बाँके २ को (क) र (ख) मा जसपा विजयी
बाँके क्षेत्र नम्बर २ को प्रदेश सभा (क) र (ख) दुवै क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भण्डारीलाल यादव र आदेश अग्रवाल विजयी हुनुभएको छ ।
अर्घाखाँचीमा सबै क्षेत्रमा एमाले अगाडि
अर्घाखाँचीमा तीन क्षेत्रमै एमालेका उम्मेदवारको अग्रता रहेको छ । अर्घाखाँचीमा १ सङ्घ र २ प्रदेशसभाको सिट रहेका छन् ।
गुल्मी क्षेत्र नम्बर २ मा एमालेकाे अग्रता कायमै
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले दुई हजारभन्दा बढी मत अन्तरले अग्रता कायमै राख्नुभएको छ ।
गुल्मी-१ मा ११ बजेबाट मतगणना सुरु हुने
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना गुल्मी क्षेत्र नम्बर १ मा आजदेखि सुरु हुने भएको छ ।
गुल्मीमा जीप दुर्घटना : पाँच जनाको मृत्यु
जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर तीन ठूलोलुम्पेकदेखी कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटना हुँदा ५१ वर्षीय झलक सोमै, ५५ का टीका राहादी, ४७ का रनबहादुर सिजापति, २५ वर्षीय मिलन तरामु र ४३ की जमुना सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्युठानको ३ वटै क्षेत्रमा एमाले अगाडि
प्युठानका ३ वटै क्षेत्रमा अहिलेसम्म एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । प्रतिनिधि सभा तर्फ हालसम्म गौमुखी, ऐरावती, सरुमारानी, नौबहिनिको मत गणना सकिएको छ । झिमरुक १ नम्बर वडाको मत गन्ने क्रम जारी छ ।
दाङमा गठबन्धनको अग्रता कायमै
दाङमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा बुधवार बिहान ६ बजेसम्मको मत परिणाम अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिइरहनुभएको छ भने नेकपा एमालेका उम्मेदवारहरूले उहाँहरूलाई पछ्याइरहनुभएको छ ।
रिक्साले बनायो रोजगार
बाँकेको ग्रामीण क्षेत्रका अधिकांश बेरोजगार युवाका लागि अटो रिक्सा रोजगारीको प्रमुख माध्यम बन्दै गएको छ । जिल्लामा अटो रिक्सा र ब्याट्री रिक्सा भित्रिएपछि धेरै बेरोजगार युवाले त्यस्ता सवारीसाधनलाई रोजगारीको माध्यम बनाएका हुन् ।
किसानको ध्यान किवीमा
पाल्पाका किसान परम्परागत खेती छाडेर किवी खेतीमा आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा किवी खेतीबाट राम्रो फाइदा लिन सकिने भएकाले यहाँका किसान किवी खेतीमा आकर्षित भएका हुन् । किवी खेतीबाट राम्रो फाइदा भएपछि यहाँका किसान कोदो, मकै, गहुँ तथा तोरी खेती छाडेर किवी खेतीमा लागेका हुन् । “परम्परादेखि मकै, कोदो, गहुँ तथा तोरी लगाउने बारीमा अहिले किवीका बोट लगाएका छौँ,” पूर्वखोला–२, जल्पाका किसान मीनादेवी मगरले भन्नुभयो, “मकै र तोरीबाट भन्दा किवीबाट १० गुणा फाइदा हुने रहेछ ।”
मनाङमा समानुपातिकतर्फ सङ्घमा कांग्रेस र प्रदेशमा एमाले पहिलो
हिमाली जिल्ला मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणाममा संघतर्फ नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ।
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ।
गृहमन्त्री खाणको पुनः अग्रता
श्यामशङ्कर पाण्डे लुम्बिनी, मङ्सिर ६ गते । रुपन्देही क्षेत्र नं ३ मा राप्रपा नेता दीपक बोहोरालाई पछि पार्दै कांग्रेस नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले अग्रता लिनुभएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६ हजार २ सय ३५ मत गणना हुँदा मन्त्री खाणले ६ हजार १ सय १० र बोहोरले ५ हजार ९ सय ५७ मत ल्याउनुभएको छ । खाण अहिले १ सय ५३ मतले अगाडि हुनुहुन्छ । यहाँ ९३ हजार ५ सय ६७ मत खसेको थियो ।
गुल्मी २ मा एमालेका गाेकर्ण विष्टकाे अग्रता कायम
गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायम गर्नुभएको छ । ११ हजार ८२२ मत सहित विष्टले अग्रता बनाउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीले ९ हजार ६९८ मत प्राप्त गर्नुभएको छ ।
रुपन्देही ५ मा एमालेका घिमिरेकाे दुई हजारले अग्रता
रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. ५ मा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले अग्रता लिनुभएको छ । वासुदेव घिमिरेले १० हजार दुई सय ५५ मत प्राप्त गर्नुभएको छ ।
प्युठान क्षेत्र नं १ मा एमालेका थापाको अग्रता
प्युठान निार्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदका एमालेका उम्मेदवार सूर्यबहादुर थापाले अग्रता लिनुभएको छ ।
पाल्पाको प्रदेश सभामा कांग्रेस र एमाले अगाडि
पाल्पाका चार प्रदेश सभामध्ये दुई वटा प्रदेश सभातर्फको मतगणना भइरहेको छ । त्यसमध्ये प्रदेशसभा १(१)मा एमालेका राजुप्रसाद श्रेष्ठको अग्रता कायम गरिएको छ ।
रुकुमपूर्वमा माओवादीका पूर्णबहादुर घर्तीमगरकाे अग्रता
रुकुमपूर्व एक मात्र रहेको प्रतिनिधि सभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर र प्रदेश निर्वाचन क्षेत्र (क)मा स्वतन्त्र उम्मेदवार बिजुली बल्ब चुनाव चिन्हका सुरुल पुनमगर (अजयशक्ति)ले अग्रता कायम गरिराख्नुभएको छ ।
दाङमा सङ्घ र प्रदेशमा गठबन्धनकै अग्रता
दाङ जिल्लाको तीन वटै सङ्घीय क्षेत्रमा गठबन्धन दलका उम्मेदवारहरूको अग्रता रहेको छ । क्षेत्र नम्बर ३ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले अग्रता कायम गर्नुभएको छ ।
पाल्पाको दुई क्षेत्रमा एमालेकाे अग्रता
पाल्पाको प्रतिनिधि सभातर्फको दुई क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिनुभएको छ । पाल्पा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार नारायण आचार्यले अग्रता लिनुभएको हो ।
रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे अगाडि
रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) उम्मेदवार उम्मेदवार वासुदेव घिमिरेले अग्रता लिनुभएको छ । वासुदेव घिमिरेले ६ हजार ३७० मत प्राप्त गर्नुभएको छ ।
बाँकेमा कांग्रेसको अग्रता, अथक र राई पछाडि
बाँकेको तीन वटै निर्वाचन क्षेत्रमा जारी रहेको मतगणनामा नेपाली कांग्रेसका सह महामन्त्री किशोरसिंह राठौले अग्रता लिनुभएको छ ।
बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता
बाँकेको तीन वटै निर्वाचन क्षेत्रमा जारी रहेको मतगणनामा नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले अग्रता लिएका छन् भने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक र पुर्वमन्त्री इश्तियाक राई पछाडि छन् ।
रुपन्देही क्षेत्र नं १ र ५ मा एमाले २ मा स्वतन्त्र, ३ मा कांग्रेस र ४ मा लोसपाको अग्रता
पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ र ५ मा एमाले, २ मा स्वतन्त्र, ३ मा कांग्रेस, र ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका हुन् ।
अर्घाखाँचीमा टोपबहादुर २१ सय मतले अगाडि
प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले दुई हजार १८७ मतले अगाडि रहनु भएको छ । १५ हजार २४६ मत गणना गर्दा आठ हजार १८२ सहित अग्रस्थानमा हुन्छ भने नेपाली कांग्रेस उम्मेदवार पुष्पा भुसालले पाँच हजार ९९५ मतले पछ्याउँदै रहनु भएको छ ।