गङ्गटे उपत्यकाः जहाँ चुनावमा मात्रै नेता पुग्छन्
दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुग्नुभयो । बबई गाउँपालिका–१ मा पर्ने सो स्थानमा नेकपा (एमाले) का उम्मेदवार कोमल वली गत कात्तिक १५ गते गङ्गटे पुग्नुभएको थियो ।
खानी बन्द हुँदा सिमेन्ट उद्योग समस्यामा
दाङको घोराही सिमेन्ट उद्योगको खानी उत्खनन बन्द हुँदा उद्योगसँगै कामदार समस्यामा परेका छन्। १० महिनादेखि चुनढुङ्गा निकाल्ने काम रोकिएको छ। सम्झौताबमोजिम उद्योगले घोराही–मुर्कुटी सडकखण्डको तापा चोकदेखि चुनढुङ्गा खानीसम्मको तीन किलोमिटर सडक कालोपत्रे नगरेको भन्दै बङ्गलाचुली गाउँपालिकाले गत वर्षको पुस १ गतेदेखि टिप्पर सञ्चालनमा रोक लगाइएको हो। टिप्पर चल्न नपाएपछि चुनढुङ्गा निकाल्ने काम पनि रोखिएको हो।
सत्यवतीमा चिच्याएर बर माग्ने भक्तालुको भीड
धेरैजसो मन्दिरमा भगवानसँग मनमनै वर तथा आशीर्वाद माग्ने गरिन्छ । तर पाल्पाको सत्यवती मन्दिरमा परम्परादेखि नै भक्तजनले चिच्याएर वर माग्दै गर्छन् । सत्यवती देवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको मन्दिरका पुजारी जानकारी दिनुभयो ।
ब्याज वृद्धिको विरोधमा व्यवसायी
मङ्सिर ४ गते हुन थालेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार मतदाता भेट्न सहरदेखि गाउँगाउँसम्म पुगेर निर्वाचनको वातावरण तताइरहेको समयमा उद्योगी तथा व्यवसायी भने आन्दोलनमा जुटेका छन् ।
महिलालाई मतदाता शिक्षा
मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आज रुपन्देही योगीकुटीमा महिलालाई मतदान शिक्षा दिइएको छ । मतदाताहरूलाई मतदान गर्न सहज होस् भन्ने उद्देश्यले मतदातालाई मतदान सहजीकरणको लागि मतदान शिक्षा दिइएको हो ।
देवदहलाई विश्व सम्पदासूचीमा सूचीकृत गर्न पहल गर्छु : नेता भुसाल
स्वतन्त्र बाम उम्मेदवार घनश्याम भुसालले रुपन्देहीलाई पर्यटकीय र आर्थिक विकासको केन्द्रबिन्दु बनाउने योजनासहित आफूले रुपन्देही १ मा उम्मेदवारी दिएको बताउनुभएको छ ।
सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार
रुकुमपूर्व अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका– ५ की ३४ वर्षीया सावित्री गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।
बुटवल–लुम्बिनी प्रसारण लाइन सञ्चालनपछि भैरहवामा विद्युत आपूर्तिमा सुधार
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माणाधीन सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
रुपन्देहीमा दम्पती मृत अवस्थामा भेटिए
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही २ मा विष्णु पौडेललाई थापाले चुनौती दिँदै
रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट तीन तीन पटक निर्वाचन जितेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र गठबन्धनको समर्थन पाउनु भएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा चुनावी प्रतिस्पर्धा हुँदैछ ।
मत माग्न घरदैलोमा उम्मेदवार
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू गाउँ–गाउँमा निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचन प्रचारप्रसारमा हिँडेका उम्मेदवारहरूले मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै र आफ्ना कुराहरू सुनाउँदै हिँड्ने गरेका छन्।
भारतीय पर्यटकका कारण नेपालगञ्जमा चहलपहल
कोरोना महामारीका कारण बन्द रहेका नेपालगञ्जका क्यासिनो पुनः सञ्चालनमा आएका छन् । यहाँका तारे होटलमा रहेका क्यासिनो सञ्चालनमा आउँदा भारतीय पर्यटक बढेका हुन् । नेपालगञ्जमा सञ्चालनमा ल्याइएका क्यासिनोको प्रमुख बजारका रूपमा भारतको लखनउ, गोन्डा, बहराइच, बाराबङ्की, सीतापुर र लखिमपुर हुन् । यी स्थानबाट अहिले क्यासिनो खेल्नका लागि नै ठूलो सङ्ख्यामा भारतीय आउन थालेका हुन् ।
नेतृत्वले जनतामा भ्रम छर्नु हुन्न : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने र झुट्टा आश्वासन पनि नदिने बताउनुभएको छ । केही राजनीतिक दलका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो भन्दै झुट्टा आश्वासन बाँडेर जनतालाई भ्रममा पार्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
रुपन्देही २ मा एमाले–राप्रपा–जसपाको प्रतिबद्धतापत्र जारी
रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले), राप्रपा र जसपाको संयुक्त प्रतिबद्धतापत्र आइतबार सार्वजनिक भएको छ । बुटवलमा पत्रकार सम्मेलन गरी प्रतिबद्धतापत्र सार्वजनिक गरिएको एमालेले जनाएको छ ।
एमाले नेता गौतमले झाँक्रीलाई सघाउने, विष्टलाई केही समस्या नहुने एमालेको ठहर
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गर्नुभएको छ ।
रुपन्देही क्षेत्र नं. २ (ख) मा सत्ता गठबन्धनको संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
रुपन्देही क्षेत्र नं. २ (ख) मा सत्ता गठबन्धनका आबद्ध दलहरूले संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । निर्वाचन क्षेत्रभित्रका सबै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धतासहित बुटवलमा आइतबार एक कार्यक्रमकाबीच प्रतिबद्धतापत्र सार्वजनिक भएको हो ।
खानेपानी र सडक सुधारको माग
गुल्मीमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि गाउँबस्तीमा चुनावी सरगर्मी बढ्दै गएको छ। जनताको मत आफ्नो पोल्टामा पार्न विभिन्न चुनावी एजेन्डा लिएर दलका प्रतिनिधि तथा उम्मेदवा घरदैलोमै पुगिरहेका छन्।
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
जिल्लाको पूर्व खोलामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिवार बेलुकी साढे ७ बजेतिर आर्यभाङ्ज्याङ्–पूर्व खोला सडक खण्डको पूर्व खोला–४, मङ्गलामा ट्याक्टर दुर्घटना हुँदा चालक पूर्व खोला–२, का २२ वर्षीय चालक कमल रानाको मृत्यु भएको हो ।
रुपन्देही रुपन्देही–३ मा पाका नेताबीच चुनावी प्रतिस्पर्धा
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै रुपन्देहीमा चुनावी माहोल तातेको छ। पाँच दलीय गठबन्धन एवं सरकारका गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्लासमेत रहेको रुपन्देहीमा चुनावी प्रचार प्रसारमा भने विगतको जस्तो झकिझकाउ छैन। उम्मेदवारहरू साधारण तरिकाले मतदाताको घरदैलोमा पुगेका छन्।
गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पुर्व जनमुक्ति सेना प्रतिबद्ध
कात्तिक १९, कोहलपुर। पुर्व जनमुक्ती सेनाका प्रतिनिधिले पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने बताएका छन। शनिबार पुर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको छलफलमा वाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाएका हुन।लामो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानको रक्षार्थ पाँच दलीय गठबन्धनले खेलेको भुमिका मत्त्वपूर्ण रहेको भन्दै यस्तो प्रतिबद्धता जनाएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध सभा सदस्य उम्मेदवार महेश्वर गहतराज (अथक) ले अहिलेको व्यवस्था ल्याउनमा जनमुक्ती सेनले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ।
झुटको राजनीति गर्नेका दिन सकिए : रामकुमारी झाँक्री
नेकपा (एकीकृत समाजवादी)की सचिव तथा गुल्मी–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रामकुमारी झाँक्रीले गुल्मीको पोटफोलियो बदल्ने बताउनुभएको छ। उहाँले चुनाव जितेपछि गुल्मीका अवसर, चुनौतीको पहिचान गरेर इमानका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
निर्वाचनपछि पनि गठबन्धन सरकार : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि पनि सङ्घ र सातै प्रदेशमा पाँचदलीय गठबन्धनले सरकार बनाउने बुताउनुभएको छ ।
निर्वाचनमा तीन दिन सीमा बन्द हुने
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको समयमा मङ्सिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म नेपाल–भारत बीचको सीमा नाका बन्द गरिने भएको छ ।
दुई करोड बजेटमा निर्माण गरिएको कभर्ड हल अलपत्र
सैनामैना नगरपालिका –६, मा बन्दैगरेको दुई करोड रुपियाँ लगानीको कभर्ड हल अलपत्र परेको छ । खेलकुदको विकास गर्न युवाहरुलाई लक्षित गरी तयार गर्न लागिएको कभर्डहल बजेट अभावमा बीचैमा अलपत्र परेको हो ।