• १३ वैशाख २०८१, बिहिबार

स्याङ्जा वालिङ नगरपालिकाको एउटै वडाका दुई सांसद

blog

कल्पना तिवारी र सरस्वती अर्याल तिवारी । फाइल तस्बिर

अर्जुन काफ्ले

स्याङ्जा, मङसिर २५ गते। समानुपातिक निर्वाचन प्रणालीबाट दलले आफ्ना उम्मेदवार मध्येबाट सांसद चुन्दा स्याङ्जाको वालिङ नगरपालिकाको एउटै वडाका दुई जना सांसद बन्नुभएको छ। 

दलहरूले सांसदको सूची टुङ्ग्याउँदा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ८ बाट नातामा दिदीबहिनी पर्ने सरस्वती अर्याल तिवारी र कल्पना तिवारी सांसद बन्नुभएको हो। 

दुवै जनालाई खसआर्य महिला क्लष्टरबाट नेपाली कांग्रेसले गण्डकी प्रदेशको सांसद बनाएको हो। 

खस आर्य महिलातर्फको एक नम्बर सूचीमा रहनुभएकी सरस्वती अर्याल र ३ नम्बर सूचीमा रहनु भएकी कल्पना दुवै ४७ वर्षका हुनुहुन्छ। 

सानैबाट राजनीतिमा होमिनु भएका दुवै दिदी बहिनी विद्यार्थी, महिला तथा युवा हुँदै पार्टीको नेतृत्वमा पुग्नुभएको हो। 

१४ औँ महाधिवेशनमा सरस्वती केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो भने कल्पना गण्डकी प्रदेश उपसभापतिमा निर्वाचित हुनुभएको हो। 

दुवैले सँगै राजनीति सुरु गरेता पनि २०७४ सालमा संस्थापन समूहबाट सरस्वती समानुपातिक सूचीमा पर्नु भएको थियो। 

कल्पना २०७४ को स्थानीय तह निर्वाचनमा वालिङ नगरपालिकाको उपमेयर बन्नु भएको हो। कल्पना संस्थापन इतर समूहको रहनु भएको छ।

 गण्डकी प्रदेशमा रहेका २४ समानुपातिक सांसदमा एमालेले १०, कांग्रेसले नौ, माओवादी केन्द्रले तीन र राप्रपाले दुई सांसद पाएको छ।