सन्तोष दहित
दाङ, चैत ३ गते । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ। न्युरो सर्जन डा. उपमा शर्माले आइतबारदेखि प्रतिष्ठानबाट न्युरो सर्जरी सेवा सुरु गरेको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो।
यो सेवा सुचारूसँगै प्रतिष्ठानले मुटुरोगको उपचार पनि छिट्टै सुचारू गर्ने तयारीमा रहेको सूचना अधिकारी भट्टराइले बताउनुभयो । न्युरो सर्जरीमा लामो समय काम गरिसक्नुभएका न्युरो सर्जन डा. शर्मा यसअघि बाँकेको नेपालगन्ज मेडिकल कलेजमा कार्यरत हुनुहुन्थ्यो ।
उहाँ प्रतिष्ठानमा आएपछि आइतबारदेखि न्युरो सर्जरी सेवा सुरु गरिएको सूचना अधिकारीले जानकारी दिनुभयो । प्रतिष्ठान न्युरो सर्जरी सेवा सुरु भएसँगै साविक राप्तीका नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने उहाँले बताउनुभयो ।
यस्तै, प्रतिष्ठानले निकट भविष्यमा मुटु रोगको उपचार पनि तयारी गरिरहेको सूचना अधिकारी भट्टराइले बताउनुभयो । त्यस्का लागि आवश्यक सामग्री खरिद गर्ने र मुटुरोग विशेषज्ञ ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो।