म्याग्दीको दुर्गम सडक योजनाले गति लियो
जिल्लाको दुर्गम धवलागिरि गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति योजनाले गति लिएको छ ।
श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु
कास्की जिल्लाको पोखरा महानगरपालिका–३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–४ प्रगती टोलमा डेरा गरी बस्ने ४० वर्षीय मन बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्झौता अगाडि सम्पन्न भयो सीम-सातबिसे झोलुङ्गे पुल
निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेर योजना अलपत्र परेका खबर सार्वजनिक भइरहेका छन्। तर, यहाँको एक झोलुङ्गे पुलको योजना भने सम्झौता मिति अगावै निर्माण व्यवासयीले सम्पन्न गरेर उदाहरण प्रस्तुत गरेका छन्।
छिट्टै देशको प्रधानमन्त्री बन्छु : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै प्रधानमन्त्री बन्ने बताउनुभएको छ ।
स्याङ्जाका दुई सडक प्रविधिमैत्री बनाइँदै
गण्डकी प्रदेशमा पहिलो पटक देशकै स्रोत र साधनलाई प्रयोग गरेर स्याङ्जाको दुई सडक प्रविधिमैत्री रूपमा निर्माण गरिँदैछ ।
विमान उडानमा ‘ल्यान्डफिल साइट’ बाधक
नेपाल सरकारले आगामी पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। यस बीचमा विमानस्थलमा यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भएको छ। क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आएपछि व्यावसायिक उडान परीक्षण हुने जनाइएको छ। तर, विमानस्थल सञ्चालनको मुख्य बाधक ल्यान्डफिल साइट बनेको छ।
ठेकेदारले काम छाडेपछि पालिकास्तरीय अस्पताल भवन अलपत्र
ठेकेदारले काम छाडेपछि पालिका स्तरीय निर्माणाधीन ताकम अस्पताल भवन अलपत्र परेको छ । धवलागिरि गाउँपालिका स्तरीय ५ शैयाको अस्पताल भवनको ठेक्का लिएको निर्माण कम्पनीले बीचमै काम छाडेपछि भवन निर्माण अलपत्र परेको हो ।
बहाव कम भएसँगै मर्स्याङ्दी विद्युत केन्द्रको उत्पादनमा कमी
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादनमा कमी आएको छ । चिसो बढेसँगै नदीको बहाव कम भएकाले उत्पादन क्षमतामा ह्रास आएको केन्द्रले जनाएको छ ।
बुढीगण्डकी परियोजना निर्माण कार्य तत्काल सुरु हुन्छ : अध्यक्ष दाहाल
राष्ट्रिय गौरवको जलाशययुक्त बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरुवात गर्न पहल गरिने पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताउनुभएको छ।
लमजुङमा शैक्षिक सुधार कार्यक्रम सञ्चालन
लमजुङको राइनास नगरपालिकामा शैक्षिक सुधार कार्यक्रम सञ्चालन भइरहेको छ । नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका कर्मचारीहरूले विद्यालय पुगेर त्यहाँको अवस्था बुझ्न थालेका छन् ।
नायक शाहको मुद्दा स्थगित, पुस ११ गते सुनुवाइ हुने
नायक पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ पाँचौँ पटक स्थगित भएको छ । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका शाहमाथिकाे सुनुवाइ आइतबार स्थगित भएपछि पुस ११ गते पेसी तोकिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।
निर्बु बराहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल
चारैतिर जङ्गलले घेरिएको ठाउँ । जङ्गलको खोँचमा आकर्षक मन्दिर । मन्दिरको आडैमा पोखरी, पोखरीमा खेलिरहेका माछा ।
ओझेलमा बागलुङको ‘खिउ बराह ताल’
बागलुङको ताराखोला गाउँपालिका–३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ ।
तयार भयो म्याग्दी र बागलुङ जोड्ने पुल
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिकाको कुँडुले जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न भएको भए पनि प्राविधिक परीक्षण र हस्तान्तरणको काम बाँकी छ ।
औषधि सेवनपछि हात्तीपाइले शून्य
विगत १३ वर्षदेखि हात्तीपाइले जोखिमपूर्ण क्षेत्रमा रहेको बागलुङ नगरपालिका–१३, नारायणस्थानमा हात्तीपाइले सङ्क्रमणदर एक प्रतिशतले घटेको छ। हात्तीपाइले रोगविरुद्धको नियमित आमऔषधि सेवनले सङ्क्रमणदर रोकिएको हो। २०६६ सालमा ‘बेसलाइन सर्भे’ हुँदा १३ प्रतिशतमा सङ्क्रमण देखिएको नारायणस्थानमा २०७९ सालको प्रारम्भिक परीक्षण गर्दा १ प्रतिशतभन्दा कम सङ्क्रमण भएको नतिजा आएको छ।
मनासलु क्षेत्रमा हिउँचितुवा गणना
उत्तरी गोरखाको मनासलु संरक्षण क्षेत्रमा हिउँचितुवाको गणना सुरु गरिएको छ। यसअघि सन् २०२१ को नोभेम्बरमा पहिलो पटक नुब्री क्षेत्रमा गणना गरिएको थियो। अहिले चुमभ्याली क्षेत्रमा गणना गर्न लागिएको हो। चेक ग्लोब र चेक एकेडेमिक अफ साइन्सको एक टोलीले हिउँचितुवाको गणना सुरु गरेको हो। “सन् २०२१ मा नुब्री क्षेत्रमा ८० दिन लगाएर गणना गर्दा चारवटा चितुवा फेला परेका हिमचितुवाविज्ञ डा. विक्रम श्रेष्ठले जानकारी दिनुभयो।
संरक्षणको अभावमा पर्यटकीय टरुवा ताल
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा रहेको एक मात्र टरुवा ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ काम अगाडि बढे पनि अहिले यो ताल दिनानुुदिन कुुरूप बन्दै जान थालेको छ । गत वर्ष नै कावासोती नगरपालिका र मन्त्रालयबीच सम्झौता भई सात करोडको साझेदारी कार्यक्रम सुरु भए पनि अहिले सो कार्यक्रमबाट संरक्षणको कुुनै काम हुुन नसकेको स्थानीयवासीले बताएका छन् ।
पाका पुस्तासँग पुर्ख्यौली सिक्दै युवा
पुर्ख्यौली नृत्य मगर समुदायमा लोकप्रिय छ । पुख्र्यौलीलाई उनीहरू पहिचानका रूपमा लिने गर्छन् । पुर्खाहरूले संरक्षण गरेको कलासंस्कृति र पहिचानलाई जोगाउन युवा पुस्ताले चासो राख्न थालेका छन् । मगर समुदायमा निकै लोकप्रिय रहेको पुख्र्यौली नाचलाई जोगाउन पाका पुस्तासँग युवाले सिक्न थालेका छन् ।
नेता भण्डारीद्वारा विपन्न परिवारलाई जस्तापाताको व्यवस्था
नेपाली कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले विपन्न परिवारको घर छाउन जस्तापाताको सहयोग गर्नुभएको छ ।
आकर्षक सर्वसिद्धिधाम पञ्चकोट
बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोट ।
तनहुँ जलविद्युतको सुरुङ खन्ने काम ४३ प्रतिशत पूरा
तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ (पानी ल्याउने) को ४३ प्रतिशत पूरा भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमा सो प्रतिशत अर्थात् छ सय १० मिटर सम्पन्न भएको तनहुँ जलविद्युत आयोजनाको वरिष्ठ सहायक उद्धव पौडेलले जानकारी दिनुभयो ।
फेरियो कोदोको परिचय
पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ ।
लोकमार्गको काम अलपत्र
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ ।
स्याङ्जा वालिङ नगरपालिकाको एउटै वडाका दुई सांसद
समानुपातिक निर्वाचन प्रणालीबाट दलले आफ्ना उम्मेदवार मध्येबाट सांसद चुन्दा स्याङ्जाको वालिङ नगरपालिकाको एउटै वडाका दुई जना सांसद बन्नुभएको छ।