• ११ मंसिर २०८१, मङ्गलबार

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पुर्व जनमुक्ति सेना प्रतिबद्ध

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध सभा सदस्य उम्मेदवार महेश्वर गहतराज (अथक) ।

कात्तिक १९, कोहलपुर। पुर्व जनमुक्ती सेनाका प्रतिनिधिले पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने बताएका छन। शनिबार पुर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको छलफलमा वाम–लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाएका हुन।

लामो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानको रक्षार्थ पाँच दलीय गठबन्धनले खेलेको भुमिका मत्त्वपूर्ण रहेको भन्दै यस्तो प्रतिबद्धता जनाएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध सभा सदस्य उम्मेदवार महेश्वर गहतराज (अथक) ले अहिलेको व्यवस्था ल्याउनमा जनमुक्ती सेनले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ।