• ६ जेठ २०८१, आइतबार

निर्वाचनपछि पनि गठबन्धन सरकार : गृहमन्त्री खाण

blog

श्यामशङ्कर पाण्डे

लुम्बिनी, १९ कात्तिक । गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि पनि सङ्घ र सातै प्रदेशमा पाँचदलीय गठबन्धनले सरकार बनाउने बुताउनुभएको छ ।

रुपन्देही –३, बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका मन्त्री खाणले माओवादीले निर्वाचन परिचालनका लागि आयोजना गरेको कार्यकता भेलामा शनिबार सो कुरा बताउनुभएको हो । सात प्रदेश र सङ्घमा गठबन्धनले बहुमत ल्याउने उहाँको भनाइ छ । 

लामो सङ्घर्षपश्चात् प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँचदलीय गठबन्धनको जित आवश्यक रहेको उहाँले बताउनुभयो । ‘यस निर्वाचनमा मैले चुनाव जित्छु कि हार्छु भन्दा पनि पाँचदलीय गठबन्धनका शीर्ष नेताले जित्नुपर्छ उहाँले भन्नुभयो, “कांग्रेससहितका पाँचदलीय गठबन्धन सत्तामा पुगेर प्रधानमन्त्री, मन्त्री बन्नका लागि मात्र होइन, देशको भविष्य उज्यालो बनाउनका लागि हो ।”

शीर्ष नेताहरू कोही पनि निर्वाचनमा पराजित हुन नहुने उहाँले बताउनुभयो । आवश्यकता परेमा नेताहरूलाई जिताउन आफू आफ्नो चुनावी अभियान बीचमै छाडेर निर्वाचन क्षेत्रमा चुनावी मोर्चा बनाउन जान तयार रहेको खाणले बताउनुभयो ।

कांग्रेस र वामपन्थी शक्ति मिलेर नेपालमा ठूला राजनीतिक परिवर्तन भएको चर्चा गर्दै  २०४६ मा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमन भएको र जनआन्दोलन भाग दुई पनि मिलेरै सफलता प्राप्त भएको उहाँले चर्चा गर्नुभयो ।

‘नेपालको सामाजिक, आर्थिक, शैक्षिक सबै क्षेत्रमा आमूल परिवर्तन गरी नेपाललाई विकसित मुलुकको रूपमा रूपान्तरण गर्नु छ’ उहाँले भन्नुभयो, ‘यसका लागि पाँचदलीय गठबन्धन गर्नुपरेको हो ।’