गल्याङलाई भलिबल उपाधि
गल्याङ नगरपालिकाले प्रथम पिङ्क सिटी महोत्सव कप–२०८१ पुरुष भलिबलको उपाधि चुमेको छ ।
रास्वपा गैँडाकोट सभापतिमा विमल
रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगर समितिको सभापतिमा विमल घिमिरे विजयी हुनुभएको छ । १५ सदस्यीय नगर समितिमध्ये सभापति र सचिव पदमा मात्र निर्वाचन भएको हो ।
गोरखाबाट एसइईमा चार हजार बढी विद्यार्थी सहभागी हुने
गोरखा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार हजार ४ सय ७७ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
मनाङबाट ४६ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने
मनाङमा ४६ जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् ।
दरौँदी नदीमा जलविद्युत आयोजना निर्माण हुने
गोरखा नगरपालिका–१३ स्थित सिमलगैरामा करिब दुई अर्ब १९ करोड ९५ लाख रुपियाँको लागतमा अर्धजलासययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
गण्डकी खेलकुदको राजधानी बन्न सक्छ: सञ्चारमन्त्री गुरुङ
कास्की, चैत ३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश खेलकुदको राजधानी बन्न सक्ने बताउनुभएको छ । पोखराको भण्डारढिकमा आयोजना गरिएको सूर्यतारा खेल महोत्सवको समापनको अवसरमा बोल्दै उहाँले गण्डकी प्रदेशमा खेलकुद पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । “गण्डकी खेलकुदको राजधानी बन्न सक्छ,”उहाँले भन्नुभयो,“ खेलकुदको पूर्वाधार निर्माणमा गण्डकीपछि परेको छ, अब त्यसतर्फ सङ्घीय र प्रदेश सकार तथा स्थानीय तहले ध्यान दिन जरुरी छ । ”उहाँले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको लागि पहल भइरहेको बताउनुभयो। “सेती घाटको १ सय ६० रोपनी जग्गा प्रदेश सरकारको नाममा आइसकेको छ,”उहाँले भन्नुभयो,“ विभिन्न ठाउँमा गरेर १४ सय रोपनी भन्दा बढी जग्गा प्राप्त गरे पनि पूर्वाधार निर्माणमा प्रगति भएको छैन, प्रदेश सरकारले यसमा चासो दिनुपर्दछ ।” गण्डकी प्रदेशको विकासको लागि पोखरालाई केन्द्र मानेर विश्वविद्यालय, अस्पताल र खेल पूर्वाधार निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । छिटो छिटो सरकार फेरिने र स्रोतको सुनिश्चितता बिना नै नयाँ योजना राख्दा समस्या देखिएकोले त्यसलाई अन्त्य गर्ने गरी वर्तमान सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनु भएका गुरुङले नेकपा एमाले र नेपाली कांग्रेसको सहकार्यमा सरकार निर्माण भएपछि मुलुकमा सुशासनको प्रारम्भ भएको र काममालाई तीव्रता दिने प्रयास थालिएको बताउनुभयो । सार्वजनिक सेवा प्रभावकारी बनाउन अध्यादेश ल्याउन लागिएको बताउँदै कर्मचारीलाई देश र जनताप्रति उत्तरदायी बनाउनेतर्फ पनि सरकारले कदम चाल्ने उहाँको भनाइ छ ।
घरपझोङ रिङ्रोड सडकमा कमसल कालोपत्र
मुस्ताङको घरपझोङ गाउँपालिकाका–५ वाटै वडा जोड्ने रिङ्रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ ।
‘शिक्षण पेसालाई अझ बढी मर्यादित बनाउनु पर्छ’
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षण पेसालाई अझ बढी मर्यादित बनाउनुपर्ने बताउनुभएको छ ।
लीलबहादुरकाे बाख्रापालन
म्याग्दी, चैत ३ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका ८० वर्षीय लीलबहादुर पुनले गर्नुभएको बाख्रापालन । वृद्ध उमेरमा समेत उहाँको दैनिकी बाख्रासँगै जङ्गल र गोठ गरेर बित्ने गरेको छ । तस्बिरः रासस
नगरवासीका गुनासैगुनासा
बेनी नगरपालिकाप्रति नगरवासीले गुनासैगुनासा पोखेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले विकास निर्माण र सेवा प्रवाहका बारेमा गुनासो पोखेका हुन् ।
गण्डकी प्रदेश आख्यान महोत्सव, दस जिल्लाका साहित्यकारको जमघट
नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान महोत्सव गरिएको छ ।
नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्दित
गोरखाको सहिद लखन गाउँपालिका–६, स्थित घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई दिने बृहत् स्वास्थ्य शिविरमा पाँच सय २५ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् ।
सामुदायिक वनको अभियानबाट उद्यमी बन्नुभएकी विष्णुकुमारी
बिहान–बेलुका भान्छामा तथा दिउँसो काठका सामग्रीको थुप्रोमा पसिना बगाइरहेको भेटिने हेटौँडा–५ राईटोलकी विष्णुकुमारी राईलाई काठको धुलो र समाजमा उद्यमी भनेर बोलाउने शब्द नै गहना हो जस्तो लाग्छ ।
निर्माणको समय सकियो अस्पताल निर्माण अलपत्र
गाउँपालिका स्तरीय अस्पतालको भवन निर्माणको समय सकिएको दुई वर्ष वित्नै लागेको भए पनि भवन तयार भने हुन सकेको छैन । नेपाल सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउने कार्य योजना अनुरूप थालिएको म्याग्दीको मङ्गला गाउँपालिकाको निर्माणाधीन अस्पताल भवन हाल अलपत्र जस्तै भएको छ ।
स्वागतमा आमा केर्मको प्रतिमा
मुस्ताङ, चैत ३ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ पाण्डा खोला पक्की पुल नजिकै पाहुनाको स्वागतको लागि निर्माण गरिएको आमा केर्मको प्रतिमा । स्थानीय भाषामा आमा केर्म भनेको विवाह भएको तर एकल महिला नभएको महिला जसले शुभ कार्यमा पाहुनाको स्वागत गर्ने गर्छन् । तस्बिरः रासस
‘स्रष्टा पदयात्रा’ सुरु
ऐतिहासिक जिल्ला गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्धनका लागि ‘स्रष्टा पदयात्रा’ सुरु भएको छ ।
डेढ करोड लिएर सञ्जीवनी निर्माण कम्पनी फरार, १० वर्षदेखि पुल अधुरै
पर्वत, चैत ३ गते । कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरै रहेको छ । सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित २०७१ मङ्सिरदेखि निर्माण थालिएको उक्त पुल ठेकेदारको लापारवाहीका कारण बन्न नसकेको हो । पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको काम १० प्रतिशत पनि भएको छैन । खोलाको एकातिर पुलको केही संरचना तयार भए पनि अन्य काम हुन सकेको छैन । रु ६ करोड १३ लाखको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको थियो । अहिलेसम्म रु एक करोड ५० लाख कार्यालयबाट भुक्तानी गरिएको छ । उक्त पुल २९ महिनामा सम्पन्न गर्ने गरी सञ्जीवनी निर्माण कम्पनीले जिम्मा लिएको हो । सडक डिभिजन कार्यालय बागलुङले २०७२ सालमा ठेक्का सम्झौता गरेको उक्त आयोजनाको अहिले सडक डिभिजन कार्यालय पोखराले जिम्मेवारी लिएको छ । निर्माण कार्य थाल्न जनप्रतिनिधिले पटक पटक दबाब दिँदै आएका छन् । तर पुल निर्माणले गति लिएको छैन । सडक कार्यालयका हाकिम ठेकेदारको प्रलोभनमा परेर कार्यान्वयन र ताकेता नगरी बस्ने गरेकाले दशकौँसम्म पुल अलपत्र हुँदा स्थानीयले सास्ती खेप्नु परेको आरोप छ । पटक पटक फेरिने हाकिमहरू नियमन भन्दा पनि ठेकेदारसँग साठगाँठ गर्ने गरेको स्थानीयको आरोप छ । “धेरै पटक हामीले पुलका बारेमा सरकारी निकायमा कुरा राखेपछि सडक डिभिजन कार्यालयले बल्ल काम सुरु गरेको छ, तैपनि सम्पन्न हुने÷नहुनेमा आशङ्का छ । ढिलो गरी काम सुरु भएको छ”, स्थानीय राजेन्द्र खड्काले भन्नुभयो । सडक डिभिजन कार्यालय पोखराले पुनः असार मसान्तसम्मको म्याद थप गरेर निर्माण व्यवसायीलाई निर्माण स्थलमा खटाएको छ । अहिले पुल निर्माणको काम धमाधम भइरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिनुभयो । अब निर्धारित समयमै सम्पन्न गर्न कार्यालयले निर्माण व्यवसायीलाई निर्देशनसमेत दिएको छ । स्थानीय तहको गठनअघि नै निर्माण सुरु भएको पक्की पुलको निर्माण अहिलेसम्म सम्पन्न नहुँदा स्थानीयवासी हैरानी व्यहोर्न बाध्य भएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताउनुभयो । स्थानीय तह, सङ्घीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण व्यवसायीले पटक पटक अटेर गरेकाले यस्तो समस्या भएको उहाँको भनाइ छ । यसैबिच निर्माण कार्य सुरु भएको उक्त आयोजनाको राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिना र प्रदेशसभा सदस्य भक्त कुँवरले स्थलगत अनुगमन गर्नुभएको छ । रासस
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
तनहुँ, चैत ३ गते । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो । केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँ पग्लिएको छैन । मस्र्याङ्दीमा पानीको बहाव कम छ । पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ । हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ ।”उक्त परियोजनामा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । “साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर छोड्ने गरिएको छ”, सहायक प्रबन्धक हुसेनले बताउनुभयो । मर्स्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ ।
सात महिना अगावै पुल निर्माण
गोरखा, चैत ३ गते । जिल्लाको पालुङ्टार नगरपालिका–९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो ।फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताउनुभयो । सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको उहाँले जानकारी दिनुभयो । “वैशाख र जेठमा काम भयो । असारको आधाआधी पनि काम भयो । असार, साउन, भदौ, असोज चार महिना केही पनि काम हुन सकेन”, उहाँले भन्नुभयो, “कात्तिकपछि लगातार काम गरेर चार महिनामै पुल तयार भयो । अब केही दिनभित्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।” समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीका लागि यो गतिलो पाठ भएको छ । अठार महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि करिब नौ महिनाभित्र काम सम्पन्न गर्नु खुसीको कुरा भएको उहाँको भनाइ छ ।“राम्रो काम गर्नेको प्रशंसा गर्नुपर्छ, यहाँ त पाँच वर्षसम्म पनि पुल बन्न नसकेका, कति योजनाको सम्झौता खारेज गर्नुपरेका उदाहरण छन्”, कार्यालय प्रमुख सुवेदी भन्नुहुन्छ, “तर ढुङ्गेटारी पुल यति छिटो बन्नु प्रशंसनीय काम हो । यसरी नै सबै योजना बन्ने होभने जिल्लाको विकास तीव्रगतिमा हुन्थ्यो ।”पच्चीस मिटर लामो र ८।४ मिटर चौडाइ रहेको निर्माणाधीन ढुङ्गेटारीस्थित खारखोला पुलको लागत रु दुई करोड ७५ लाख रहेको छ ।
निसेलढोरमा अझै दियालो
बागलुङको पश्चिमीक्षेत्र निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर प्राकृतिक रूपमा जति मनमोहक छ, त्यहाँको जनजीवन उति नै कष्टकर छ ।
गण्डकी प्रदेशसभामा क्यालेन्डर लागू : चैतमा आठ दिन संसद बैठक बस्ने
अघिल्लो वर्ष सरकार गठन, विश्वासको मत जस्ता प्रक्रियामै लामो समय खर्चिएको गण्डकी प्रदेशसभा यसपालि व्यवस्थित देखिएको छ।प्रदेशसभाले संसद बैठकको सम्भावित कार्यपालिका बनाएर लागू गरेको छ।
गाजा दहमा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको संगमस्थलमा गाजा दह पर्छ । समुद्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेको गाजा दहमा सदरमुकाम बागलुङ बजारदेखि २४ किलोमिटरको यात्रा पूरा गरेपछि पुग्न सकिन्छ ।
जोमसोम र आसपासका क्षेत्र
मुस्ताङको घरपझोङ गाउँपालिका—४ जामसोमको खेतीयोग्य फाँट र आसपासका क्षेत्र । यहाँ स्याउ लगायत रैथाने बाली उवा, फापर, जौ, आलु, सिमी र बोडी लगायत उत्पादन हुन्छ ।
मकै खेतीमा व्यस्त नवलपुरका किसान (फोटो फिचर)
नवलपुरको कावासोती १६ डण्डाका किसान अहिले मकै खेतीमा व्यस्त छन्। बाह्रै महिना मकै खेती हुने जिल्लामा तीन खेतीसम्म मकै उत्पादन हुन्छ।