• १५ असोज २०८१, मङ्गलबार

नेतृत्वले जनतामा भ्रम छर्नु हुन्न : गृहमन्त्री खाण

blog

श्यामशंकर पाण्डे

लुम्बिनी, कात्तिक २० गते । गृहमन्त्री बालकृष्ण खाणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पार्ने कुनै काम नगर्ने र झुट्टा आश्वासन पनि नदिने बताउनुभएको छ । केही राजनीतिक दलका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो भन्दै झुट्टा आश्वासन बाँडेर जनतालाई भ्रममा पार्ने काम गरिरहेको उहाँले बताउनुभयो । 

पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र ३ मा प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य खाणले आइतबार बुटवल उपमहानगरपालिका –१५ मा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । निर्वाचन जित्न जनतालाई भ्रममा पार्ने नेताहरू सफल नहुने र उहाँको भनाइ छ ।

गृहमन्त्री खाणले गौतमबुद्ध विमानस्थल हामीले बनाएको, विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, तिनाउ, दानव नदीमा बनेका पुलहरू हामीले निर्माण गरेको हो भन्नेजस्ता महत्त्वपूर्ण योजना देखाएर जस लिने कोसिस भइरहेको उहाँले बताउनुभयो ।

‘गौतमबुद्ध विमानस्थल बन्नुपर्छ भन्ने आवाज उठाउने कांग्रेस हो, त्यसको माग हामीले गरेका थियौँ । तपाईँहरू भ्रम छर्ने उम्मेदवारलाई प्रश्न गर्नुस्, विमानस्थल शिलान्यास हुँदा ती नेता कहाँ थिए भनेर सोध्नुस्’ नेता खाणले भन्नुभयो । राप्रपा नेता दीपक बोहराप्रति लक्षित गर्दै खाणले भन्नुुभयोे, ‘फोटाहरू र भिडियोहरू हेर्नुस्, ती नेताहरू कतै देखिन्छन् कि ? विमानस्थल हामीले बनाएको भनेर भ्रम छर्दै हिँडेका छन् ।’