चर्किएकै घरमा भूकम्पपीडितको बास
बाजुराका भूकम्पपीडित चर्किएकै घरमा बस्न बाध्य छन् । लगातार तीन वर्षसम्म गएका भूकम्पले घर चर्किएका छन् । त्यही घरमा बस्न उनीहरू बाध्य छन् । पछिल्लो भूकम्प पुस ६ गते गएको थियो ।
नदी दोहनले राताशिला सङ्कटमा
त्रिवेणी नदीबाट अनियन्त्रित किसिमले ढुङ्गा तथा बालुवा दोहन हुँदा यस क्षेत्रको प्रसिद्ध राताशिलाधाम सङ्कटमा परेको छ ।
चिसापानीमा केबुलकार निर्माण हुँदै
सातै प्रदेशमा केबुलकार संरचना पुर्याउने घोषणा गरेको आइएमई समूहले कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबुलकार निर्माण सुरु गरेको छ ।
चिसापानी राजकाँडा केबलकारको शिलान्यास
नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिमको चिसापानी राजकाँडामा केबलकारको शिलान्यास गर्नुभएको छ ।
परराष्ट्रमन्त्री राणाद्वारा प्रमुख हमालको स्वास्थ्यबारे जानकारी
पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई भेटेर उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
जलवायु परिवर्तनको असर कम गर्न प्रयासरत छौं : राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकार जलवायु परिवर्तनको असर कम गर्न जिम्मेवार भएर लागेको बताउनुभएको छ ।
पक्की पुलको पर्खाइमा कर्णालीवासी
बाजुरामा नौ वटा स्थानीय तहका प्रत्येक गाउँ बस्ती पछिल्लो समय सडक सञ्जालको पहुँचमा छन् ।
आर्थिक समृद्धिमा सरकार केन्द्रित छ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपालका सबै परिवर्तन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर ल्याएकाले आर्थिक समृद्धि पनि मिलेरै ल्याउने बताउनुभएको हो ।
मल छर्दै किसान
कञ्चनपुर, पुस १३ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का किसान गहुँ खेतीमा रासायनिक मल युरिया छर्दै । गहुँ छरेको २० देखि २२ दिनको अवधिमा खेतमा सिचाँइ गरेपछि किसानले युरिया छर्ने गरेका छन् । तस्बिरः रासस
घोडाघोडी ताल
विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी ताल । पर्यटकका लागि आकर्षण केन्द्र बनेको यो ताल हत्केला आकारमा रहेको छ ।
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
कमलबजार विमानस्थलमा आज परीक्षण उडान हुँदै
अछामको कमलबजार विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । निर्माण सुरु भएको ३२ वर्ष पछि विमानस्थलमा परीक्षण उडान हुन लागेको हो । आज दिउसो ११ बजे तारा एयरको जहाज कमलबजार विमानस्थलमा अवतरण हुनेछ ।
समिति सभापतिका लागि गठबन्धन दलमा सहमति
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको विषयगत समितिमा सभापतिका लागि दलबिच भागबन्डा मिलेको छ ।
दुई छिमेकी मुलुकसँग हाम्रो राम्रो सम्बन्ध छ : परराष्ट्र मन्त्री डा. राणा
नेपाल सरकारका परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चीनसंग सम्बन्ध राम्रो रहेको बताउनु भएको छ । शुक्रवार साँझ धनगढी पुग्नुभएकी परराष्ट्र मन्त्री डा. देउवाले दुई ठुला छिमेकी मुलुकसँग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै राम्रो भएको बताउनुभयो ।
निमित्तका भरमा स्थानीय तह
दरबन्दी अनुसार सङ्घीय सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउन नसक्दा बाजुराका नौमध्ये आठ वटा पालिका निमित्तका भरमा चलिरहेका छन् ।
चिसो बढेपछि चौरमा परीक्षा
बाजुरामा चिसोका कारण बालबालिकाहरुको परीक्षा प्रभावित बन्दै गएको छ ।
चरा संरक्षण र बासस्थान व्यवस्थापनको जरुरी
कञ्चनपुरको बेलौरी नगरपालिका –६ मा रहेको पुरैनी तालमा चराको संरक्षण र तिनको बासस्थान व्यवस्थापन गर्न जरुरी देखिएको छ । सो तालमा चराको शिकार हुने गरेकाले संरक्षण जरुरी देखिएको हो ।
सेतीनदीको मुहान
बझाङ, पुस १२ गते । बझाङ जिल्लाको साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान । समुद्री सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको यस क्षेत्रमा हिमपहिरोले बनाएको बाटोबाट सेती नदीको मुहान सुरु भएकाे छ । तस्बिरः रासस
निर्माणाधीन पुल
कैलाली, पुस १२ गते । कैलालीको टीकापुरबाट बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा निर्माणाधीन पक्की पुल । सो क्षेत्रमा पुल नहुँदा अहिले डुङ्गाबाट आवागमन हुँदै आएको छ । तस्बिरः रासस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
कोईलही ताल
कैलाली, पुस १२ गते । कैलारी गाउँपालिका–९ स्थित कोईलही ताल । बहत्तर हेक्टर क्षेत्रफलमा फैलिएको प्राकृतिक तालमा आन्तरिक पर्यटकहरु बनभोज तथा घुम्नका लागि पुग्ने गर्दछन् । तस्बिरः रासस
खोप लगाएका बालकको मृत्यु
बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग गर्दै अभिभावक आन्दोलित भएका छन् ।
‘बचाऊ भनेर याचना गरेँ, कोही आएनन्’
“कपाल लुछ्दै घरबाट तानेर लगे । तँ बोक्सी होस् भन्दै समाजको अगाडि मलाई बेस्सरी पिटे ।
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लि सकेको छैन । आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन् ।