भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु
नेपालगन्जस्थित भेरी अस्पतालले बिरामीका लागि सेवा सुविधा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै आँखाको सर्जिकल सेवा सुरू गरेको छ ।
सम्झौताभन्दा अघि नै सम्पन्न भयो पुल
हुलाकी राजमार्ग अन्तर्गत बाँकेको डुडुवा गाउँपालिका –४ कम्दी मिलनचोकस्थित डुडुवा खोलामा तोकिएको समयभन्दा करिब ६ महिना अघि नै पुल निर्माण सम्पन्न भएको छ ।
साउनमै सकियो हुलाकी कार्यालयको बजेट
सामान्यतया नेपालमा आर्थिक बर्षको अन्तिममा मात्र विकासे बजेट खर्च गरेर सकिने गरेको छ । तर बाँकेको एक सरकारी कार्यालयको चालु आर्थिक बर्ष २०८१–८२ को विनियोजित बजेट पहिलो महिना साउनमै सकिएको छ ।
सवारी कारबाहीबाट ५१ लाखभन्दा बढी राजस्व सङ्कलन
गुल्मीमा सवारी कारबाहीबाट ५१ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
बाघ नियन्त्रणका लागि प्राविधिक टोली रुपन्देहीमा
रुपन्देहीको तिनाउ आसपासको जङ्गलमा बाघ देखिएपछि नियन्त्रणको प्रयास थालिएको छ । प्राविधिक टोलीले क्यामेरा जडान गरेर बाघ नियन्त्रणको प्रयास थालेको हो ।
कुटाइबाट श्रीमतीको मृत्यु
देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका –९ स्याले निवासी चक्रबहादुर (श्यामकुमार) कुमालको कुटपिटबाट उनका श्रीमती अन्दाजी ४० बर्षिया इश्वरी कुमालको मृत्यु भएको हो ।
कोदो रोप्दै किसान
गुल्मी, साउन ३१ गते । गुल्मीको मुसिकोट नगरपालिका–२, कुखुरापोलेस्थित बारीमा सामूहिक रूपमा कोदो रोप्दै स्थानीयवासी । तस्बिरः रासस
मुख्य आयस्रोत जडीबुटी
जिल्लास्थित माथिल्लो भेगका बासिन्दाको मुख्य आयस्रोत जडीबुटी बन्दै गएको छ । जिल्लाको पुथाउत्तरगङ्गा, भूमे र सिस्ने तीन वटै गाउँपालिकामा विभिन्न जडीबुटी पाइन्छ । पुथाउत्तरगङ्गाको १४ वटै वडा, भूमे गाउँपालिकाको नौ वटै वडासँगै सिस्ने गाउँपालिका–१, २ नम्बर वडामा धेरै प्रजातिका जडीबुटी पाइन्छ भने बाँकी वडामा पनि केही न केही जडीबुटी पाइन्छ ।
सडक आश्रित सहयोगापेक्षी बालबालिकाबाट हैरानी
सडक आश्रित सहयोगापेक्षी बालबालिकाको उचित व्यवस्थापन हुन नसक्दा यहाँका सेवाग्राही र सर्वसाधारणले विभिन्न हैरानी खेप्दै आएका छन् । जिल्ला प्रशासनलगायत सदरमुकाममा सेवा लिन आउनेले उनीहरूबाट हैरानी भोग्दै आएका छन् । बसपार्कको आसपास, समन्वय समिति गुल्मी र जिल्ला प्रशासन कार्यालयको वरपर उनीहरूले सेवाग्राहीबाट पैसा माग्ने, कसैले खाजा खाएको देखेमा माग्ने र नदिएमा जबरजस्ती खोस्ने गर्दै आएका छन् ।
ग्रेनाइट उद्योग सञ्चालन
पश्चिम नेपालको पहिलो ग्रेनाइट उद्योग बाँकेको गनापुरमा सञ्चालनमा आएको छ । जय मङ्गलम् स्टोन प्रालिले बाँकेमा सो उद्योग स्थापना गरेर पश्चिम नेपालमै पहिलो पटक ग्रेनाइट उत्पादन सुरु गरेको जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक रिसभ अग्रवालले २० करोड रुपियाँको लागतमा सञ्चालनमा आएको सो उद्योगले परीक्षण उत्पादन सुरु गरेको हो । भैरहवाबाट पश्चिमतर्फ ग्रेनाइट उद्योग नभएकाले यस उद्योगको सञ्चालनबाट बजारको माग पूरा हुने अग्रवालले बताउनुभयो ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौको ४ गते विश्वासको मत लिनुहुने भएको छ । आउने भदौ ४ गते बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो ।
भेरी अस्पतालले घटायो सेवा शुल्क
भेरी अस्पतालमा सेवाग्राहीले प्राप्त गर्दै आएको विभिन्न स्वास्थ्य सेवामा लाग्ने सेवा शुल्क समायोजन गरेर सबैको सहुलियतका लागि घटाइएको अस्पताल विकास समितिले जनाएको छ ।
प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण
भूमे गाउँपालिकाले गाउँपालिकावासी विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर बिना व्याजमा शैक्षिक ऋण दिने व्यवस्था गरेको छ ।
९५ प्रतिशतभन्दा बढी बक्यौता विद्युत महसुल असुली
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र अन्तर्गतको खजुरा उप वितरण केन्द्रले गत आर्थिक वर्षमा ९५ प्रतिशत भन्दा बढी बक्यौता विद्युत महसुल असुली गरेको छ ।
मापदण्डविपरीत पसल सञ्चालन
गाउँपालिकाले वडा नम्बर १ हर्मिचौरमा गरेको बजार अनुगमनका क्रममा मापदण्डविपरीत खाद्य पसल सञ्चालन गरेको पाइएको हो ।
एक लाख २० हजार डोज वीर्य उत्पादन
बाँकेको खजुरा गाउँपालिका –२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार बढी डोज वीर्य उत्पादन गरेको छ ।
मह उद्योग सञ्चालनमा नआउँदै जीर्ण
जिल्लाको सन्धिखर्क नगरपालिका –७ मा रहेको मह उद्योग सञ्चालनमा नआउँदै जीर्ण भएको छ ।
तीन महिनादेखि आइसियुमा, पैसा सकिएपछि सहयोगको आग्रह
रूपन्देहीको सैनामैना नगरपालिका–१०, बेम्टेनीकी ३८ वर्षीय पूर्णकला बरौलीमगर विगत तीन महिनादेखि लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार गराइरहनु भएको छ । घरको आर्थिक अवस्था कमजोर रहेको र तीन महिना उपचार गराउँदा सबै पैसा सकिएपछि पूर्णकलाले थप उपचारका लागि आर्थिक सहयोगका लागि आग्रह गर्नुभएको हो । पूर्णकलालाई सुरुमा प्यारालायसिस भए पनि उपचार गरेपछि निको भएको तर तीन महिनाअघि फेरि उहाँलाई पक्षाघात (प्यारालायसिस) भयो ।
बालबालिकामा कुपोषणको समस्या
दाङ जिल्लाका बलबालिकामा कडा खालको कुपोषण अझै उल्लेखनीय रूपमा कायम छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा कुपोषणको सङ्ख्या केही कम भए पनि कडा कुपोषण भने बढेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लाका १० स्थानीय तहमा रहेका २२ वटा कुपोषण बहिरङ्ग उपचार केन्द्रबाट सङ्कलन गरिएको तथ्याङ्कले पछिल्लो समयमा कडा कुपोषण बढेको देखिएको हो । यहाँ एक वर्षमा ६०८ जना बालबालिकामा कुपोषण देखिएको छ । जसमध्ये ४७० जना बालबालिकामा कडा खालको कुपोषण पाइएको छ भने १३८ जनामा मध्यम कुपोषण भेटिएको छ ।
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
सर्पले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छभने एकजनाको अवस्था गम्भीर छ ।
कतै खेर जाँदै, कतै बोटबाटै बिक्री हुँदै स्याउ
रुकुमपूर्वका धेरै स्थानमा स्याउ फल्ने गरेको छ । स्याउ फल्ने ठाउँमा कतै सडक पुगेको छ भने कतै अझै सडक पुग्न सकेको छैन । त्यसोत सडक पुगेका स्थानमा बोटबाटै स्याउ बिक्री हुन्छ । तर सडक नपुगेको ठाउँको स्याउ त्यतिकै खेर गइरहेको छ ।
ट्रङ्कलाइन महसुल विवाद, छुट्टै आयोग बनाउन माग
रुपन्देहीका उद्योगीले यहाँको डेडिकेटेड र ट्रङ्कलाइनको समस्या अन्यत्रको भन्दा फरक रहेको भन्दै छानबिनका लागि छुट्टै आयोग बनाउन माग गर्नुभएको छ । ट्रङ्कलाइनको विवादमा परेका अन्य जिल्लाका उद्योगको भन्दा रुपन्देहीका उद्योगको महसुल विवाद फरक भएको उहाँहरूको दाबी छ । भैरहवा–बुटवल ओद्यौगिक कोरिडोर अन्तर्गत ट्रङ्कलाइन विवादमा परेका २१ वटा उद्योग सञ्चालकले अन्य जिल्लाको जस्तो आफूहरूको महसुल विवाद नभएको भन्दै छुट्टै नियमन आयोग बनाएर समस्या समाधान गर्न उहाँहरूले माग गर्नुभएको छ । उद्योगीले चरम लोडसेडिङ भोगिरहेको तत्कालीन अवस्थामा प्रयोग नै नगरेको विद्युत् महसुल तिर भन्नु कानुनसम्मत र न्यायोचित नभएको बताउनुभयो ।
दर्ता नभएका क्लिनिक सिल
सरुमारानी गाउँपालिका–४ बडडाँडामा दर्ताबिना सञ्चालन भएको शोभा क्लिनिक जिल्ला प्रशासन कार्यालयले प्युठानले सिल गरेको छ । फार्मेसी दर्ता गरी फार्मेसी र क्लिनिक दुवै सञ्चालन गरेको भेटेपछि अनुगमन टोलीले क्लिनिक सिल गरेको हो ।
चिकित्सकले लेखेको औषधी अब अस्पतालभित्रै पाइने
भेरी अस्पतालमा उपचार गराउन आउने बिरामीले अबदेखि चिकित्सकले लेखेको औषधी अस्पतालभित्रैको फार्मेसीबाट पाउने भएका छन्।