ज्ञानु पंगेनी
मध्यविन्दु, चैत ३ गते । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगर समितिको सभापतिमा विमल घिमिरे विजयी हुनुभएको छ । १५ सदस्यीय नगर समितिमध्ये सभापति र सचिव पदमा मात्र निर्वाचन भएको हो । घिमिरेले आफ्ना निकटतम प्रतिस्पर्धी ज्ञानहरि कंडेललाई ८ मतले पछिपार्दै पहिलो नगर अधिवेशनमार्फत अध्यक्षमा चयन हुनुभएको छ ।
घिमिरेले १०५ मत ल्याउनुभया भने कंडेलले ९७ मत ल्याउनुभयो । यस्तै, सचिव पदमा अस्मिता घिमिरेले आफ्ना निकटतम प्रतिष्पर्धी ईन्द्रकान्त रेग्मीलाई ४५ मतले पछिपार्दै विजयी हुनुभयो । घिमिरेले १२३ मत ल्याउँदा रेग्मीले ७८ मत ल्याउनुभयो ।
नयाँ नेतृत्व चयनका लागि सभापति र सचिव पदमा २६९ जना सदस्यले मतदान गर्ने व्यवस्था भए पनि २०७ जना प्रतिनिधी मात्र मतदानमा सहभागी भएका थिए । पाँच पदाधिकारीमध्ये उपसभापतिमा नारायण अधिकारी र सहसचिवमा कमल सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यसैगरी अन्य १० जना सदस्यहरू समेत निर्वाचित भइसकेको निर्वाचन समितिका संयोजक मीना शर्मा गौडेलले जानकारी दिनुभयो । पदाधिकारीमध्ये कोषाध्यक्ष पदमा एक जनालाई पछि मनोनित गर्ने रास्वपाले जनाएको छ । रास्वपा गैँडाकोटको प्रथम नगर अधिवेशनको शनिबार पार्टीका केन्द्रीय सदस्य तथा सङ्घीय सांसद हरि ढकालले उदघाटन गर्नुभएको थियो ।