मुसेखोला–गाँखु–चित्रेपोखरी सडक स्तरोन्नती
गोरखाको मुसेखोला–दानीगाउँ–ठुलो गाँखु–पात्लेगाउँ–चित्रेपोखरी सडक स्तरोन्नती भएको छ । सिरानचोक गाउँपालिका–६ बाट गाउँपालिकाको कार्यालय चित्रेपोखरी पुग्ने सडक खण्ड स्तरन्नति भएको हो ।
विद्यालयमा मानसिक स्वास्थ्य शिक्षाको खाँचो
पर्वत जिल्लामा गरिएको एक अध्ययनले विद्यालयस्तरमा मानसिक स्वास्थ्य शिक्षाको खाँचो टड्कारो देखिएको छ।जिल्लाको कुश्मा नगरपालिकामा रहेका उच्च माध्यामिक तहका विद्यार्थी माझ गरिएको अध्ययन अनुसार मानसिक स्वास्थ्य सम्बन्धी शिक्षाको खाँचो अपरिहार्य देखिन्छ ।
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका गोविन्द भण्डारी सर्वसहमतिमा निर्वाचित हुनु भएको क्याम्पसका पूर्व स्ववियु सभापति खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
कालीगण्डकी काेरिडोरको बागलुङ खण्डमा दस किलोमिटर कालोपत्र
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी काेरिडोरको बागलुङ खण्डमा १० किलोमिटर सडक कालोपत्र गरिएको छ । गुल्मी र बागलुङको सिमाना पालुङखोलादेखि बलेवासम्म पहिलो र बलेवादेखि मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर धमाधम काम भइरहेको छ ।
बेँसीसरहका अधिकांश औषधि पसल मापदण्ड विना सञ्चालन
नवीनराज कुइँकेललमजुङ, फागुन २७ गते । सदरमुकाम बेसीसरहमा मापदण्डविपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रममा अधिकांश औषधि पसलहरू मापदण्डविपरीत रहेको पाइएको हो ।जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बेँसीसरहको ठाडो लाइन र शेराबजारमा रहेका औषधि पसलमा गरिएको अनुगमनमा फार्मेसी नै नपढेका व्यक्तिले औषधि विक्री गरिरहेको पाइएको छ । त्यति मात्र हैन, खाद्यपूरक सामाग्री, औषधिका रूपमा दर्ता नै नभएका सामाग्री समेत बेचबिखन गरेको र इजाजत विना कम्प्युटर बिलिङ गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जानकारी दिनुभयो । “अनुगमनमा दक्ष जनशक्ति विनै औषधि बेचेको पाइएको । दर्ता नभएका औषधि र खाद्यपूरक सामाग्री पनि बेचेको पाइयो”, गौतमले भन्नुभयो, “त्यस्ता पसललाई सात दिन भित्र सुधार गर्न निर्देशन दिइएको छ ।” तोकिएको समयमा सुधार नभए कानुनबमोजिम कारबाही गरिने गौतमले बताउनुभयो ।जिल्ला प्रशासन कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, जिल्ला अस्पतालका चिकित्सक, करदाता सेवा कार्यालयका प्रमुख, बेसीशहर नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, लमजुङ उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीसहितको अनुगमन टोलीले सोमबार विभिन्न १० वटा औषधि पसलको अनुगमन गरेको थियो । अनुगमन टोलीले औषधि पसलहरू दर्ता, नवीकरण भए नभएको, विल विजक, साइनबोर्ड, सरसफाइ, अनुमतिप्राप्त व्यक्तिबाट औषधि बिक्री वितरण भए नभएको तथा तोकिएको मापदण्ड अनुसार चले नचलेको विषयमा अनुगमन गरेको थियो ।नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि पसलको अवस्था बुझ्न गरिएको अनुगमनमा अधिकांश औषधि पसल सञ्चालकहरूले सरसफाइमा ध्यान नदिएको तथा पसल सञ्चालनको अवस्था सन्तोषजनक नरहेको अनुगमन टोलीले जानकारी दिएको छ ।बेसीसरहमा करिब दुई दर्जन हाराहारीमा औषधि पसलहरू छन् । अधिकांश पसलहरू मापदण्डविपरीत रहे पनि अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा र कानुनविपरीत सञ्चालनमा रहेका पसललाई कारबाही हुन नसक्दा सेवाग्राहीहरु समस्यामा पर्ने गरेको जनगुनासो रहँदै आएको छ ।
माग सम्बोधन नभए जलविद्युत् आयोजना ठप्प पार्ने रघुगङ्गावासीको चेतावनी
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले स्थानीयवासीको माग पूरा नगरे आयोजना निर्माणलाई ठप्प पार्ने चेतावनी दिएका छन् । आयोजना प्रभावितहरुले गाउँपालिका भित्र हाल निर्माणाधीन अवस्थामा रहेका पाँच वटा जलविद्युत आयोजनाहरूलाई विभिन्न ३१ बुँदे माग राखेका छन् । माग पूरा नगरे जलविद्युत आयोजना निर्माण अवरुद्ध पार्ने स्थानीयहरूको भनाई छ ।
फोनिज तनहुँको अध्यक्षमा गुरुङ
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा ममता गुरुङ सर्वसम्मत रूपमा चयन हुनु भएको छ । सोमबार साँझ सम्पन्न पाँचौँ जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन हुनु भएको हो ।
चिस्यान केन्द्र प्रयोगविहीन
केन्द्रीय विद्युत्को अभाव हुँदा करोडौँको लगानीमा बनेका चिस्यान केन्द्र प्रयोगविहीन बनेका छन् । बागलुङको निसीखोला र तमानखोला गाउँपालिकामा निर्मित चिस्यान केन्द्र विद्युत् अभावमा प्रयोगविहीन बनेका हुन् ।
अनलाइनबाट पहिलो पटक नागरिकता
जिल्ला प्रशासन कार्यालय लमजुङले पहिलो पटक अनलाइन प्रणालीमार्फत सिफारिस लिएर नागरिकता प्रदान गरेको छ ।
स्वास्थ्यकर्मी नजाँदा स्वास्थ्य केन्द्र बन्द
बेनी नगरपालिका ९ घतानको तोरीपानी सहरी स्वास्थ्य केन्द्र पछिल्लो एक महिना देखि बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । केन्द्रमा खटाइएका अहेब तपेन्द्रबहादुर थापा कार्यालयमा उपस्थित नभएपछि केन्द्र बन्द भएको हो ।
कास्की केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
कास्की जिल्लाको सैमराङ केन्द्रबिन्दु भएर मङ्गलबार बिहान ०४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।
तेज निरला जनहित बहुमुखी क्याम्पसको सभापतिमा परियार
हिमालपारीको जिल्ला मुस्ताङकोे जोमसोममा रहेको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ ।
वालिङको विजयी सुरुवात
वालिङले चापाकोट नगरपालिकालाई ३–१ को सेटमा हरायो । वालिङले २५–२३, २७–२९, २५–२२, २५–१९ को जित निकालेको हो ।
सडक मर्मतमा जुटे स्थानीय
सदरमुकाम बागलुङ बजारसँग सीमा जोडिएको वडा हो 'तित्याङ' । २७ वटा ग्रामिण सडक रहेको तित्याङमा स्थानीय तह गठन भएको वर्षाैं बितिसम्दासम्म एउटा सडक कालोपत्रे हुन सकेको छैन ।
कुकुरको रेखदेखमा सक्रिय राजकुमारी
कोही नहुनेका लागि दैव सहारा भनेजस्तै सामुदायिक कुकुरको सहारा बन्नुभएको छ, पशु अधिकारकर्मी राजकुमारी राना ।
मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा...
मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् ।
स्ववियु चुनाव हुने क्याम्पसमा तालाबन्दी
नवलपुरमा आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुने सम्भावना बढेको छ ।
मगर बस्ती मुना गाउँ
म्याग्दी, फागुन २६ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मा ढुङ्गेघरहरु रहेको मगर बस्ती मुना गाउँ । धवलागिरि गाउँपालिकाको केन्द्र रहेको यहाँबाट मुना ढोरपाटन शिकार आरक्ष, गुर्जा, पूर्वी रुकुम, गुरिल्ला पदमार्ग, मुना मालिका र डोल्पाको पदयात्रामा जान सकिन्छ । तस्बिरः रासस
सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला
बागलुङ, फागुन २६ गते । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको कान्लामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत बनाएर उनीहरु अहिले आर्थिक रूपमा सवल बनेका छन् । जैमिनी नगरपालिकाले एक वर्ष अगाडि दिएको तालिमले अहिले यहाँका ५५० महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामा आवद्ध महिलाले गाउँमै सिस्नो पाउडर, बाँको गुन्द्रुक, आलु चिप्स बनाएर बिक्री गर्नुका साथै बारीमा सिमी उत्पादन गरेर बजारीकरण गर्दै आएका छन् । सहकारीमा आवद्ध अधिकांशले सिस्नो पाउडर, बाँकोको गुन्द्रुकलाई ‘प्याकेजिङ’ र ब्राण्डिङ गर्दै आएका छन् ।स्थानीय स्रोत साधन प्रयोग गरेर महिलालाई उद्यमसँग जोड्न तालिम दिएर र दक्ष बनाएपछि अहिले व्यवसायिक बन्न थालेको रुद्रताल सामाजिक महिला सहकारी संस्थाकी कोषाध्यक्ष तारा पुनले बताउनुभयो । तालिम लिनु पूर्व वनजङ्गल र बारीमा भएका बाँको, सिस्नो खेर गएकामा अहिले प्रशोधन गरेर पैसासँग साट्ने गरेको उहाँको भनाइ छ । तालिमले यहाँका महिलालाई व्यवसायिक बनाएको पुनले बताउनुभयो ।उहाँले भन्नुभयो, “बाँको त हाम्रो जङ्गलमा जति पनि पाइन्छ, सिस्नोले बारीनै ढाक्छ, पहिले यतिकै खेर गएका ती वस्तुहरु अहिले प्याकेजिङ र ब्राण्डिङ गरेपछि पैसामा बिक्री हुन्छ, सिस्नोका पाउडर बनाउन दुई सातासम्म लाग्छ, गुन्द्रुक १० दिनमै तयार गर्न सकिन्छ ।”आफूहरुले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, सिमीलगायतका स्थानीय उत्पादन जापान, हङकङसम्म पुग्ने गरेको उहाँको भनाइ छ । मागअनुसार बजारमा उत्पादन पठाउन सकेको पुनले बताउनुभयो । गत वर्ष रु चार लाखको सिस्नोको पाउडर, रु दुई लाखको गुन्द्रुक र दुई लाखको सिमी बिक्री गरेको उहाँको अनुभव छ ।जैमिनी नगरपालिका–३ का अध्यक्ष कृष्ण भुजेलले महिलालाई उद्यमी बनाउन तालिम सञ्चालन गरेपछि स्थानीय उत्पादनको प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गरी बजारीकरण गर्न थालेको बताउनुभयो । नगरपालिकाले तालिमसहित आलु काट्ने, प्याकेजिङ, लेबलिङ र प्याकेजिङ गर्ने मेसिन उपलब्ध गराएपछि महिला सक्रिय बनेको उहाँको भनाइ छ ।महिलाले सुरुमा करिब रु २० लाख लगानीमा प्याकेजिङसहितको मेसिन लिएर उद्योग सञ्चालन गरेका थिए । पछिल्लो समय देश विदेशबाट उनीहरुको उत्पादनको माग बढ्दै गएपछि महिला उद्यमी उत्साहित बन्दै गएका छन् ।
क्रिप्टोकरेन्सीमा संलग्न पाँच जना पोखराबाट पक्राउ
क्रिप्टोकरेन्सी प्रयोग तथा जुवा वा सट्टाबाजीमा सम्लग्न रहेको आरोपमा कास्की प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरुलाई गत फागुन २३ गते पोखरा १४ अनुपम टोलबाट पक्राउ गरिएको हो।
आफ्नै पसलमा आगजनी गरेर बिमा दाबी गर्ने पक्राउ
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८, न्युरोडस्थित शर्मा आइटी हबमा भएको आगलागीमा संलग्न रहेको आरोपमा प्रहरीले जनालाई प्रहरीले पक्राउ गरेको छ। पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
पर्यटकको आकर्षण गन्तव्य बन्दै स्टोनपार्क
गोरखा नगरपालिका–६ कुहिरेभिरमा रहेको ढुङ्गै ढुङ्गाले बनेको स्टोनपार्क पर्यटकको आकर्षण बन्दै गएको छ ।
म्याग्दे गाउँपालिकाद्वारा चिस्यान केन्द्र निर्माण
किसानको उत्पादनको सुरक्षा र बजारिकणमा सहयोग पुर्याउन तनहुँको म्याग्दे गाउँपालिकाले चिस्यान केन्द्र (कोल्ड स्टोर्स) सञ्चालन गरेको छ ।
एक सय ८९ कुकुरको बन्ध्याकरण
पर्वतमा एक सय ८९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले तीन दिन सञ्चालन गरेको शिविरमा ११५ सामुदायिक र ७४ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको हो ।