पाल्पामा ३ बजेदेखि मत गणना सुरु हुने
पाल्पाको मतगणना दिउँसो ३ बजेदेखि सुरु गरिने भएको छ । राजनैतिक दल तथा उम्मेदवारसँगको सर्वपक्षीय बैठकले ३ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको हो ।
गुल्मी –२ मा ४ बजेदेखि मतगणना सुरु हुने
आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना गुल्मी क्षेत्र नं २ मा दिउँसो ४ बजेदेखि गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलको संयोजकत्वमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस क्षेत्रको मतगणना दिउँसो ४ बजेदेखि गरिने निर्णय गरेको हो ।
प्युठानमा मतपेटिकाको सिल तोडिएपछि गणनामा हुन सकेन
प्युठान नौबहिनी बराह माध्यमिक विद्यालय मतदान केन्द्र झिम्पको मतपेटिकाको सिल ताडिएको भेटिएपछि मतगणना रोकिएको छ । उम्मेदवारहरूले विरोध जनाएपछि सर्वदलीय बैठक बस्न नसकेपछि गणना सुरु हुन नकसेको हो ।
बाँके ३ मा एमाले अगाडि
बाँकेमा बिहानैदेखि मतगणना सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले)को अग्रता छ । बाँके क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्यका लागि एक हजार २४८ मत गणना हुँदा एमालेका किस्मत कक्षपतिले छ सय र कांग्रेसका किशोरसिंह राठोरले चार सय मत प्राप्त गर्नुभएको छ ।
बाँके ३ मा मतगणना सुरु, अन्य क्षेत्रमा तयारी
बाँकेको क्षेत्र नम्बर ३ मा मतगणना कार्य सोमवार बिहान सुरु भएको छ भने जिल्लाका अन्य दुई क्षेत्रमा सर्वदलीय बैठक बसिरहेको छ ।
गुल्मीमा मङ्गलबार पुनः मतदान
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मीमा स्थगित भएको मतदान केन्द्रमा मङ्गलबार पुनः मतदान हुने भएको छ ।
मतदान उत्साहजनक
आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता भएको छ। आगामी पाँच वर्षका लागि प्रतिनिधि चयन गर्ने निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको हो। निर्वाचनमा महिला, युवा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका मतदाताको उल्लेख्य सहभागिता थियो। यस जिल्लाको दुई स्थानमा बाहेक अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचनमा ६० प्रतिशत बढी मतदाताले सहभागिता जनाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ। तानसेनको जनप्रिय र दमकडाको मतदान स्थलमा केही समय स्थगित भएको मतदान पुनः सञ्चालन गर्नु परेको थियो।
बर्सेनि घट्दै छ तोरी खेती
तोरी बालीका लागि प्रख्यात दाङमा पछिल्लो समय उत्पादन घट्दो क्रममा छ । किसानले खेतबारीमा प्रशस्त तोरी खेती गर्ने गरे पनि पछिल्लो समय त्यो क्रम घट्दै गएको हो। कुनै समय दाङको तोरी अन्य जिल्लाहरूमा बिक्री हुने गथ्र्यो तर पछिल्लो समयमा दाङ तोरी उत्पादनमा परनिर्भर हुन थालेको छ। स्थानीयले तोरीको तेलको साटो सूर्यमुखी र भटमासको तेल प्रयोग गर्न थालेको स्थानीय गीता विष्ट बताउनुहुन्छ। केही वर्षअघिसम्म तोरीकै तेलले वर्षभर खान पुग्ने भए पनि पछिल्लो समय घरको उत्पादनले पनि नपुगेपछि बजारबाट खरिद गर्न थालेको उहाँ बताउनुहुन्छ। “घरमा आफैँ खेती गर्दा वर्षभरि खाने तेल उत्पादन हुन्थ्यो तर
कपिलवस्तु कारागार केन्द्रमा शत प्रतिशत मत खस्यो
जिल्लाको कपिलवस्तु कारागारका कैदी बन्दीले मतदान गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत भइरहेको निर्वाचनमा कारागारका कैदीबन्दीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गरेका हुन्।
मादक पदार्थ सेवन गरेको मतदान अधिकृत निलम्बित
पश्चिम नवलपरासीको नगरपालिकाको मझौनीस्थित दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रका निर्वाचन अधिकृत मादक पदार्थ सेवन गरी कार्यस्थलमा फेला परेपछि निर्वाचन अधिकृत श्याममणीप्रसाद मण्डल मतदान अधिकृतबाट निलम्बनमा पर्नुभएको छ ।
एमाले महासचिव पोखरेलद्वारा मतदान
नेकपा एमालेका महसचिव एवंम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलले मतदान गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका – १९ जनता विद्यापीठ बिजौरीमा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।
गठबन्धनका साझा उम्मेदवार शर्माले गर्नुभयो मतदान
लीलाधर ओलीघोराही, मंङसिर ४ गते । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री रेखा शर्माले मतदान गर्नुभएको छ । शर्माले दाङको घोराही उपमहानगरपालिका १८ रझेना मतदान केन्द्रबाट मतदानमा गर्नुभएको हो । यस्तै, उम्मेदवार शर्मा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।
युवा तथा खेलकुद मन्त्री अथकद्वारा मतदान
सिराज खान नेपालगञ्ज, मङ्सिर ४ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको कोहलपुरमा मतदान गर्नुभएको छ । उहाँले बाँके क्षेत्र नं १ कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गर्नुभएको हो ।मन्त्री अथकसँगै लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य पार्वती पुन उषा र आइपी खरेलले पनि मतदान गर्नुभएको छ । मन्त्री अथक बाँके क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेदवार पनि हुनुहुन्छ ।
लुम्बिनीमा पर्यटक वृद्धि
गत वर्ष कोभिड–१९ कारण सुनसान रहेको लुम्बिनीमा यो वर्ष सिजन सुरु भएसँगै पर्यटकको आवागमन बढ्न थालेको छ। अक्टोबर महिना सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आगमनले लुम्बिनी क्षेत्रको चहलपहल बढेको छ। गत वर्षको अक्टोबरको तुलनामा यो वर्षको सोही महिनासम्म पर्यटकको उल्लेख्य वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिनुभयो।
रुपन्देहीमा तयार भए दुई सय ८ मतदानस्थल (फोटो फिचर)
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रूपन्देहीमा मतदानको तयारी पूरा भएको छ ।
मर्यादा विपरीत कार्य गर्ने मतदान अधिकृत पदमुक्त
कपिलवस्तुमा पदीय मर्यादा विपरीत कार्य गर्ने एक मतदान अधिकृत पदमुक्त भएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो।
मत हाल्न फर्किनेको सीमा नाकामा घुइँचो
आइतबार हुन गइरहेको आम निर्वाचनका लागि बिहीबार रातिदेखि यहाँस्थित नेपाल–भारत जमुनाहा नाकालाई बन्द गरिए पनि मतदानका लागि भारतबाट नेपाल फर्कनेहरूको सीमा नाकामा अझै भीड छ ।
दाङमा धमाधम मतदानका लागि बुथ निर्माण हुँदै
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका १५३ मतदानस्थलमा रहेका ४६५ वटा मतदान केन्द्रमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीले बुथ निर्माण गरिरहेका छन् ।
सवारी दुर्घटनामा पत्रकार एनबी कँडेलको निधन
पत्रकार एनबी कँडेल (नरबहादुर कँडेल) को सवारी दुर्घटनामा परी निधन भएको छ ।
नेपाल भारत सीमा क्षेत्रमा संयुक्त गस्ती (फोटो फिचर)
मङ्सिर ४ गते भोलि हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सुरक्षाका लागि बाँकेस्थित नेपाल–भारत सिमानाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् ।
गुगल म्यापबाट निगरानी
यही मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन कपिलवस्तुका सबै मतदान केन्द्रलाई गुगल म्यापबाट निरीक्षण गरिने भएको छ । जिल्लाको २३५ वटै मतदान केन्द्रलाई गुगल म्यापमा राखिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनलक्षित विशेष सुरक्षा योजना बनाउँदै २३५ वटा मतदान स्थल र ४७३ वटै केन्द्रलाई गुगल म्यापमा राखेको हो । नेपाली सेनाका प्राविधिकको सहयोगमा जिल्लामै पहिलो पटक कायम गरिएका मतदान स्थललाई गुगल म्यापमा राखिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।
घरमा आगलागी हुँदा २५ लाख बराबरको क्षति
रुकुम–पश्चिमको त्रिवेणी गाउँपालिका –८ को एक घरमा आगलागी भएको छ । स्थानीय पहलसिंह खड्काको घरमा आगलागी हुँदा करिब २५ लाख रुपियाँ बरावरको क्षति भएको बताइएको छ ।
फूलको लगानी उठाउन टिकटकको सहारा
दाङमा उत्पादन भएको सयपत्री फूल बिक्री नहुँदा व्यवसायीहरुले आम्दानीका लागि वैकल्पिक उपाय अपनाएका छन् ।
सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ।