४० वर्षपछि मतया जात्रा प्रदर्शन
श्री ७ सूर्यविनायक मन्दिर दाफा भजन खलका अध्यक्ष मङ्गलमान बज्राचार्यको अगुवाइमा मतया जात्रा निकालिएको छ । ४० वर्षपछि बुधबार मतया जात्रा निकालिएको हो । यसलाई दीपयात्रा पनि भनिन्छ ।
नगरप्रमुखकै घरमा चलाइयो डोजर
लामो समयदेखि सडक क्षेत्रमा परेको जग्गाको मुआब्जा पाएर पनि संरचना हटाउन स्थानीयले नमानेपछि नगरप्रमुखले आफ्नै घरमा डोजर चलाएर सडक विस्तार सुरु गर्नुभएको छ । लमही–कोइलाबास सडकखण्ड अन्तर्गत लमही नगरपालिका क्षेत्रको दायाँबायाँ दुवैतर्फ फराकिलो बनाउन काम सुरु गरिएको हो । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको आफ्नो घर पनि सडक क्षेत्रमा पर्ने भएकाले स्थानीयमा सकारात्मक सन्देश दिने उद्देश्यले आफूले आफ्नो घरमा डोजर लगाएको बताउनुभयो ।
सभा हल निर्माणको काम अन्तिम चरणमा
दाङको लमहीमा निर्माणाधीन सभा हलको काम अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमही नगरपालिका–५, रातोडाँडामा निर्माण हुन थालेको सभा हलको ‘स्ट्रक्चर’ निर्माणको काम सकिएको हो । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत भ्याटसहित करिब ३३ करोड २१ लाख ५३ हजार ८०१ रुपियाँमा लमहीमा सभा हल निर्माण भएको हो । धार्मिक एवं पर्यटकीय क्षेत्र रिहारमा पूर्वाधार निर्माण, जखेरा ताल सुधार र दामोदर सडक एवं नाला निर्माणको काम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना दाङका प्रमुख खड्ग चौधरीले जानकारी दिनुभएको छ । कार्यालय प्रमुख चौधरीका अनुसार सभा हलको स्ट्रक्चर निर्माणको काम सकिएर अहिले ‘फिनिसिङ’ को काम भइरहेको छ । त्यसपछि टपमा ट्रस्ट राख्ने, सभा हलमा सिट राख्ने, रङरोगन, विद्युतीय जडानको कामसँगै सभा हल
रुकुमकोटकाे कमल दह
रुकुम पूर्व, भदौ ६ गते । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ स्थित रुकुमकोटमा अवस्थित कमल दह । तस्बिर ः रासस
रुकुम पूर्वको तकसेरा गाउँ
रुकुम पूर्व, भदौ ६ गते । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१० स्थित गाउँपालिकाको केन्द्र तकसेरा गाउँ । तस्बिर ः रासस
घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्छ : उपसभामुख राना
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्ने बताउनुभएको छ ।
नेपालगन्ज रङ्गशालाको सेन्थेटिक ट्रयाक छानबिन गर्दै उपसमिति
नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ मा क्रयाक भएको विषयमा अध्ययन गर्न गठन गरिएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन गरिरहेको छ ।
नागरिकको गुनासो सुन्न 'मोबाइल एप्स'
गाउँपालिकाले नागरिकको गुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका नागरिकहरूको गुनासो सुन्न र गुनासोको आधारमा पालिकाबाट हुने सेवा प्रवाहमा सुधार गर्नका लागि थप टेवा पुग्ने पालिकाले विश्वास लिएको छ ।
शिक्षक दुई सातादेखि सम्पर्कविहीन
जाजरकोटको कुसे गाउँपालिका–७ धनराशि गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगन्जबाट सम्पर्कविहीन हुनुभएको छ। शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुनुहुन्छ।
गुणस्तरहीन दुध बिक्री
तानसेनमा सञ्चालित दुध डेरी पसलमध्ये ५० प्रतिशतले मापदण्ड विपरीतको दुध बिक्री गरेको पाइएको छ । तानसेनमा सञ्चालित १० वटा डेरी पसलमध्ये पाँच वटा पसलले गुणस्तर नपुगेको दुध बिक्री गरेको पाइएको हो ।
अध्ययन भ्रमणको रकमबाट विपन्नलाई खाद्यान्न सहयोग
नेपालगन्जका जनप्रतिनिधिले अध्ययन भ्रमणका लागि छुट्याइएको रकमबाट अति विपन्न र गरिब परिवारलाई खाद्यान्न वितरण गरेका छन् ।
नेपालगञ्ज–गुलरिया सडक निर्माणमा बजेट अभाव
नेपालगञ्ज–गुलरिया सडक स्तरोन्नतिमा बजेट अभाव भएपछि निर्माणको काम प्रभावित भएको छ ।
कुवा सफा गर्ने क्रममा दुई जनाको मृत्यु
दाङमा कुवा सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो ।
एक महिनामा एकसय ४३ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले गत साउन महिनामा विभिन्न अपराधसम्बन्धी एकसय ४३ वटा मुद्दा दर्ता गरेको छ । विभिन्न मुद्दामा संलग्न ती अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको प्रहरीले जाएको छ ।
मकैको चनाचटपटे बेचेर आत्मनिर्भर बन्दै
मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्नसक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन ।
पैँसट्ठी हजारलाई फेरि लालपुर्जा
अर्घाखाँचीमा ६५ हजार जग्गाधनीलाई पुनः लालपुर्जा वितरण भएको छ । २०६१ फागुन २० गते तत्कालीन नेकपा माओवादीले सदरमुकाम सन्धिखर्कमा आक्रमण गर्दा नापी र मालपोत कार्यालयका सम्पूर्ण लालपुर्जा, नक्सालगायतका कागजात जलेर नष्ट भएपछि जग्गाको पुनः नापजाँच गरी लालुपर्जा वितरण गरिएको हो ।
पालिकाले खटायो बाँदर हेरालु
गुल्मीमा बाँदरले हैरान बनाएपछि हेरालुको व्यवस्था गरिएको छ । बारीमा लगाएको मकै खेती जोगाउन कृषकलाई मुस्किल भएपछि रेसुङ्गा नगरपालिकाले खेती जोगाउन हेरालुको व्यवस्था गरेको हो । स्थानीय शान्ता मरासिनीले आफूहरूले दुःखसुख गरी लगाएको मकै बाली बाँदरबाट जोगाउन साह्रै समस्या भएको बताउनुभयो । एकाबिहानै बारीमा बाँदर आउने र धपाउन जाँदा उल्टै आफैँलाई झम्टन्छ कि जस्तो गर्ने गरेकाले मकै त के ज्यानै जोगाउन मुस्किल हुने गरेको उहाँको भनाइ छ । अब त गयो भनेर घरमा आउन नपाउँदै बारीमा आएर मकै खाइदिने गरेको उहाँको दुःखेसो छ ।
बाँकेका तीन पालिकामा झाडापखाला र हैजाको प्रकोप
बाँकेका तीन पालिकाका केही स्थानमा झाडापखाला तथा हैजाजन्य रोगको प्रकोप देखिएको छ।
‘कांग्रेसको चकचक गर्ने बानी छैन’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस एमाले गठबन्धन साढे ३ वर्ष नै चल्ने दाबी गर्नुभएको छ। उहाँले गठबन्धनमा कुनै पनि उथलपुथल नहुने दाबी गर्नुभयो।
पहिरोले गोठ पुरिँदा एकको मृत्यु
अर्घाखाँचीको शितगंगा नगरपालिकाको भङ्गलामा पहिरोले गोठ पुरिँदा एकजनाको मृत्यु भएको छ । मङ्गलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर–१३, सिमलपानीको भङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका चेतनारायण आचार्यले विश्वासको मत पाउनुभएको छ । मङ्गलबार बसेको लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उहाँले ७० मत पाउनुभयो ।
‘मोडिफाइड’ मोटरसाइकललाई कडाइ
जिल्ला प्रहरी कार्यालय गुल्मीले स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका मोटरसाइकललाई कडाइ गरेको छ । स्थानीयको जनगुनासो आएसँगै जिल्ला प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने र लापरबाहीपूर्ण तरिकाले तीव्र गतिमा चलाइएका मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
हस्तान्तरण नहुँदै उप्किएको रङ्गशालाको सेन्थेटिक ट्रयाकको छानबिन सुरु
नेपालगन्ज रङ्गशालामा करिब १० करोडको लागतमा निर्माण भएको सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै उप्किएपछि सो बारेमा राष्ट्रिय खेलकुद परिषद्ले उपसमिति गठन गरेर छानबिन सुरु गरेको छ ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले माग्नुभयो विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मत माग्नुभएको छ । चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्नुभएको हो ।