• ३० जेठ २०८२, शुक्रबार

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको साझा प्रतिबद्धता

blog

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा उपस्थित मुख्यमन्त्री कमलबहादुर शाहलगायतका व्यक्तित्व । तस्बिरः मुख्यमन्त्रीको निजी सचिवालय

अविनाश चौधरी

धनगढी, मङ्सिर २४ गते । भ्रष्टाचारविरुद्ध साझा प्रतिबद्धतासहित सुदूरपश्चिम प्रदेश सरकारले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार मनाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमबिच दिवस मनाइएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता बनौं, भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न र भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गरौं भन्ने प्रतिबद्धता गरिएको छ । 

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलगायतको उपस्थिति थियो ।