• ११ मंसिर २०८१, मङ्गलबार

रुपन्देही–३ मा बालकृष्ण खाणलाई जनमुक्तिको पनि समर्थन

blog

गोेरखापत्र अनलाइन 

भैरहवा, कात्तिक १४  गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले पनि समर्थन गरेको छ ।

भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले पार्टी र व्यक्तिगत रुपमा नेपाली काँग्रेस (गठबन्धन) का उम्मेदवारलाई सर्मथन गरेको घोषणा गर्नु भयो । रुपन्देही–३ मा जनमुक्ति पार्टीको करिब तीन हजार मत छ। गठबन्धनको तर्फबाट रुपन्देही–३ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार हुनुहुन्छ । रुपन्देहीमा पाँच दलीय गठबन्धन र जनमुक्ति पार्टीबीच प्रतिनिधि सभा र प्रदेशसभामा तालमेल गरेर अघि बढ्ने सहमति भएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बताउनु भयो । 

उहाँका अनुसार जनमुक्ति पार्टीले रुपन्देहीको निर्वाचन क्षेत्र १, ३, ४, ५ बाट प्रतिनिधिसभा सदस्य र २ (क), २ (ख) र ३ (ख) मा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवारलाई तथा गठबन्धनले रुपन्देही–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका जनमुक्ति पार्टीका उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । जनमुक्तिले समर्थनले जिल्लामा गठबन्धनका उम्मेदवारहरू सहजै विजयी हुने सभापति खाणको दाबी छ । अन्य दलका प्रभावशाली नेताहरू आबद्ध पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम जारी छ ।