पर्वतमा बर्सेनी घट्दै एसइई दिने विद्यार्थी
पर्वतमा बसाइसराईले तीव्रता लिई ग्रामीण क्षेत्र रित्तिदै जाँदा एसईई परीक्षा दिने विद्यार्थीको सङ्ख्या समेत बर्सेनी घट्दो छ । यस वर्षको एसइई परीक्षा २०८१ मा सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्ला वर्षहरु भन्दा घटेको छ ।
गोर्खाली खुकुरीमा आकर्षण
वालिङ नगरपालिका –८ खेलमैदानमा फागुन २१ गतेदेखि जारी प्रथम पिङ्क सिटी महोत्सवमा गोर्खाली ठुलो खुकुरी सबैको आकर्षणमा परेको छ ।
दश करोडको सुन्तला बिक्री
गोरखा जिल्लामा यस वर्ष सुन्तला बिक्रीबाट १० करोड रुपियाँको कारोबार भएको छ ।
स्वास्थ्य केन्द्रमा उपकरणको अभाव : स्वास्थ्य सेवा प्रभावित
कुस्मा नगरपालिकाको ठुलीपोखरीस्थित स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्य उपकरण बिग्रेपछि स्थानीयले स्वास्थ्य परीक्षण सेवा पाउन सकेका छैनन् । स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न भनी २४ वर्षपहिले कुस्मा–१२ मा स्थापना भएको स्वास्थ्य केन्द्रमा पर्याप्त स्वास्थ्य उपकरण छैनन् ।
पूरा हुँदै गुर्जावासीको सडक सपना
म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जा जिल्लाकै विकट बस्ती हो । गाउँपालिका केन्द्र मुना आउन गुर्जावासीलाई पूरै एक दिनको पैदलयात्रा गर्नु पर्छ ।
बाङखोलामा पुुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज
धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो । गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हँुदै लुलाङ–गुर्जा, ढोरपाटन जाने पदमार्गमा आवतजावतमा समस्या भएको थियो ।
सुशासन प्रवर्द्धन सरकारको पहिलो प्राथमिकतामा छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धनसँगै सार्वजनिक सेवाको प्रभावकारिता सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ।
मिडियाका समस्याप्रति राज्य गम्भीर बन्नुपर्छ : सभामुख धिताल
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताले मिडियाका समस्याप्रति राज्य गम्भीर बन्नुपर्ने बताउनुभएको छ । शनिबार बागलुङमा साझा जनआवाज अनलाइन पत्रिकाको शुभारम्भ गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
राहुघाटको बाँध पहिरोको जोखिममा
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ ।
लोकतन्त्र विरोधी कानुन संसदले बनाउँदैन : सभामुख घिमिरे
सङ्घीय संसदका सभामुख देवराज घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्डित हुने गरी सङ्घीय संसदले कुनै कानुन नबनाउने बताउनुभएको छ।
महिला श्रमिकलाई छुँदैन दिवसले
दमौली बजारमा सिमेन्टमा बालुवा, गिट्टी घोल्ने, ओसारपसार गर्ने र इँटा बोकेर दैनिकी चलाउँदै आउनुभएकी व्यास नगरपालिका–१० दुम्सीचौरकी सुस्मिता विक सधैँझै शनिबार काममा व्यस्त हुनुभयो ।
चार करोड लगानीमा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङस्थित भुमेथानलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिने भएको छ ।
मर्स्याङ्दी र दोर्दीमा व्यवसायिक अकबरे खेती
लमजुङको मर्स्याङ्दी र दोर्दी गाउँपालिकामा व्यवसायिक अकबरे खुर्सानी खेती अभियान सुरु गरिएको छ । दुई पालिकामा गरेर एक हजार रोपनीभन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिँदै छ ।
संरक्षणको पखाईमा सोरठी नाच
पाल्पामा परम्परागत सोरठी नाच लोप हुँदै गएको छ । केही वर्षअघिसम्म मगर समुदायमा लोकप्रिय सोरठी नाच पछिल्लो समय नाच्नै छाडिएको छ । देवीदेवताको भक्तिगानमा मादल बजाउने पुरु
पर्वतमा अत्याधुनिक सुविधा सहितको पोस्टमार्टम गृह बन्दै
पर्वतको प्रादेशिक अस्पताल कुश्मामा अत्याधुनिक सुविधा सहितको पोस्टमार्टम गृह निर्माण हुने भएको छ। वर्षाैं पहिले निर्माण भएको पारम्परिक पोस्टमार्टम गृह जीर्ण भएपछि अस्पतालले आधुनिक प्रविधि र सुविधा सहितको पोष्टमार्टम गृह निर्माण गर्ने भएको हो।
'सामाजिक नारी आवाज' विमोचन
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा 'सामाजिक नारी आवाज' पुस्तिका विमोचन गरिएको छ ।
कोटिहोम भूमि पूजनमा झडपः १३ जना घाइते
पोखरा महानगरपालिकाको पर्यटकीय केन्द्र लेकसाइडमा गर्न लागिएको कोटिहोमको भूमिपूजनमा शुक्रबार झडप हुँदा १३ जना घाइते भएका छन् । कोटीहोम गर्ने पक्ष र नगर प्रहरीबिच बिहान १०ः३० बजेतिर झडप भएको हो ।
‘सिसीटिभी जडान गर्न सके अपराध न्यूनीकरण हुने’
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले पोखराका सम्पूर्ण ठाउँमा सिसीटिभी जडान गर्न सके अपराध न्यूनीकरण हुने बताउनुभएको छ ।
मध्यपहाडी लोकमार्गः विवाद नमिल्दा निर्माण ठप्प
मध्य पहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत लमजुङ खण्डको केही स्थानमा लामो समयदेखि रहेको विवाद नसुल्झिँदा सडक निर्माण सुरु हुन सकेको छैन ।
‘वास्तविक कृषकलाई अनुदान’
कृषिमन्त्री रामनाथ अधिकारीले वास्तविक कृषकलाई अनुदान दिने कुरामा अहिलेको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विद्यार्थीको दुर्घटना बिमा
नवलपरासीपूर्व (नवलपुर) को कावासोती–३ निवासी शैक्षिक एवं सामाजिक व्यक्तित्व भोजराज दाहालले व्यक्तिगत लगानीमा यहाँका चार हजार २०४ जना विद्यार्थीको दुर्घटना बिमा गरिदिनुभएको छ ।
मुस्ताङ–काठमाडौँ रात्रिकालीन बस सेवा सञ्चालन
मुस्ताङ, फागुन २३ गते । मुस्ताङ–काठमाडौँ रात्रिकालीन ‘डिलक्स एसी’ बस सेवा सञ्चालनमा आएको छ । मुस्ताङ–मुक्तिनाथ सेवा प्रालिले आजदेखि मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकका लागि मुक्तिनाथदेखि काठमाडौँका लागि उक्त बस सेवा सञ्चालनमा ल्याएको हो ।मुस्ताङ मुक्तिनाथ प्रालिले यसअघि डिलक्स बस, जिप र इलेक्ट्रोनिक भ्यान [इभी] सञ्चालनमा ल्याइसकेको छ । जाडो तथा गर्मीमा आरामदायी यात्रा गर्न सकिनेगरी सञ्चालनमा ल्याएको ‘डिलक्स एसी’ रात्रिकालीन बस सेवाको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुक्तिनाथमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । यात्रुमैत्री सेवा विस्तार भएमात्रै मुस्ताङको धार्मिक पर्यटनमा योगदान पुग्ने उहाँले बताउनुभयो । यातायात व्यवसायीले समयसापेक्ष आफूलाई रुपान्तरित गर्नुपर्नेमा प्रजिअ भुसालले जोड दिनुभयो । बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका उपाध्यक्ष क्रमशः डिकी गुरुङ र जमुना थकालीले एसी बस सेवा विस्तारले मात्रै नभएर यात्रुमैत्री सेवामासमेत ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो । मुस्ताङ–मुक्तिनाथ यातायात प्रालिले आगामी चैत १ गतेदेखि लोमान्थाङ–कोरलासम्म यातायात सेवा सञ्चालन गर्ने तयारी गरेको प्रालिका अध्यक्ष विनोद विसीले जानकारी दिनुभयो । यो सँगै एसी बस सेवामा यात्रा गर्ने यात्रुले रु दुई हजार चार सयमा मुस्ताङ–काठमाडौँ यात्रा गर्न पाउने भएका छन् ।
यात्राअवधि चार घण्टामा छोटियो
म्याग्दी, फागुन २३ गते । धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्नुहुन्थ्यो । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा तीन दिन लाग्दथ्यो । धवलागिरिका प्रअहरूको बिहीबार भएको नियमित बैठकमा सहभागी हुनभने छन्त्याल घरबाट हिँडेको चार घण्टामै मुना पुग्नुभयो । “लुलाङ–गुर्जा सडकअन्तर्गत देउरालीसम्म गाडी चल्न थालेपछि पूरै दिनको यात्राअवधि चार घण्टामा छोटिएको छ”, उहाँले भन्नुभयो, “दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको छ ।”भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जावासीको यात्राअवधि छोटिएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । लत्रवाङसम्म सडक पुगे पनि हिउँ थुप्रिएकाले तीन हजार तीन सय मिटर उचाइको देउराली धुरीसम्म जिप, ट्रयाक्टर, मोटरसाइकल चल्न थालेका छन् । हिउँ पग्लिएपछि देउरालीबाट लत्रवाङसम्मको करिब थप पाँच किलोमिटर सडकमा पनि सवारीसाधन सञ्चालन गर्न सकिन्छ । लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा तीनदेखि चार घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको देउरालीका बासिन्दा मोदीमान श्रीर्पालीले बताउनुभयो । “गुर्जाका मानिस बिरामी भएर अस्पताल पुर्याउन डोकामा बोकेर ल्याउँथे”, उहाँले भन्नुभयो, “समयमै अस्पताल पुग्न नसकेर कतिले बाटोमै ज्यान गुमाएका छन् ।”गुर्जासम्म सडक नपुगेपनि बीच बाटोसम्म गाडी चल्न थालेपछि गुर्जावासीको आधाभन्दा बढी बाटो पैदलयात्रा गर्नुपर्ने बाटो छोटिएको श्रीपालीले बताउनुभयो । गुर्जासम्म सडक पुर्याउन थप करिब १० किलोमिटर मार्ग निर्माण गर्नुपर्छ । गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउराली हुँदै लत्रवाङ नजिकसम्म नौ दशमलव पाँच किलोमिटर मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।“गत आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रू दुई–दुई करोडका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले रू तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले कार्यान्वयन गरेको तीनै तहका बजेटको उक्त योजनाको काम हालै सकिएको हो ।” योजनामार्फत सडकको मार्ग खोल्नुका साथै विभिन्न ठाउँमा ग्यावियन, मेसिनरी र पलम पर्खाल पनि निर्माण भएको छ । यसअघि गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नं २ लुलाङसम्म सडक पुगिसकेको थियो । आर्थिक वर्ष २०७९र८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर चार सय मिटर सडकको मार्ग निर्माण भएको थियो । धवलागिरिका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलका अनुसार मुनाबाट लत्रवाङसम्मको सडकको दूरी २५ किलोमिटर छ ।लत्रवाङबाट गुर्जातर्फ सडक निर्माणका लागि सङ्घीय सरकार र गाउँपालिकाको साझेदारीमा विनियोजन भएको रू ७० लाख बजेट भएको योजना ठेक्का सम्झौताको प्रक्रियामा रहेको रावलले बताउनुभयो । प्रदेश सरकारले विनियोजन गरेको रू ५० लाखको बजेटबाट पूर्वाधार विकास कार्यायलले लुलाङ–देउराली खण्डमा स्तरोन्नतिको काम सुरू भएको छ । सङ्घीय सरकारले सडक डिभिजन कार्यालय बागलुङमार्फत विनियोजन गरेको रू एक करोड बजेटमार्फत बाङखोलामा पर्खाल, ग्रेड सुधार र महतलाको भिरमा ढलानको काम सुरू भएको छ । अर्को शीर्षकमा विनियोजन भएको रू एक करोड बजेटको योजनामार्फत लमसुङ–स्थानीय पूर्वाधार विकास आयोजना पोखराबाट ठेक्का आह्वान भएको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या एक हजार पाँच सय पाँच जना छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ । सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्छ । सडक यातायातको सुविधा भएपछि गुर्जाका बासिन्दालाई सहज हुनुका साथै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।
प्रदेशसभामा चार विधेयक पेश
गण्डकी प्रदेश सभाको बिहीबार भएको सातौं अधिवेशन अन्तर्गतको चौथो बैठकमा चार विधेयक पेश भएका छन्। सभामा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसायी ऐन’लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा लैजाने प्रस्ताव पेश गर्नुभयो।