• १८ जेठ २०८२, आइतबार

बसको ठक्करबाट बालिकाको मृत्यु

blog

गुणबहादुर रोका
सुलीकोट, जेठ ७ गते ।
गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका ४ फिनामका ७ वर्षीया सुबिना सुर्खेती भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

गोरखा सदरमुकामबाट आरुघाट तर्फ छुटेको ग. २ ख. ९२५ नम्बर बसको ठक्करबाट बुधबार दिउँसो १ बजे आफैँ चढेको बसबाट ओर्लने क्रममा सोही बसको ठक्करबाट घटनास्थलमै बालकको मृत्यु भएको उहाँले बताउनुुभयो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त घटनामा बालिका आमा २० वर्षीया विनिता सुर्खेती गम्भीर घाइते हुनुभएको छ । घाइते आमा सुर्खेतीलाई प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरीको भनाइ छ ।