालिकासँग जोडिएको हुलाकी राजमार्गलाई कान्द्रा नदीले क्षति पु¥याएपछि सो क्षेत्रमा तटबन्ध निर्माण गर्न थालिएको छ । नदीको कटान नियन्त्रण गरी राजमार्ग र नजिकको बस्ती जोगाउने उद्देश्यले सङ्घीय सरकारको लगानीमा तटबन्ध निर्माण गर्न थालिएको हो । भजनी–५ र ७ स्थित लालबोझी र कुटीमा तटबन्ध निर्माण भइरहेको राजमार्ग आयोजनाको कार्यालयले जनाएको छ । सो कार्यालयका सूचना अधिकारी इन्जिनियर बर्ख कठायतका अनुसार लालबोझीमा एक हजार ८५ मिटर र कुटीमा तीन सय मिटरमा ग्याबिनसहितको तटबन्ध निर्माण भइरहेको छ ।
पन्ध्र लाखमा फोहोर बिक्री गर्दै धनगढी उपमहानगरपालिका
नगर क्षेत्रको फोहोरबाट मोहर बनाउने अभियानमा जुटेको धनगढी उपमहानरपालिकाले पहिलो पटक १५ लाख रुपियाँको फोहोर बिक्री गर्न थालेको छ।
अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला
अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन् ।
सुधार केन्द्रमा बसेका युवाको मृत्यु
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ भालुफाँटास्थित नयाँबाटो पुनर्स्थापना के्रन्द्रमा बस्दै आएका एक युवकको मृत्यु भएको छ ।
सायलवासी उज्यालोको पर्खाइमा
“साँझ पर्नेबित्तिकै घरको आँगनबाट हेर्दा पारिका गाउँ झिलिमिली देखिन्छन् । बिजुलीबत्तीले गाउँपालिकाको कार्यालय रहेको दुदिलीगढा क्षेत्र उज्यालो हुन्छ । तर त्यहीँ नजिक रहेको बस्तीका सर्वसाधारण अझै पनि झोरो (दियालो) बालेर पल्लो गाउँको उज्यालो नियाल्दै आएका छन् ।
झगडियालाई चौतारी, थुनुवालाई पुस्तक
स्थानीयस्तरमा हुने विवाद तथा झै झगडा साम्य पार्न जिल्ला प्रहरी कार्यालयले मेलमिलाप चौतारी सञ्चालनमा ल्याएको छ । स्थानीय तहको न्यायिक समितिमा मेलमिलाप गराइने प्रकृतिका मुद्दा लिएर सर्वसाधारण प्रहरी कार्यालयमै उजुरी दिन आउन थालेपछि प्रहरीले मेलमिलाप चौतारी सञ्चालनमा ल्याएको हो ।
बाढीपहिरोपीडित चिन्तामा
आवास कार्यक्रमको दोस्रो किस्ता रकम नपाएपछि बाढीपहिरोपीडित चिन्तामा परेका छन् । घर निर्माण गरेको दुई वर्ष पुग्दा पनि आवास कार्यक्रम अन्तर्गतको दोस्रो किस्ता रकम नपाएको गुनासो पीडितको छ । बुढीगङ्गा नगरपालिका–१, अम्कोटकी बाढीपहिरोपीडित कल्चु नेपालीले दुई वर्ष हुँदा पनि आवास कार्यक्रमको दोस्रो किस्ता रकम नमिलेको बताउनुभयो ।
हरियाली वनमा देखियो डमरुसहितको बाघ
कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा डमरु हुर्काउनका लागि पोथी पाटेबाघ देखा परेको छ । बाघको चोरीसिकारी हुन नदिन र बाघबाट मान्छेलाई जोगाउन सुरक्षा सतर्कता बढाइएको छ । डिभिजन वन कार्यालय पहलमानपुरले डमरुसहितको बाघ देखा परेपछि बाघ र मान्छेको सुरक्षाका लागि निगरानी बढाएको जनाएको छ । वसन्ता कोरिडोर अन्तर्गत पर्ने गौरीगङ्गा नगरपालिका–९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा एक हप्तादेखि डमरुसहित बाघ घुमिरहेको अवस्थामा भेटिएको हो ।
बैतडीमा जिप दुर्घटनामा सात जना घाइते
बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते मध्ये चार अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई धनगढी रेफर गरिएको छ ।
कैलालीको सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरमा वृद्धि
अङ्ग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि बढेको आकर्षणसँगै कैलालीका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढेको छ ।
बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भीमदत्त राजमार्ग अवरुद्ध
भीमदत्त पन्त राजमार्गअन्तर्गत गैरा सडकखण्ड अवरुद्ध गरिएको छ । बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि जोरायल गाउँपालिका–१ गैरा बजारमा चक्काजाम गरिएको हो ।
तातो हावा ‘लू’ ले जनजीवन कष्टकर
अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ ।
चट्याङले बालकको मृत्यु
हावाहुरीसँगै परेको चट्याङका कारण अछामको रामारोशनमा एक ६ वर्षीय बालकको ज्यान गएको छ । सोमबार बेलुकी परेको चट्याङले रामारोशन गाउँपालिका ७ सुतारका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको निधन भएको हो ।
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु
कैलालीको धनगढी सहरको फोहोरमैला व्यवस्थापनका लागि ‘एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र’ को निर्माण सुरु गरिएको छ । सरकारले धनगढी उपमहानगरपालिका–७ स्थित पटेला सामुदायिक वन क्षेत्रको २९ हेक्टर जमिन उपलब्ध गराएपछि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण थालिएको हो । नेपाल सरकारबाट जग्गाको भोगाधिकार मिलेपछि रुख कटानको काम सुरु गरिसकेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । यसअघि धनगढी उपमहानगरपालिका–२ स्थित मोहना नदी आसपास क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने निर्णय भएपछि स्थानीयले विरोध जनाएका थिए ।
आगलागीबाट च्याखुरा र तित्रो सखाप
यस जिल्लाको एक सय वटा सामुदायिक वनमा निरन्तर आगलागी हुँदा सङ्कटापन्न पन्छी च्याखुरा र तित्रो सङ्कटमा परेका छन् । भुइँमै गुँड लगाउने च्याखुरा र तित्रोको गुँडसहित बासस्थान जलेपछि च्याखुरा र तित्रा सङ्कटमा परेका हुन् । आगलागीका घटनापछि वनमा साँझबिहान च्याखुरी च्याखुरी गर्दै च्याखुरा बासेको आवाज र तीन तारा तित्रिस गरी तित्रा बासेको आवाज पनि सुनिन बन्द भएको छ । गर्मीयाममा भुइँमै फुल पारेर ओथारो बस्ने बेलामा आगलागी हुँदा च्याखुरा र तित्रोको बासस्थान, अन्डा र चल्ला पोलिएका छन् ।
बुढीगङ्गामा प्रविधिमैत्री सेवा
बुढीगङ्गा नगरपालिकाले सञ्चालन गरेको डिजिटल प्रविधिले नियमित सेवा सहज बनाएको छ । नगरपालिकाले लागु गरेको डिजिटल प्रविधि सेवा प्रभावकारी बनेसँगै सेवा छिटोछरितो र चुस्त भएको छ । यो प्रविधिबाट काम छिटोछरितो र पारदर्शी हुँदा नागरिकमा सेवाप्रति विश्वास बढेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताउनुभयो । नगरपालिकाले दर्ता चलानी, सिफारिस, सूची दर्ता, योजना, राजस्व, व्यवसाय दर्तालगायतका कार्य डिजिटल प्रविधिबाट गर्ने गरेकोे छ ।
बजेट अभावले कालोपत्रे रोकिँदै
डडेलधुरा चक्रपथ सडकका रूपमा परिचित आइतबजार–कीर्तिपुर खण्ड बजेटको अभावमा कालोपत्रे हुनबाट रोकिने भएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना दैजी–जोगबुडा–चिरकिट्टे–आइतबजार–कीर्तिपुर हुँदै पोखरा–बेलापुर–ढुङ्गाड–देउरा–जौलजीवीलाई मानसरोवर जोड्ने सो सडकखण्डको आइतबजार–कीर्तिपुर खण्ड डडेलधुराको चक्रपथ बनेको छ । अमरगढी नगरपालिका–३ को आइतबजारबाट वडा नं. ४ को हरडी, भलिया र वडा नं. ५ को सेलागाउँका बस्ती जोड्दै कीर्तिपुर बजार भएर महाकाली राजमार्गसँग जोडिने भएकाले यसलाई रिङरोड (चक्रपथ) का रूपमा हेरिएको हो । साढे छ किलोमिटर सडक कालोपत्रे गर्न गत असारमा भ्याटबाहेक १९ करोड रुपियाँ बराबर रकममा ठेक्का सम्झौता भएको थियो । दुई वर्षमा काम