• २९ फागुन २०८१, बिहिबार

मिर्मी क्याम्पसमा अनेरास्ववियूको प्यानल निर्विरोध

blog

सभापतिमा निर्वाचित हुनुभएका मुना न्यौपाने ।

अर्जुन काफ्ले 

स्याङ्जा, फागुन २९ गते । कालीगण्डी गाउँपालिका–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अनेरास्ववियूको प्यानल निर्विरोध निर्वाचित भएको छ । 

स्ववियू निर्वाचनमा मुना न्यौपाने सभापतिसहित अनेरास्ववियूको प्यानल निर्विरोध भएको हो । नेविसङ्घ, अनेरास्ववियू (क्रान्तिकारी) ले कुनै पनि पदमा उम्मेदवारी दर्ता नगरेसँगै न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको हो । 

न्यौपाने दोस्रो पटक सभापतिमा निर्विरोध बन्नुभएको हो । समितिको सचिवमा कशिस बस्याल, कोषाध्यक्षमा किशोर बस्याल रहनुभएको छ । सदस्यमा दिपीका पाण्डे, गुनकेशरी न्यौपाने, शिवानी थापा रहनुभएको छ । 

यस्तै, समानुपातिकतर्फ रुपा भट्टराई, कविता भट्टराई, रुकमायाँ सुनार, अभिशेक पाण्डे, सरु न्यौपाने रहनुभएको छ । उपाध्यक्ष र सहसचिव समानुपातिकबाट बनाइने नवनिर्वाचित सभापति न्यौपानेले बताउनुभयो ।