स्याङ्जामा पालिकास्तरीय भलिबलको तयारी
स्याङ्जा आइसिसी प्रथम पुरुष भलिबल कपको तयारी पूरा भएको छ ।
शान्ति र सुरक्षामा प्रहरीको विशिष्ट भूमिकाः मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले उल्लेख्य भूमिका खेल्दैआएको बताउनुभएको छ । ‘अपराध रोक्ने सङ्कल्प प्रमाणमूखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान’ भन्ने मूल नारासाथ नेपाल प्रहरीले मनाइरहेको ६९ औं प्रहरी दिवसको अवसरमा मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।
धौलागिरि हिमालमा ज्यान गुमाएका पर्वतारोहीको शव सङ्कलन
म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका क्रमा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरी आधार शिविर ल्याइएको छ ।
वृद्धाश्रमलाई आर्थिक सहयोग
वैदेशिक रोजगारीको क्रममा युएईमा रहेकाहरुले सङ्कलन गरेको रकम रामनदी धाम राम्दीको वृद्धाश्रमलाई हस्तान्तरण गरिएको छ ।
कम्प्युटर र मोटरसाइकल चलाउन नजाने जागिर चट्
तनहुँमा कार्यरत हुलाकीले कम्प्युटर र मोटरसाइकल, स्कुटर चलाउन नजानेमा जागिर चट् हुने भएको छ ।
सहादत प्राप्त गरेका प्रहरीका परिवारलाई सम्मान
६९ औं प्रहरी दिवसका अवसरमा तनहुँमा विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका प्रहरीका परिवारलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार आयोजना गरेको कार्यक्रममा कर्तव्य पालनका क्रममा दिवङ्गत भएका प्रहरीका परिवारलाई सम्मान गरिएको हो ।
आफ्नै भवनबाट सेवा प्रवाह
स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको छ । गल्याङ नगरपालिका–३ मा नवनिर्मित भवनबाट सेवा सुरु गरिएको हो । नयाँ भवन नौ करोड ५९ लाख १९ हजार
ठेलो प्रतियोगितामा अशोक बने नवौँ पटक पनि माल
म्याग्दी धवलागिरि गाउँपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल ताकमकोतमा दसैँमा ठेलो फाल्ने प्रतियोगिता अझै कायम छ । तत्कालीन थापा राजाको पालाबाट सुरु भएको ठेलो फाल्ने संस्कृतिलाई ताकमवासीले
धार्मिक पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गह्रौंसुर मन्दिर
गह्रौंसुरमा रहेको कालिका मन्दिर स्याङ्जा जिल्लाकै प्रसिद्ध स्थलमध्ये एक हो । यो धार्मिक र सांस्कृतिक महत्त्व रहेको यो मन्दिरको छुट्टै इतिहास रहेको छ ।
पर्वत र म्याग्दी जोड्ने माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र हुँदै
बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हँुदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ ।
दसैँ बिदामा आफूले उत्पादन गरेको तरकारी बेच्दै विद्यार्थी
स्याङ्जाको वालिङ नगरपालिका–१४, हिमशिखर आधारभूत विद्यालयका विद्यार्थीले दसैँ बिदामा पनि तरकारी बिक्री गरेका छन् । विद्यालयको करेसाबारीमा उत्पा
आरोहीको शव ल्याउन समस्या
म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा पर्ने आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका व्रmममा गत मङ्गलबार ज्यान गुमाएका पाँच जना रुसी आरोहीको शव अझै उठाउन स
बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो
पहिरोले बाटो बगाएपछि पर्यटकीय स्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ ।
पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका
यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका ससाना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् ।
म्याग्दीको झिँमा जौ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना
म्याग्दीको रघुगंगा गाउँपालिका-५ झिँमा एक करोड रुपियाँ खर्च गर्ने गरी जौ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना सुरु हुने भएको छ ।
कुश्मामा पर्यटकको घुइँचो
पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरुमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।
खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी
पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । सिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगँैचाले मनोहर छ ।
रोटेपिङ खेल्दै
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकोतमा बडादसैँका अवसरमा हालिएको रोटेपिङ खेलेर रमाइलो गर्दै युवा युवतिहरु । ग्रामीण क्षेत्रमा समेत रोटेपिङ बनाउने सीप भएका मानिसहरुको संख्या घट्दो छ ।
दसैँ बिदाले बढायो तनहुँमा आन्तरिक पर्यटक
दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तनहुँका पर्यटकीय गन्तव्यस्थल बन्दीपुर, मानुङकोटमा पर्यटकको चहलपहल उल्लेख्य वृद्धि भएको छ ।
धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या
म्याग्दीको रघुगंगा गाउँपालिका भित्र निर्माणाधीन आठ वटा जलविद्युत आयोजनाका कारण गाउँपालिकाका चार वटा वडाका सर्वसाधारणमा स्वास्थ्य समस्या थपिएको छ ।
मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री
यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसा
चापाकोट नगर सदस्यको मृत्यु, मंगलबार शोक बिदा
४३ वर्षीय थापाको सोमबार हृदयघातका कारण मृत्यु भएको नगर प्रमुख देवबहादुर खाँणले जानाकारी दिनुभयो। वडा नं ६ खार्दीका थापाको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
तनहुँमा भएको दुर्घटनामा गोरखामा कार्यरत ट्राफिक प्रहरी हवल्दारको सोमबार दिउँसो मृत्यु भएको छ।
गोरखामा मोटरसाइकल दुर्घटना : एकजनाको मृत्यु
गोरखामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। दुर्घटनामा धादिङ को त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटारका २० वर्षीय निशान गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिनुभयो।