सीमा क्षेत्रमा डग स्निफिङसहितको सुरक्षा चेकजाँच सुरु
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमा नाका बेलहियामा सुरक्षा चेकजाँचलाई कडा गरिएको छ ।
निर्वाचनका क्रममा कुनै घटना भए तत्काल सेनाको हेलिकोप्टर प्रयोग गर्न सकिने : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनलाई निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताउनुभएको छ ।
पाल्पाली मतदाता भन्छन्, ‘हाम्रालाई होइन राम्रालाई मत दिन्छौँ’
प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब तीन दिन बाँकी छ । दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मतदातालाई फकाउँदै मत मागिरहेका छन् । मतदाता भने परिवर्तनको पक्षमा छन् ।
उम्मेदवार नै नदेख्ने दाङको सानानाका
दाङको राजपुर गाउँपालिका वडा नं ७ को खिड्की नाका निवासी पीताम्बर रानाले अहिलेसम्म उम्मेदवार देख्न पाउनु भएको छैन । जताततै निर्वाचनको माहौल बनिरहँदा दाङका साना नाका रहेका गाउँमा उम्मेदवार मत माग्न पुगेका छैनन् । त्यहाँका मतदाताहरूले उम्मेदवारको अनुहारै नदेखी मतदान गर्नुपरेको गुनासो गर्छन् । पितम्बर राना भन्नुहुन्छ,‘यहाँ कहिल्यै उम्मेदवार आउँदैनन्, निर्वाचनमा उम्मेदवार कोको हुन भनेर नचिनेरै मतदान गर्नुपरेको छ ।
स्वतन्त्र र साना दल नै ठूलालाई चुनौती
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र र साना दल, ठूला दलका लागि चुनौती बनिरहेका छन्। दाङ क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नागरिक पार्टीको सशक्त उपस्थितिले ठूला दललाई चुनौती थपिँदै गएको छ। दाङको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको सशक्त उपस्थिति हुँदा क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीको प्रचारप्रसार झनै पृथक् र आकर्षक बन्दै गइरहेको छ। नागरिक उन्मुक्ति पार्टीले दाङ क्षेत्र नं. १ को लमहीमा ¥यालीमार्फत शक्ति प्रदर्शन गरेको छ।
चलन बदल्दै छ करुणाको आँटले
तीन वर्षपहिले त्यो हिम्मत नगरेको भए आज करुणा नेपाली कापी र कलमसँग होइन, छोराछोरीको स्याहारसुसारमै दिन बिताउन बाध्य हुनुहुने थियो। २०७६ साल मङ्सिर ६ गते करुणाको बिहे जुरेको थियो। उमेरले १३ वर्ष पुगेकी र कक्षा ७ पढ्दै गरेकी करुणाको परिवार र दुलाहा पक्षको परिवारले विवाहको लगन जुराइसकेका थिए।
विकासले नछोएको 'कालमुढा'
गुल्मीको इस्मा गाउँपालिका–४ मा अवस्थित कालमुढा भूगोलले विकट गाउँ हो । अग्लो डाँडाको काखमा लहरै ३० घरपरिवार भन्दा बढी जनजाति समुदायको बस्ती छ ।
नेपालगञ्ज एकीकृत जाँच चौकी असारसम्ममा सम्पन्न हुने
नेपालगञ्जस्थित नेपाल–भारत सिमानामा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को निर्माण ७० प्रतिशत पूरा भएको छ। कोभिड–१९ र वर्षालगायतका कारण ढिलाइ भए पनि आगामी सात महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीले जनाएको हो। यो जाँच चौकी भारतीय सिमानासँग जोडिएको नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा निर्माण भइरहेको छ।
बम बनाउने क्रममा विष्फोट हुँदा विप्लव नेकपाका दुई कार्यकर्ता घाइते
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर विक्रम मल्लको घरमा बम बनाउने क्रममा प्रेसर कुकर बम विस्फोट भएको छ । बुधबार राती करिब साढे आठ बजेतिर मल्लको घरमा विद्यार्थीले भाडामा लिएको कोठामा बम विस्फोट भएको थियो । नेत्र बिक्रम चन्द नेतृत्वको विप्लव समुहका कार्यकर्ताले बम बनाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पर्वतमा जिप दुर्घटनामा चालकको मृत्यु, ११ घाइते
पर्वतको जलजला गाउँपालिका-३ माइनडाँडामा बुधबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आयोगको टोली अनुगमन गर्न कपिलवस्तुमा
संवैधानिक आयोगको टोली चुनावको अनुगमन गर्न कपिलवस्तु आइपुगेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा टोली बुधबार कपिलवस्तु पुगेको हो ।
मुर्गियामा नमुना मतदान
रुपन्देहीको सैनामैना नगरपालिका मुर्गिया र कञ्चन गाउँपालिकाको प्रगति माध्यमिक विद्यालयमा आज नमुना मतदान सम्पन्न भएको छ ।
भैरहवालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउँछु : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले भैरहवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान दिनसक्ने सहरको रुपमा स्थापित गर्ने बताउनुभएको छ । त्यसका लागि आफू ३० वर्षदेखि काम गर्दैआएको उहाँको भनाइ छ ।
कर्मचारीलाई मतदान केन्द्रमा पुग्ने चटारो
दिवाकर पोख्रेलदेउखुरी, कार्तिक ३० गते। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनका लागि कर्मचारी खटनपटनको चटारोमा छन्। निर्वाचन अधिकृतको कार्यालयबाट मतदानस्थल टाढा रहेका क्षेत्रमा मङ्गलबारबाटै निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रतर्फ लागेका छन्।दाङको विकट क्षेत्रमा रहेका मतदानस्थलमा पनि कर्मचारी खटनपटनको काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।विशेष गरेर दाङको पहाडी क्षेत्र बंगालाचुली क्षेत्र, बबई गाउँपालिका विकट क्षेत्र मानिन्छ।उक्त क्षेत्रमा रहेका मतदानस्थलमा जाने कर्मचारी नियुक्तिपत्र बुझ्नका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा भीडभाड भएको हो।यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर १ मा खट्ने कर्मचारी पनि निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएका छन्।दाङ जिल्लाभर एक सय ५३ मतदानस्थलमा दुई वटा अस्थायी मतदान केन्द्रसहित जम्मा चार सय ६५ मतदान केन्द्र छन्।जिल्लाभर तीन हजार सात सय ३० कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिनुभयो।दाङको क्षेत्र नम्बर १ मा सुरक्षाकर्मी र स्वयंसेवक कर्मचारीबाहेक एक हजार दुई सय सोह्र कर्मचारी निर्वाचनका लागि खट्नेछन्।दाङको क्षेत्र नम्बर १ मा ५१ मतदानस्थलका एक सय ५२ मतदान केन्द्रमा खट्ने सबै कर्मचारीलाई निर्वाचन सामग्री दिएर काममा पठाइएको हो।
तोरी फुलेपछि सुनौलो पहेँलपुर (फाेटाे फिचर)
पाल्पाको ग्रामीण बस्ती पँहेलपुर वास्तविक रूपमा पहेँलपुर बनेको छ । यतिबेला तोरी पहेँलो फुलेर सो बस्ती अहिले सुन्दर देखिएको छ ।
अति संवेदनशील मतदान स्थलमा विशेष सुरक्षा
मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि बाँकेका मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई मतदान केन्द्र व्यवस्थापन तालिम प्रदान गरिएको छ। संवेदनशील र अति संवेदनशील मतदान केन्द्रको व्यवस्थापनलाई तालिममा विशेष प्राथमिकता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो।
सिक्टा र भेरी–बबई डाइभर्सन पूरा गर्ने सङ्कल्प
नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नं. ३ का सत्ता साझेदार दलका उम्मेदवार किशोरसिंह राठौर जानकी गाउँपालिकामा चुनावी प्रचारप्रसारका लागि पुग्नुभयो । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेको यस गाउँपालिकामा नेता राठौरले जनताका गुनासा सुन्नुभयो र गठबन्धनका लागि जनतासँग भोट माग्नुभयो । जनगुनासो सुनिसकेपछि उहाँले भन्नुभयो, “बाँके र बर्दियाका ग्रामीण क्षेत्रमा मुख्य समस्या सिँचाइसँगै तटबन्धको छ, यहाँबाट निर्वाचित भएपछि म यिनै कामबाट आफ्नो कार्यकाल सुरु गर्छु ।”
आलु खेतीमा आकर्षण बढ्दो
गुल्मीका ग्रामीण क्षेत्रमा महिला आलु खेती गर्न निकै व्यस्त छन्। जिल्लाको मुसीकोट नगरपालिकाका महिला समूहमा आबद्ध भएर आलु खेती गर्न निकै व्यस्त भएका हुन्। मुसीकोट नगरपालिका–७, वामीटक्सारमा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाले सामूहिक आलु खेती गर्ने महिलालाई प्रोत्साहन गर्दै आएको हो। उक्त सहकारी संस्थामार्फत वडा नं. ८ मा गठित अमृतपुर आलु तथा अलैँची उत्पादक कृषक समूहले पनि कृषकहरूलाई समूहमा काम गर्न प्रोत्साहन गरेको छ।
तार व्यवस्थापन गर्न बुटवलमा कार्यदल
अव्यवस्थित तारका कारण सहर कुरूप बन्दै गएपछि रुपन्देहीको मुख्य सहरी क्षेत्रमा रहेका ती तार व्यवस्थापन गरिने भएको छ।
निर्वाचन : चर्चामा रुपन्देही–२
राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्तिहरु मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेकाले रुपन्देहीको निर्वाचन यतिबेला चर्चामा छ ।
गुल्मीमा ७४ वर्षीया वृद्धाको शङ्कास्पद मृत्यु
ल्मीमा ७४ वर्षीया वृद्धाको आफ्नै घरभित्र शङ्कास्पद मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ५ की ७४ वर्षीया जीवकला थापाको घरको ढोकामा ताल्चा लगाएको र घरभित्र थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
चुनावी एजेन्डामा ‘चार लेन’ सडक
घोराही–तुलसीपुर ‘फोरलेन’ सडक दाङ जिल्लाको विकास तथा समृद्धिका लागि महत्वपूर्ण विकास योजना हो। सडक तथा पूर्वाधार विकास योजनाअन्तर्गत सडक विस्तारले विकास निर्माणमा महìवपूर्ण सहयोग पुग्ने अपेक्षा जिल्लावासीको छ। त्यही अपेक्षाअनुसार जिल्लामा हुने विकाससम्बन्धी कार्यक्रम तथा निर्वाचनका बेला घोराही–तुलसीपुर तथा घोराही–लमही ‘चार लेन’ सडक विस्तारको कुरा जोडतोडले उठ्ने गरेको छ।
पाण्डेय र गैरेबीच रोचक प्रतिस्पर्धा
पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेय र ठाकुर गैरेबीच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ। डेढ वर्षअघिसम्म एउटै पार्टी नेकपा (एमाले)मा रहेका पाण्डेय र गैरेबीच यस पटक रोचक प्रतिस्पर्धा हुने भएको छ। प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार गैरे विपक्षी गठबन्धनमा आबद्ध नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको छ भने पाण्डेय सत्ता गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार हुनुहुन्छ। गैरेलाई आफ्नै एमाले पार्टीको मजबुत सङ्गठनको दरिलो साथ रहेको छ। पाण्डेयलाई पनि गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतको दरिलो साथ छ। यसले पाल्पा क्षेत्र नं. २ को प्रतिस्पर्धा रोचक बनाएको छ।
भन्सारको सर्भर डाउन हुँदा व्यवसायी मारमा
नेपालगञ्ज भन्सार कार्यालयमा दुई दिनदेखि भन्सारको काम हुन नसक्दा भारतबाट आएका सयौं मालबाहक गाडी भन्सार कार्यालय यार्डमा थन्किएका छन् ।