कृषिमा रैथाने सीप र प्रविधि बढाउन ‘आइपिएम’ कृषक पाठशाला’
बेनी नगरपालिका–६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोग कीराको उपचारमा रैथाने सीप र प्रविधिलाई प्रयोगमा ल्याउन थालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउनुहुने
माछापुच्छ्रे (कास्की), जेठ ९ गते । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार (आज) पोखरा आउनुहुने भएको छ । शुक्रवारदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा आउनुहुने भएको हो । पोखराको अमरसिंह चौरमा प्रधानमन्त्री ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाका अनुसार ११ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली पोखरा आउनुहुनेछ । प्रधानमन्त्री ओली पोखरा आउने भएपछि पोखराको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । युवा सङ्घको १० औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शङ्कर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतले सम्बोधन गर्नुहुने एमाले केन्द्रीय सदस्य तथा युवा सङ्घ नेपालका इन्चार्ज राजीव पहरीले जानकारी दिनुभयो । युवा सङ्घको महाधिवेशनमा देशभरबाट २ हजार प्रतिनिधि सहभागी हुँदै छन् । नेतृत्वमा पाँच जनाको दाबीयुवा सङ्घ नेपालको नेतृत्व लिन अहिलेसम्म अध्यक्षमा पाँच जनाले आकाङ्क्षा देखाउनुभएको छ । वर्तमान अध्यक्ष क्षितिज थेबेको दोहोरिने इच्छा छ भने उपाध्यक्षहरू कृष्णहरि केसी, महाराज गुरुङ र प्रकाश गौतम पनि अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ । वर्तमान महासचिव सुमन पुरीले पनि आकाङ्क्षा देखाउनुभएको छ । युवा सङ्घको महासचिवमा अहिलेका सचिव निरोज पौडेल, कुवेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं, पर्वत भण्डारी लगायतको दाबी छ । अहिले राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटी ३ सय ३९ सदस्यीय छ भने अब बन्ने कमिटी १ सय ५१ सदस्यीय हुनेछ ।
प्याराग्लाइडिङ अवतरण फेवा किनारमै
पोखराको प्याराग्लाइडिङको अवतरण बिहीबारदेखि फेवा किनार हुने भएको छ ।
संविधानको समीक्षा गर्नुपर्ने बेला आयोः पूर्व प्रधानमन्त्री प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ।
युवा सङ्घ महाधिवेशनको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने
राष्ट्रिय युवा सङ्घ नेपालको पोखरामा हुने १० औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। नेकपा (एमाले) निकट युवा सङ्घको १० औँ महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हुँदै छ।
६५ वर्षको अवधिमा ६ सय ८० जना धौलागिरिको चुचुरोमा
संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणको ६५ वर्ष वर्षको अवधिमा ६ सय ८० जना पर्वतारोही धौलागिरिको शिखरमा पुगेका छन्। धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा पर्दछ।
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुन थालेको छ ।
बेनीका किसानलाई कृषक पाठशालामार्फत खेती गर्न सिकाइँदै
बेनी नगरपालिकाले किसानहरूलाई तरकारी खेतीसम्बन्धी ज्ञान, सिप, प्रविधि र रोगकीराको व्यवस्थापन लगायतका विषयमा सिकाउन आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ ।
निजीमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको भिड
पढाईमा अब्बलतासँगै चर्चित छ, गणेश माध्यामिक विद्यालय । अन्यत्रका धेरै सामुदायिक विद्यालय खाली हुँदै गर्दा यहाँ भने विद्यार्थीको भिड देखिन्छ ।
पर्यटक आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’
पूर्वीलमजुङको राइनास नगरपालिका–९ मा रहेको राइनासकोट पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
बागलुङका पाँच पालिकाका बालबालिकाले लगाए पूर्णखोप
जिल्लाका पाँच पालिका पूर्ण खोपयुक्त घोषणा भएका छन् । दश पालिका रहेको जिल्लाका ढोरपाटन, जैमिनी, गलकोट, बागलुङ नगरपालिका र ताराखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
एकै दिनमा पुगिन्छ तिलिचो ताल
विश्वकै सबैभन्दा अग्लो स्थान मनाङ जिल्लाको नेस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो तालमा मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनीगाउँबा
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’
पूर्वऊर्जामन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य भएको बताउनुभएको छ ।
विद्यार्थीभन्दा शिक्षक बढी,बेनीका दुई विद्यालय बन्द
बेनी नगरपालिकाको ग्रामीण क्षेत्रमा सञ्चालित दुई विद्यालय बन्द भएका छन् । बेनी नगरपालिका–५ स्थित गाजने जगन्नाथ आधारभूत र वडा नम्बर १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरक्षेत्रका ग्रामीण भेगका सञ्चालित अन्य विद्यालय पनि न्यून विद्यार्थीका कारण सङ्कटमा परेका छन् ।
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् ।
व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
विद्यालयलाई आर्थिक सहयोग
मालिका गाउँपालिका–१ छिसको एक परिवारका सदस्य स्थानीय सिद्ध आधारभूत विद्यालयलाई सामुहिक रुपमा आर्थिक सहयोग गरेका छन् ।
अस्पतालको गेटैमा अवैध औषधी पसल, ६ वटा पसलमा ताला लगाइयो
राज्यको नियम तथा कानुनको उल्लङ्घन गर्दै अवैध तवरले सञ्चालनमा रहेका पश्चिम म्याग्दीको दरवाङ स्थित औषधी पसलहरूमा गाउँपालिकाले ताला लगाएको छ ।
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टचारको छानविन गर्दै अख्तियार
काठमाडौँ, जेठ ८ गते । पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टचारको छानविन गर्दै हुने भएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका आधारमा छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । यो निर्णयसँगै अव ठुलो भ्रष्टचारको छानविन हुने भएको हो ।समितिको आजको बैठकले अध्ययन प्रतिवेदनमा प्राप्त विषयलाई आवश्यक छानबिन गरी कारबाही अघि बढाउन आयोगलाई लेखी पठाउने निर्णय गरिएको समिति सदस्य राजेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।यसअघि समितिले उक्त विमानस्थल निर्माणमा अनियमिता भएको उजुरीका आधारमा सदस्य राजेन्द्र लिङदेनको संयोजकत्वमा छानबिन अध्ययन उपसमिति गठन गरेको थियो । उपसमितिले प्रतिवेदनमा औँल्याएका विषयका आधारमा समितिले छानबिन अघि बढाउन आयोगलाई आज निर्देशन दिएको हो । उपसमितिले गत वैशाख १५ गते बुझाएको प्रतिवेदनका आधारमा थप अध्ययन, अनुसन्धान गरी दोषी देखिएमा मुद्दालगायतका कानुनी कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई दिन आयोगलाई पत्राचार गरिएको जनाइएको छ ।
लिङ्गो जुधाइको रौनक (फोटो फिचर)
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम स्थित सयौं वर्ष पुरानो सांस्कृतिक चिनारी लिङ्गो जुधाई प्रतियोगितामा यस वर्ष गैरीगाउँलाई कान्छी गाउँले जित्न सफल भएको छ ।
कांग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस भानु नगरसमितिले बुधबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताउनुभयो ।
बसको ठक्करबाट बालिकाको मृत्यु
गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका ४ फिनामका ७ वर्षीया सुबिना सुर्खेती भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
मनाङ पूर्ण खोप सुनिश्चितता घोषणा
मनाङका चारवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भइसकेपछि हालै जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
मौरिस हर्जोग पदमार्गमा म्याराथन दौड प्रतियोगिता हुने
अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा जाने मौरिस हर्जोग पदमार्गमा पहिलोपटक म्याराथन दौड प्रतियोगिता हुने भएको छ । आधार शिविरमा रहेको पञ्चकुण्ड तालदेखि नारच्याङ गाउँसम्म म्याराथन प्रतियोगिता आयोजना हुने भएको हो ।