लुम्बिनीमा बिजुली बसको सफल यान्त्रिक परीक्षण
लुम्बिनी विकास कोषद्वारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्मयात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैङ्कले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यसाथ पाँच वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको छ ।
रुपन्देही ५ का उम्मेदवार घरदैलोमा व्यस्त
रुपन्देही क्षेत्र नं ५ मा विभिन्न पार्टीका उम्मेद्वारले चुनावी एजेण्डाहरु पस्कदै आफनो क्षेत्रका मतदातासँग भेटघाट तथा छलफलमा व्यस्त रहनुभएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाबका लागि नेताहरुले आफ्नो क्षेत्रका मतदाताकहाँ भोट माग्न व्यस्त हुनुभएको हो ।
धानमा दाना नलागेपछि स्याङ्जाका कृषक चिन्तित
पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि वालिङका कृषक चिन्तित बनेका छन् । वालिङ नगरपालिका–१४ स्थित हुल्काङका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘युएस ३१२’ मा दाना नलागेपछि स्थानीय चार जना कृषक समस्यामा परेका हुन् ।
निर्वाचन बिथोल्न पाइँदैन : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले वर्तमान व्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दललाई पनि राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताउनुभएको छ । असन्तुष्टि जाहेर गर्ने अधिकार सवै नागरिक र दललाई भए पनि निर्वाचन विथोल्ने अधिकार कसैलाई नभएको उहाँको भनाइ छ ।
दाङ–३ मा चुनावी गतिविधि तीव्र
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि गाउँ–गाउँमा पुगेका छन् । उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्नका लागि विकासका एजेण्डा लिएर घर–घरमा पुगी मतदातासँग मत मागिरहेका छन् ।
विद्यालय भवन भत्किएपछि वडा कार्यालयमा पढाई
गत भदौमा आएको वर्षासँगैको पहिरोले विद्यालय भवन भत्काएपछि रुकुमपूर्वको एक विद्यालयको पढाई वडा कार्यालय र अन्तर्गतको स्वास्थ्य इकाई भवनमा हुँदै आएको छ ।
गुल्मीमा दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने
मङसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि गुल्मीमा दुई हजार पाँच सय सुरक्षाकर्मी खटिने भएका छन् ।
प्रविधिले घटाउँदै छ लागत
पाल्पा माथागढी–३, कसेनीका किसान यानसिंह चिदीले केही वर्षअघिसम्म धान पराल थनक्याउन मान्छे र गोरु प्रयोग गर्नुहुन्थ्यो । तर, अहिले उहाँ कृषि प्रविधिको प्रयोग गरेर धान र पराल थन्क्याउनुहुन्छ । कृषि प्रविधिको प्रयोगले किसानलाई सुविधा मात्र दिएको छैन, कृषि लगानीसमेत घटाएको उहाँको अनुभव छ । प्रविधिको प्रयोगले धान पराल थन्क्याउन मान्छे र गोरुका लागि गरिने लगानी र समयको समेत बचत भएको चिदीको भनाइ छ । धान–पराल थन्क्याउन मान्छे र गोरुको खर्चभन्दा प्रविधिको खर्च सस्तो र सहज हुँदै गएको उहाँले बताउनुभयो ।
संविधान च्यात्ने प्रपञ्चविरुद्ध सचेत बनौं : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले संविधान च्यात्ने षड्यन्त्रविरुद्ध सचेत हुनुपर्ने बताउनुभएको छ ।
जनताको शिर झुक्न दिने छैन : श्रेष्ठ
गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) का गठबन्धनका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले गुल्मेली जनताको शिर नझुक्ने गरी काम गर्ने बताउनुभएको छ। उहाँले विकास आफ्नो पहिलो एजेण्डा भएकोसमेत प्रष्ट पार्नुभएको छ।
'अफ्रिकन स्वाईन फिभर'द्वारा मरे तीन सय बंगुर
स्याङ्जामा अफ्रिकन ‘स्वाईन फिभर’ देखिएको छ । जिल्लाको पुतलीबजार नगरपालिकाको वडा नम्बर १४ मा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभर देखिएको हो । यो रोग स्याङ्जामा पहिलो पटक देखिएको हो ।
रोल्पामा लडेर एकको मृत्यु
गाउँबाट घर फर्किने क्रममा रोल्पाको ढाप्चा गाउँका एक युवकको लडेर मृत्यु भएको छ । प्रहरीकाअनुसार सोमबार दिउँसो दक्षिण रोल्पा स्थित रुन्टीगढी गाउँपालिका–१ ढाप्चा गाउँका ३१ वर्षीय लेखनाथ रानाको लडेर मृत्यु भएको हो ।
धान स्याहार्न प्रविधिको प्रयोग बढ्दै (फोटो फिचर)
कृषिजन्य वस्तुको उत्पादनमा प्रविधिको प्रयोगसँगै किसानको लगानी घटेको छ । धानको खेती गर्न तथा धान स्याहार्न कृषि प्रविधिको प्रयोग बढेपछि कृषि क्षेत्रमा किसानको लगानी कम हुँदै गएको हो ।
रुपन्देही १ मा विश्वकर्मा र भुषालबीच प्रतिस्पर्धा
रुपन्देहीको निर्वाचन क्षेत्र १ यतिबेला सबैको चासोको केन्द्र बनेको छ । भर्खरै मात्र एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल र एमाले सचिव छविलाल विश्वकर्मा यतिबेला एकअर्काका प्रतिस्पर्धी बनेर मैदानमा हुनुहुन्छ ।
आगामी पाँच वर्ष विकास निर्माण वर्ष
युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी पाँच वर्ष विकास र निर्माणको वर्ष हुने बताउनुभएको छ। बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा उहाँले गएको वर्षमा विकासका धेरै आधार तयार पार्न सरकार सफल भएको दाबी गर्दै आगामी पाँच वर्ष विकास र निर्माणका वर्ष हुने बताउनुभयो।
दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण
गुल्मी र स्याङ्जा दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण बनेको छ ।
नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु
पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
झोलुङ्गे पुल निर्माणले स्थानीयलाई सहज
गुल्मीको पश्चिमी ग्रामीण भेगमा पर्ने मदाने गाउँपालिका –१ अग्लुङ्गमा झोलुङ्गे पुल निर्माण भएपछि त्यहाँका स्थानीयलाई सहज भएको छ । अग्लुङ्गको दुई खोला छहरा खोला र सङ्रेङ्ग खोलामा झोलुङ्गे पुल निर्माण भएपछि विद्यार्थी र सर्वसाधारणलाई आपत् बापतमा सहज भएको हो ।
रुपन्देही–३ मा बालकृष्ण खाणलाई जनमुक्तिको पनि समर्थन
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले पनि समर्थन गरेको छ ।
विकास हुँदा कोही विस्थापित हुनु पर्दैन : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले बिकास हुँदा कोही पनि नागरीक बिस्थापीत हुन नपर्ने बताउनुुभएको छ । रुपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने गरी काम गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
स्थानीयको व्यवस्थापनपछि करिडोरको काम अघि बढ्छ : नेता पौडेल
पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रुपन्देही –२ बाट प्रतिनिधि सभाका उम्मेदवार विष्णुप्रसाद पौडेलले तिनाउ किनारका स्थानीयहरूको उचित व्यवस्थापनपछि मात्रै तिनाउ दानव नदी करिडोरको काम अघि बढ्ने बताउनुभएको छ ।
कारको ठक्करले शिशुसहित तीन जनाको मृत्यु
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । भैरहवाबाट परासीतर्फ जाँदैगरेको कारले ओमसतिया –४ पननीमा बिहान ठक्कर दिँदा एक शिशुसहित तीन जनाको ज्यान गएको हो ।
गुल्मी क्षेत्र नं. २ मा विष्ट र झाँक्री मुख्य प्रतिस्पर्धी
गुल्मी क्षेत्र नं २ मा पहिलेको नेकपा (एमाले) मा सहयात्रीको रूपमा काम गर्नुभएका दुई नेताहरू अहिले चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तत्कालीन एमाले र नेकपामा रहँदा एउटै पार्टीमा रहेर काम गर्नुभएका एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीबीच अहिले प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिस्पर्धा हुनेभएको हो ।
पाल्पाली ढाकाको आकर्षण बढ्दै
पाल्पाली ढाकाबाट बनेका सामग्री ‘कोसेली’ (उपहार)का रूपमा प्रयोग हुने क्रम बढेको छ । तानसेन घुम्न आउने मानिसले पाल्पाली चिनोका रूपमा आफन्तलाई ढाकाबाट बनेका चोली, पछ्यौरी, सारी, टोपी, इस्टकोट, पर्स, हाते झोला कोसेलीका रूपमा लैजाने गरेका हुन् ।