• २६ जेठ २०८२, सोमबार

तनहुँ बस दुर्घटना अपडेट : २२ यात्रु घाइते

blog

म्याग्दे गाउँपालिका–४ घुम्तीमा दुर्घटना भएको बस । तस्बिरः अमरराज नहर्की

अममरराज नहर्की

तनहुँ, जेठ ६ गते। पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन्। पोखराबाट सुर्खेत जाँदै गरेको ना. ७ ख. ६८४१ नम्बरको बस मङ्गलबार दिउँसो सडकबाट करिब २० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार घाइतेमध्ये प्रदेश अस्पताल दमौलीमा १५ जना, रत्नहरि अस्पताल दमौलीमा सात र म्याग्दे पोलिक्लिनकमा तीन जनाको उपचार भइरहेको छ। 


दुर्घटनाबारे विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। यसैगरी मङ्गलबार बिहान तनहुँमा भएको दुर्घटनमा सात यात्रु घाइते भएका थिए। बन्दीपुर गाउँपालिका–४ गोरे चौतारा मङ्गलबार बिहान ७:२० बजे बस र टिप्पर ठक्कर खाँदा सात जना घाइते भएका हुन् ।