दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना
कपिलवस्तु नगरपालिका वडा नं. ८ दोहनीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
वर्षाअघि नै निर्माणको काम सम्पन्न गर्न निर्देशन
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलभित्रका मुख्य योजनाहरूको अनुगमन गर्दै वर्षाअघि नै सबै योजनाको काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
सुकुम्बासीका छोराछोरी पढ्ने नमूना विद्यालय
विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो ।
क्षयरोगका बिरामी : महिलाभन्दा पुरुष बढी
कम्तीमा ६ महिना औषधि खाएमा क्षयरोग पूर्णतया निको हुन्छ । तर बिरामीले एक दुई महिना औषधि खाएर बीचमा खान छाड्दा क्षयरोग दोहोरिने समस्या देखिएको छ ।
ब्याज अनुदानपछि व्यवसायी बन्दै युवा
बजारमा दैनिकरुपमा अण्डाको माग बढ्दो देखेपछि रामपुरका हरि आचार्य पोल्टी फार्ममा आकर्षित हुनुभयो । कृषि, पशुपक्षीपालनसँग जोडिएर गाउँमै केही व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी राख्ने आचार्यको यतिबेला पोल्टी फार्म व्यवसाय लोभलाग्दो बनेको छ ।
तुलसीपुर–नेपालगञ्जमा विद्युतीय गाडी सञ्चालन
दाङको तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा विद्युतीय गाडी सञ्चालनमा आएको छ । जिल्लाको सबैभन्दा ठूलो र पुरानो त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले पहिलो पटक विद्युतीय गाडी पनि सञ्चालनमा ल्याएको हो ।
विपन्नका लागि बनाइएका घर रित्तै
दाङको बङ्गलाचुली गाउँपालिका–८, हाँसीपुरस्थित जङ्गल डाँडामा बनाइएका छवटा घर रित्तै छन् । वडाभित्र घर तथा जग्गा नभएका गरिब तथा विपन्न परिवारका लागि दुईकोठे घरहरू निर्माण गरिएको हो । निर्माण भएको लामो समयसम्म पनि कोही कसैले प्रयोग नगर्दा घरहरू जीर्ण बन्नुका साथै भत्किने अवस्थामा पुगेको वडा नम्बर–८ का वडाध्यक्ष झविन्द्र गाहामगर बताउनुभयो । “यहाँ बनाइएका सबै घर रित्तै छन्,” वडाध्यक्ष गाहामगरले भन्नुभयो, “बस्नका लागि उपयुक्त ठाउँ र घर नभएको भन्दै कोही पनि बस्न मान्नुहुन्न ।” घर निर्माणका क्रममा उपयुक्त ठाउँको छनोट नहुँदा करोडौँ रुपियाँ लगानी खेर जाने भएको छ ।
दिनहुँ घस्रिएर विद्यालय
प्युठान नगरपालिका–५, पूर्णागाउँकी मीना खत्री घस्रिएर नियमित विद्यालय पुग्नुहुन्छ । १४ वर्षीया मीनाको दुवै खुट्टाको नसा खुम्चेकाले उठेर हिँड्न सक्नुहुन्न । उहाँले खुट्टाको पैतालाले टेक्न सक्नुहुन्न, त्यसैले हिँड्नु परेमा घुँडाले टेकेर घिस्रनुपर्छ । उहाँ आफ्नो अशक्त ज्यानको ख्यालै नगरी एक हातले कापीकिताब च्यापेर घस्रिँदै विद्यालय पुग्नुहुन्छ । गाउँकै पूर्णागाउँ प्राथमिक विद्यालयमा कक्षा–५, अध्ययनरत मीनाले भन्नुभयो, “सानोमा दाइले बोकेर स्कुल लैजानुहुन्थ्यो, अहिले आफैँ घस्रिएर आउजाउ गर्छु ।”
लुम्बिनीमा तेक्वान्दोको ग्रेडिङ
नेपाल तेक्वान्दो सङ्घ बाँकेको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो ग्रेडिङ प्रशिक्षक टेस्ट तालिम सम्पन्न भएको छ ।
गुट्खाजन्य पदार्थ बिक्री गरेमा ५० हजारसम्म जरिवाना
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर सरसफाइ र हरियाली बनाउन विभिन्न महत्त्वपूर्ण निर्णय लागु गरेलगत्तै नियम नमान्नेलाई जरिवाना तोकेको छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा नेविसङ्घको प्यानल विजयी
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसङ्घको प्यानल विजयी भएको छ ।
गठबन्धन भत्काउन हामी लाग्दैनौँ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दशदलीय गठबन्धन भत्काउन आफूहरू नलाग्ने बताउनुभएको छ ।
क्रिकेट खेलाडी प्रतिश जिसी प्युठानमा सम्मानित
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई जिल्लामा सम्मान गरिएको छ । झिमरुक गाउँपालिका–३ मा जन्मिएका जिसीलाई झिमरुक गाउँपालिकाले नगद एक लाख रुपियाँसहित सम्मान गरेको हो ।
आँखा उपचारमा भारतीय नागरिकको घुइँचो
मोहम्मद बसिरको घर भारत बलरामपुर जिल्ला रनियापुरमा पर्छ। उहाँ उमेरले ८० वर्ष पुग्नुभयो। बसिरको आँखा बिस्तारै धमिलो हुँदै गयो। स्थानीय चिकित्सकले आँखाको अप्रेसन गर्नुपर्ने सल्लाह दिए। आर्थिक अवस्था कमजोर भएका बसिर उपचार नगरी घरै बस्नुभएको थियो तर कोइलाबासमा निःशुल्क आँखा शिविर चलेको खबर पाएपछि भने उहाँ आँखाको उपचार गर्न नेपाल आउनुभयो।
कांग्रेसको प्रथम प्रदेश सम्मेलन सुरु
नेपाली कांग्रेस पार्टीको लुम्बिनी प्रदेश सभास्तरीय पहिलो सम्मेलन बाँकेको कोहलपुरबाट सुरु भएको छ। कांग्रेस बाँके क्षेत्र १ प्रदेश (ख) कार्यसमितिले सो सम्मेलनको आयोजना गरेको हो। सो अवसरमा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पदका लागि मात्र राजनीति नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले राजनीति पद मात्र नभई समाजसेवा र देशसेवा पनि भएको बताउनुभयो। “जसले समाजसेवाको भावले राजनीति गर्छ, त्यसले एक दिन पद र प्रतिष्ठा पनि अवश्य हासिल गर्छ। पदकै निम्ति राजनीतिमा आउनेहरू सफल हुन नसकेका धेरै उदाहरण छन्,” उहाँले भन्नुभयो।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अखिल विजयी
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा [एमाले] सम्बद्ध संयुक्त प्यानल विजयी भएको छ । बुधवार मतदान सम्पन्न भई बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षमा संयुक्त प्यानलका तर्फबाट अनेरास्ववियुका माधव खत्री विजयी हुनुभएको छ ।
बेवारिसे फेला परेका पुरुषको मृत्यु
बेवारिसे अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । अन्दाजी ५५ वर्षका पुरुषको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
सेवा प्रवाहलाई थप गतिशील बनाउन रुपन्देहीको तिलोत्तमामा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य पुनले रोज्नुभयाे माओवादी केन्द्र
लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोज्नुभएको छ ।
गौरवका योजना अलपत्र
यहाँ निर्माण सुरु भएका करोडौँ रकमका राष्ट्रिय गौरवका योजना अलपत्र परेका छन्। सरकारी लगानी खेर गइरहेको छ। जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका–५ को रुकुमकोटमा पाहुनाघर बन्न लागेको करिब चार वर्ष भयो, अझै सकिएको छैन। सङ्घीय सरकारको दुई करोड ७५ लाख रुपियाँ बजेटबाट विशिष्ट व्यक्तिका लागि १२ कोठाको पाहुनाघर निर्माण गर्न लागिएको हो। पटक–पटक समय थप गरेर तीन वर्षमा भवन उभ्याइए पनि सबै काम सकिएको छैन। हाल अलपत्र अवस्थामा छ।
तानसेनले वितरण गर्यो कुहिएको मकैको बीउ
नगरपालिकाले कुहिएको मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको मकैको बीउ कुहिएको पाइएको हो । नगरपालिकाका विभिन्न वडामा वितरण गरिएको साढे ६ टन मनकामना–३, जातको मकैको बीउ कुहिएको तानसेन–९, का किसान दिनेश पाण्डेयले बताउनुभयो ।
टुँडिखेलको स्तरोन्नति
चार वर्षपछि तानसेनको टुँडिखेल मैदानलाई स्तरोन्नति गर्ने काम सकिएको छ । नगरपालिकाको प्राङ्गणअगाडि बनेको टुँडिखेल मैदानलाई गुरुयोजनाअनुसार स्तरोन्नति गर्ने काम चार वर्षमा सकिएको नगरपालिकाले जनाएको छ। टुँडिखेल सुधार योजनाअन्तर्गत चार वर्षदेखि टुँडिखेल मैदानलाई सम्याउने, खेल्न मिल्ने खालका दुबो लगाउने कार्य भइरहेको थियो। हाल उक्त कार्य सकिएर नगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको निर्माण व्यवसायीले जनाएको छ। भलिबल, फुटबल, क्रिकेट तथा अन्य खेल खेल्न तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न सकिने गरी टुँडिखेल मैदानको निर्माण कार्य सकिएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो।
भारुको विनिमय दरमा विचलन
विगतमा मुद्रा अभावमा निर्धारित दरभन्दा बढी भुक्तान गरी भारु खरिद गर्नुपरेकामा नेपालगञ्ज क्षेत्रमा अहिले स्थिर विनिमय दरभन्दा कममा भारुको कारोबार हुने गरेको छ । केही महिना पहिलेसम्म भारतीय मुद्राको अभावका कारण स्थानीयले सय रुपियाँ भारु लिँदा ६ रुपियाँसम्म बढी तिरेर लिनुपर्ने बाध्यता थियो भने अहिले प्रतिसय रुपियाँमा ५ रुपियाँ कम दिएर पनि पाउन थालेको छ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको स्थिर विनिमय दरअनुसार नेपाली १६० रुपियाँ बराबर भारतीय एक सय हुन्छ ।
स्तन क्यान्सरको शल्यक्रिया भैरहवाबाटै
भैरहवमा स्तर क्यान्सरको विशेषज्ञ सेवा सुरु भएको छ । विगत १२ वर्षदेखि क्यान्सर उपचारमा लागेका डा. सञ्जय पाण्डेको नेतृत्वले भैरहवाबाट स्तन क्यान्सरको शल्यक्रिया सम्मको सेवा सुरु गरेको हो ।