• २ चैत २०८१, शनिबार

ट्याक्टरको ठक्करले बालिकाको मृत्यु

blog

गोकर्ण पौडेल 

तुलसीपुर, चैत २ गते । तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  छत्रेश्वरी गाउँपालिका –२ सल्यान  घर भई तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर टोलमा अन्टीको कोठामा बस्ने ९  वर्षीया दीपशिखा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

अन्टी सङ्गिता खड्काको कोठामा बस्ने  दीपशिखालाई ठक्कर दिँदा टाउको र मुखमा चोट लागेको थियो । तुलसीपुरका प्रहरी प्रवक्ता सूर्य  रानाका अनुसार घाइते बालिकाको  घटनास्थलमै मृत्यु भएको थियो । 

तुलसीपुर उपमहानगरपालिका –९ गौरीशंकरण् टोलदेखि अटो भिलेजतर्फ जाँदैगरेको रा १ त ३२३९ नम्बरको ट्याक्टरले पैदलयात्री दिपशिखालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा छ । चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रवक्ता रानाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।