• १५ असार २०८१, शनिबार

गुल्मीमा जीप दुर्घटना : पाँच जनाको मृत्यु

blog

तिलाचन पाण्डे

तम्घास, मङ्सिर ७ गते । गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर तीन ठूलोलुम्पेकदेखी कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटना हुँदा ५१ वर्षीय झलक सोमै, ५५ का टीका राहादी, ४७ का रनबहादुर सिजापति, २५ वर्षीय मिलन तरामु र ४३ की जमुना सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यसका साथै दुर्घटनामा ३३ का कार्बोलिन सोमै, ३२ वर्षीय चेतमा सिंजाली ४९ का गीरबहादुर सोमै र खण्डन सोमै घाइते भएका छन् । 

घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।