• ११ पुस २०८१, बिहिबार

कैलारीमा बिहीबार शोक बिदा

blog

कैलारी गाउँपालिकाको कार्यालय ।

अविनाश चौधरी

धनगढी, मङ्सिर २६ गते । कैलालीको कैलारी गाउँपालिकाले भोलि (बिहीबार) पालिकाभरि शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गत मनाउ आधारभूत स्वास्थ्य केन्द्रमा प्रमुख पदमा कार्यरत कर्मचारी कमलेश चौधरीको सवारी दुर्घटनामा निधन भएपछि सो पालिकाले एक दिन शोक बिदा दिने निर्णय गरेको हो । 

मंगलबार राति धनगढीबाट कैलारीतर्फ जाने क्रममा चौधरीले चलाएको मोटरसाइकल डल्लपमा ठोक्किएर उहाँको ज्यान गएको थियो । कर्मचारीको मृत्युले गाउँपालिका परिवार स्तब्ध भएको जनाइएको छ । 

कर्मचारीको असामयिक निधन भएकोले गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय, बैङ्क तथा वित्तीय संस्थाहरूमा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले जानकारी दिनुभएको छ।