बाँकेमा नौ जनालाई स्पष्टीकरण
बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ ।
चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो बनाइँदै
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरमा चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो निजी क्षेत्रबाट बनाउन थालिएको छ । सो दर्शन टुप्पोको अन्तिम तलाबाट चिया कफी पिउँदै दाङ उपत्यकाको अवलोकन गर्न सकिने बताइएको छ । पाँचौं तलामा १२६ जना सीट क्षमता भएको दुई वटा सिनेमा हल बनाइनेछ ।
मतदाता भन्छन् : खानेपानी, बिजुली, स्वास्थ्योपचारमा सहुलियत
रामपुर नगरपालिका–४ देविस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बन्नुभएको छ ।
उम्मेदवार नदेखेको गाउँ महजिदिया
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै गाउँबस्तीमा चुनावी सरगर्मी बढेको छ तर, तीनतिर बबई नदी र एकतर्फ भारतको सीमासँग जोडिएको महजिदिया गाउँलाई भने यसको रौनकले अझै छुन सकेको छैन। गुलरिया नगरपालिका–१० मा पर्ने महजिदिया गाउँका अधिकांश स्थानीयलाई निर्वाचनको मिति र उम्मेदवारको बारेमा न जानकारी छ, न कुनै चासो नै। न्यूनतम विकासका पूर्वाधारसमेत नपुगेको महजिदिया गाउँमा मल्लाह र हरिजन समुदायका ५० घर छन्।
सडक र विद्युत् पुगेपछि फेरियो चुनावी मुद्दा
बाँकेको नरैनापुर क्षेत्रमा गत तीन दशकभन्दा बढी समयदेखि हरेकजसो निर्वाचनमा उठाइँदै आएका चुनावी मुद्दाहरू यस पटक भने फेरिएका छन्। नरैनापुरवासीका घर–घरमा सडक र विद्युत् पु-याउने विषय हरेक निर्वाचनमा सबै राजनीतिक दलको मुख्य मुद्दा बन्ने गरेका थिए तर, पाँच वर्ष अवधिमा नरैनापुरको भारतीय सिमानासम्म नै कालोपत्रे सडक र विद्युत् पुगेपछि यस पटकको निर्वाचनमा उक्त मुद्दा उठाइएको छैन।
मल र बीउ उपलब्ध गराउनेलाई मत : मर्चवारवासी
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् ।
कपिलवस्तु–१ मा बलदेव र बलरामबीच रस्साकस्सी
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ चुनावी माहोलले तातेको छ। उम्मेदवारहरू नयाँ एजेन्डासहित मतदाता रिझाउन घरदैलो कार्यक्रममा व्यस्त छन। यस पटक कपिलवस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणि खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव तथा पूर्वमन्त्री खनाल र नेकपा (एमाले) नेता अधिकारीबीचको रस्साकस्सीले कपिलवस्तुको चुनावी माहोललाई थप रोचक बनाएको हो। मङसिर ४ गते हुने निर्वाचनमा आमन–सामने भिडन्तका लागि तत्पर रहेका खनाल र अधिकारी अघिल्लो निर्वाचनमा साझेदार सहकर्मीका रूपमा हुनुहुन्थ्यो।
मतदान अधिकृतहरुलाई प्रशिक्षण
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक अधिकृतलाई पाल्पामा अभिमुखीकरण तालिम दिइएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
मतदाताको गुनासो- ‘भत्किएको बाटोले बारम्बार साइकल पञ्चर हुन्छ’
सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल यतिबेला मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ। नेता भुसालले मतदाताको घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डा र चुनाव चिह्न त्रिभुजको विषयमा जानकारी गराइरहनुभएको छ।
गुल्मीमा नमूना मतदान
गुल्मी जिल्लामा निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई नमूना मतदान गराइएको छ।
राजधानी पटक–पटक तोकिँदैन – नेता पोखरेल
नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ का उम्मेदवार शङ्कर पोखरेलले प्रदेशको राजधानी पटक–पटक तोक्न नमिल्ने बताउनुभएको छ । लुम्बिनी प्रदेशका मन्त्रालयहरु स्थायी राजधानीमा आउन नसकिरहेको अवस्थामा उम्मेदवार पोखरेलले यस्तो बताउनुभएको हो ।
सिँचाइलाई मुख्य योजना बनाउँदै कपिलवस्तुका उम्मेदवार
कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारहरूले सिँचाइको समस्या समाधान गर्ने मुख्य सङ्कल्प रहेको बताएका छन् । मत माग्न घरदैलो गर्ने क्रममा आफ्नो पहिलो प्राथमिकता सिँचाइको समस्या समाधान गर्ने रहेको बताउने गरेका छन् ।
बाँके– ३ मा राठौर र कक्षपतिबीच कडा प्रतिस्पर्धा
बाँके क्षेत्र नम्बर ३ मा बाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका सह महामन्त्री किशोरसिंह राठौर र एमालेका जिल्ला अध्यक्ष किस्मत कक्षपतिविच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
सर्प संरक्षण र उद्धार गर्दै भण्डारी
घरआँगन तथा खेतबारीमा सर्प देख्नासाथ सुनवल नगरपालिकाका शङ्कर भण्डारीलाई फोन सम्पर्क गर्नु अनिवार्य नै भइसकेको छ। स्थानीयवासी पनि सर्पलाई मार्ने होइन, भण्डारीलाई फोन गरी नियन्त्रणमा लिनका लागि आग्रह गर्ने गर्छन्। घरआँगन तथा खेतबारीमा भेटिएको वा मान्छेलाई टोकेमा धेरैजसोले सर्पलाई मार्ने गर्छन् तर भण्डारी भने सर्पलाई मार्ने होइन नियन्त्रणमा लिएर संरक्षण गर्नुपर्ने अभियान सञ्चालन गर्दै आउनुभएको छ। सानै उमेरदेखि प्रकृतिसँग रमाउने बानीका कारण भण्डारीले गाउँघर तथा बस्तीहरूमा फेला परेका सर्पलाई नियन्त्रणमा लिई संरक्षण गर्दै आउनुभएको छ। उहाँले सर्प नमार्नसमेत आग्रह गर्नुभएको छ।
ज्योतिनगरको पहिरो उम्मेदवारको चुनावी एजेन्डा
बुटवल ज्योतिनगरको पहिरो प्रत्येक चुनावमा नेताहरूका लागि भोट माग्ने मुख्य एजेन्डा बन्ने गरेको छ। चुनावका बेला नेता तथा उम्मेदवारहरूले बोल्ने शब्द ज्योतिनगरको पहिरो रोकथाम नै हुने गरेको छ। चुनावी कार्यक्रम तथा घरदैलोमा जाँदा उम्मेदवारले बुटवलवासी मतदातासँग गर्ने प्रतिबद्धताको शब्द नै पहिरो रोकथाम हुन्छ। सोही पहिरो मुख्य एजेन्डा बनाएर यसै क्षेत्रबाट नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पटक पटक निर्वाचित हुनुभयो।
सीमा क्षेत्रका मतदाता भन्छन् सुरक्षा र विकास दिनेलाई भोट
नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले सुरक्षा र विकासको ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र भोट दिने बताएका छन्। चुनावी प्रचारप्रसारका लागि सीमा क्षेत्रका बस्ती पुगेका उम्मेदवारसँग सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले सीमा शान्तिसुरक्षा नभएको गुनासो पोख्दै नागरिक सुरक्षा र विकासमा विशेष योजना ल्याउने उम्मेदवारलाई भोट दिने बताउँछन्।
भूकम्पको उच्च जोखिममा पुराना बस्ती
नेपालगञ्जका पुराना सहरी बस्तीहरू भूकम्पको उच्च जोखिममा छन्। पछिल्लो पटक गरिएको एक सर्वेक्षणले नेपालगञ्जका पुराना र घना बस्ती भएको सहरी क्षेत्र अत्यधिक जोखिममा रहेको देखाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले तयार गरेको सर्वेक्षण प्रतिवेदनले उपमहानगरका बढी जनघनत्व भएका र पुराना बस्तीहरू अत्यधिक जोखिममा रहको देखाएको हो।
दाङमा प्रतिस्पर्धा रोचक बन्दै
निर्वाचनको मिति नजिकिँदै गर्दा दाङमा चुनावी माहोल तात्तिँदै गएको छ । उम्मेदवारहरू घरदैलो तथा सभा/सम्मेलनमा व्यस्त छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीनवटा क्षेत्र रहेको दाङमा राष्ट्रिय राजनीतिमा स्थापित नेताहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चुनावी मैदानमा बहालवाला मन्त्री मेटमणि चौधरीदेखि कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र लुम्बिनी प्रदेशका सस्थापक मुख्यमन्त्री शंकर पोखरेल प्रतिस्पर्धामा रहनुभएको छ ।
दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई
दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो । क्षेत्र नं १ मा एक सय ५२, क्षेत्र नं २ मा एक सय ४६ र क्षेत्र नं ३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताउनुभयो । त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन् ।
नेपाल एयरलाइन्सले उडान सुरु गर्दै
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले उडान गर्ने तयारी गरेको छ । विदेशी वायुसेवा कम्पनीमध्ये हाल कुवेतको जजिरा एयरले मात्र उडान भर्दै आएकामा अब नेपाल एयरलाइन्सले समेत उडान थाल्ने गरी तयारी गरेको हो । विमानस्थलका अनुसार आगामी डिसेम्बर अन्तिम साताबाट उडान भर्ने गरी तयारी अगाडि बढेको छ ।
चुनावी मैदानमा खेलकुदका मुद्दा अघिसार्दै कुमार
रुपन्देहीका अधिकांश उम्मेदवारले अहिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घरदैलो कार्यक्रममा मतदातासँग सडक, खानेपानी, सिँचाई, स्वास्थ्य शिक्षाको विकासका कुरा उठाएका छन् ।
चुनावको समयमा तस्करी बढ्यो
प्रहरी निर्वाचनको सुरक्षामा खटिएको मौका पारेर सीमावर्ती क्षेत्रमा तस्करी मौलाएको छ। किसान भारतीय बजारबाट लुकिछिपी मल ल्याउने ध्यानमा लागेका छन्। जसको फाइदा तस्करले उठाइरहेका छन्।
दल कमजोर हुँदा लोकतन्त्र खतरामा पर्छ : खनाल
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले राजनीतिक दलहरू कमजोर हुँदा लोकतन्त्र खतरामा पर्ने बताउनुभएको छ ।
बर्दियामा पाटे बाघ मृत फेला
बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज (शनिबार) बिहान बाघ मृत फेला परेको हो ।