आर्मीलाई ब्याडमिन्टन उपाधि
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको स्थापना दिवसको अबसरमा भएको प्रथम अध्यक्षकप राष्ट्रिय पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विद्यान अधिकारी र प्रबिन लिङथेपलेको टोलीले उपाधी हात पारेको छ ।
स्ववियु निर्वाचन : मंगला क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार निर्विरोध
म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवार निर्विरोध भएका छन् । मङ्गला गाउँपालिका–२, स्थित क्याम्पसको स्ववियुको निर्वाचनका लागि मङ्गलबार अनेरास्ववीयुको तर्फबाट मनोनयनपत्र दर्ता भएकाले निर्विरोध भएका हुन् ।
नवलपुरका सबै क्याम्पसको चुनाव स्थगित, विद्यार्थी आन्दोलित
जिल्लाका सबै क्याम्पसमा आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित भएको छ । जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण चुनाव गराउन नसकिएकाले स्थगित गरिएको नेपाल पब्लिक क्याम्पस संघ, नवलपुरले जनाएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : मन्त्री गुरुङ
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएकाले यसैलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
पोखरादेखि चिनको छेन्दुसम्म हप्तामा एउटा चार्टर उडान हुँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनको सिचुवान प्रान्तको छेन्दुमा आगामी चैतदेखि हप्तामा एउटा चार्टन उडानको तयारी थालिएको छ । विमानस्थल बनेको दुई वर्षसम्म पनि नियमित उडान हुन नसकेपछि विमानस्थललाई चलायमान बनाउन पहल थालिएको हो ।
गाउँपालिकाका उत्कृष्ट ६ किसान सम्मानित
गोरखाको आरुघाट गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट कृषि र पशुपालक किसानलाई प्रोत्सहन स्वरुप नगदसहित सम्मान गरेको छ । गाउँसभाको सोह्रौ अधिवेशनमा उत्कृष्ट किसान छनोट गरी नगद १५ हजारसहित सम्मानपत्रका साथ सम्मान गरिएको आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिनुभयो ।
दुम्किवास–त्रिवेणी नाका खोल्ने प्रक्रिया अघि बढेको छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हुलाकी राजमार्गअन्तर्गत नवलपुरको दुम्कीवास–त्रिवेणी नाका खोल्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ । मध्यविन्दु प्रादेशिक अस्पतालको उद्घाटन गर्न यहाँ आउनुभएका मुख्यमन्त्री पाण्डेसँग बुधबार नेपाल पत्रकार महासंघ नवलपुरले गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।
डढेलोको उच्च जोखिममा नवलपुर
विगत तीन वर्षको अवधिमा नवलपरासीपूर्व (नवलपुरको) एक हजार १४५ हेक्टर वन क्षेत्रमा डढेलोले क्षति पु¥याएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार विगत १० वर्षको अवधिमा जिल्लाका विभिन्न ५०८ स्थान वन क्षेत्रमा डढेलो लागेको छ ।
चितवनमा कांग्रेसको गुमेको सिट हामी फर्काउछौँ : अध्यक्ष गुरुङ
नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले अब आउने जिल्ला तरुण अध्यक्षले चितवनको गुमेको सिट फर्काउने बताउनुभएको छ।
पोखराको फोहोर पानी व्यवस्थापन गर्न ११ अर्बको योजना
कास्कीको पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड र एनजेएस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा यो गुरुयोजना तयार भएको हो।
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
नेपालको पहलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा ७७ लाख ६७ हजार ८७४ रुपियाँ भेटी सङ्कलन भएको छ ।
वालिङको दोस्रो जित
वालिङ नगरपालिकाले प्रथम पिङ्क सिटी महोत्सव कप–२०८१ पुरुष भलिबलमा दोस्रो जित निकालेको छ ।
मुसेखोला–गाँखु–चित्रेपोखरी सडक स्तरोन्नती
गोरखाको मुसेखोला–दानीगाउँ–ठुलो गाँखु–पात्लेगाउँ–चित्रेपोखरी सडक स्तरोन्नती भएको छ । सिरानचोक गाउँपालिका–६ बाट गाउँपालिकाको कार्यालय चित्रेपोखरी पुग्ने सडक खण्ड स्तरन्नति भएको हो ।
विद्यालयमा मानसिक स्वास्थ्य शिक्षाको खाँचो
पर्वत जिल्लामा गरिएको एक अध्ययनले विद्यालयस्तरमा मानसिक स्वास्थ्य शिक्षाको खाँचो टड्कारो देखिएको छ।जिल्लाको कुश्मा नगरपालिकामा रहेका उच्च माध्यामिक तहका विद्यार्थी माझ गरिएको अध्ययन अनुसार मानसिक स्वास्थ्य सम्बन्धी शिक्षाको खाँचो अपरिहार्य देखिन्छ ।
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका गोविन्द भण्डारी सर्वसहमतिमा निर्वाचित हुनु भएको क्याम्पसका पूर्व स्ववियु सभापति खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
कालीगण्डकी काेरिडोरको बागलुङ खण्डमा दस किलोमिटर कालोपत्र
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी काेरिडोरको बागलुङ खण्डमा १० किलोमिटर सडक कालोपत्र गरिएको छ । गुल्मी र बागलुङको सिमाना पालुङखोलादेखि बलेवासम्म पहिलो र बलेवादेखि मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर धमाधम काम भइरहेको छ ।
बेँसीसरहका अधिकांश औषधि पसल मापदण्ड विना सञ्चालन
नवीनराज कुइँकेललमजुङ, फागुन २७ गते । सदरमुकाम बेसीसरहमा मापदण्डविपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रममा अधिकांश औषधि पसलहरू मापदण्डविपरीत रहेको पाइएको हो ।जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बेँसीसरहको ठाडो लाइन र शेराबजारमा रहेका औषधि पसलमा गरिएको अनुगमनमा फार्मेसी नै नपढेका व्यक्तिले औषधि विक्री गरिरहेको पाइएको छ । त्यति मात्र हैन, खाद्यपूरक सामाग्री, औषधिका रूपमा दर्ता नै नभएका सामाग्री समेत बेचबिखन गरेको र इजाजत विना कम्प्युटर बिलिङ गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जानकारी दिनुभयो । “अनुगमनमा दक्ष जनशक्ति विनै औषधि बेचेको पाइएको । दर्ता नभएका औषधि र खाद्यपूरक सामाग्री पनि बेचेको पाइयो”, गौतमले भन्नुभयो, “त्यस्ता पसललाई सात दिन भित्र सुधार गर्न निर्देशन दिइएको छ ।” तोकिएको समयमा सुधार नभए कानुनबमोजिम कारबाही गरिने गौतमले बताउनुभयो ।जिल्ला प्रशासन कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, जिल्ला अस्पतालका चिकित्सक, करदाता सेवा कार्यालयका प्रमुख, बेसीशहर नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, लमजुङ उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीसहितको अनुगमन टोलीले सोमबार विभिन्न १० वटा औषधि पसलको अनुगमन गरेको थियो । अनुगमन टोलीले औषधि पसलहरू दर्ता, नवीकरण भए नभएको, विल विजक, साइनबोर्ड, सरसफाइ, अनुमतिप्राप्त व्यक्तिबाट औषधि बिक्री वितरण भए नभएको तथा तोकिएको मापदण्ड अनुसार चले नचलेको विषयमा अनुगमन गरेको थियो ।नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि पसलको अवस्था बुझ्न गरिएको अनुगमनमा अधिकांश औषधि पसल सञ्चालकहरूले सरसफाइमा ध्यान नदिएको तथा पसल सञ्चालनको अवस्था सन्तोषजनक नरहेको अनुगमन टोलीले जानकारी दिएको छ ।बेसीसरहमा करिब दुई दर्जन हाराहारीमा औषधि पसलहरू छन् । अधिकांश पसलहरू मापदण्डविपरीत रहे पनि अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा र कानुनविपरीत सञ्चालनमा रहेका पसललाई कारबाही हुन नसक्दा सेवाग्राहीहरु समस्यामा पर्ने गरेको जनगुनासो रहँदै आएको छ ।
माग सम्बोधन नभए जलविद्युत् आयोजना ठप्प पार्ने रघुगङ्गावासीको चेतावनी
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले स्थानीयवासीको माग पूरा नगरे आयोजना निर्माणलाई ठप्प पार्ने चेतावनी दिएका छन् । आयोजना प्रभावितहरुले गाउँपालिका भित्र हाल निर्माणाधीन अवस्थामा रहेका पाँच वटा जलविद्युत आयोजनाहरूलाई विभिन्न ३१ बुँदे माग राखेका छन् । माग पूरा नगरे जलविद्युत आयोजना निर्माण अवरुद्ध पार्ने स्थानीयहरूको भनाई छ ।
फोनिज तनहुँको अध्यक्षमा गुरुङ
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत रूपमा चयन हुनु भएको छ । सोमबार साँझ सम्पन्न पाँचौँ जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन हुनु भएको हो ।
चिस्यान केन्द्र प्रयोगविहीन
केन्द्रीय विद्युत्को अभाव हुँदा करोडौँको लगानीमा बनेका चिस्यान केन्द्र प्रयोगविहीन बनेका छन् । बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा निर्मित चिस्यान केन्द्र विद्युत् अभावमा प्रयोगविहीन बनेका हुन् ।
अनलाइनबाट पहिलो पटक नागरिकता
जिल्ला प्रशासन कार्यालय लमजुङले पहिलो पटक अनलाइन प्रणालीमार्फत सिफारिस लिएर नागरिकता प्रदान गरेको छ ।
स्वास्थ्यकर्मी नजाँदा स्वास्थ्य केन्द्र बन्द
बेनी नगरपालिका ९ घतानको तोरीपानी सहरी स्वास्थ्य केन्द्र पछिल्लो एक महिना देखि बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । केन्द्रमा खटाइएका अहेब तपेन्द्रबहादुर थापा कार्यालयमा उपस्थित नभएपछि केन्द्र बन्द भएको हो ।
कास्की केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
कास्की जिल्लाको सैमराङ केन्द्रबिन्दु भएर मङ्गलबार बिहान ०४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।
तेज निरला जनहित बहुमुखी क्याम्पसको सभापतिमा परियार
हिमालपारीको जिल्ला मुस्ताङकोे जोमसोममा रहेको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ ।