• ३ चैत २०८१, आइतबार

गल्याङलाई भलिबल उपाधि

blog

फाइनलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले 

स्याङ्जा, चैत ३ गते । गल्याङ नगरपालिकाले प्रथम पिङ्क सिटी महोत्सव कप–२०८१ पुरुष भलिबलको उपाधि चुमेको छ ।

वालिङ चेम्बर अफ कमर्सले आयोजना गरेको पालिकास्तरीय पुरुष भलिबलका फाइनलमा  आइतबार बिरुवा गाउँपालिकालाई गल्याङ नगरपालिकाले ३–२ को सेटमा हरायो ।

गल्याङले २५–२०, २५–२१ र २१–२५, २१–२५, १७–२५, १५–९ को जित निकालेको हो । उपाधि जितेको गल्याङले एक लाख ५५ हजार रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र हात पारेको हो ।

उपविजेतमा सिमीत बिरुवाले एक लाख पाँच हजार रुपियाँ सहित मेडल र प्रमाणपत्रले चित्त बुझाएको हो । गल्याङले बिरुवालाई पराजित गर्दै लिग चरणको बदला समेत लिएको हो । 

छ वटा पालिका रहेको प्रतियोगितको तेस्रो स्थान शसस्त्रका तीन खेलाडी लिएर मैदानमा उत्रेको भीरकोट बनेको हो । तेस्रो भएको भीरकोटले ५५ हजार रुपियाँ प्राप्त गर्दा वालिङले ३० हजार पाएको हो । 

प्रतियोगितामा वालिङ, चापाकोट, गल्याङ, भीरकोट नगरपालिका र कालीगण्डकी र बिरुवा गाउँपालिका सहित छ पालिकाको सहभागिता रहेको थियो । खेलमा विधागत रूपमा उत्कृष्ठ खेलाडी गल्याङका उमेश सेन्चुरी बन्दै पाँच हजार पाउनुभयो । 

यस्तै उत्कृष्ठ सेटर गल्याङका सुपेन्द्र परियार, बिरुवाका दुर्गा महतो, सर्भर विष्णु बस्नेत, मिलर बल्कर बिरुवाका याम क्षेत्री, स्पाइकर वालिङका धनबहादुर भट्ट, डिफेन्र भीरकोटका जीतबहादुर सार्की हुँदै तीन हजार रुपियाँ  प्राप्त गर्नुभयो ।