कोहलपुर नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
बाँकेको कोहलपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाका सबै बालबालिकाले पूर्णखोप लगाएपछि कोहलपुर नगरपालिकालाई मङ्गलबार पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार : सत्यवतीमा २६ योजना निर्माण हुँदै
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएका गुनासाकैबिच सत्यवती गाउँपालिकाले गरेको काम निकै उदाहरणीय रहेको छ । गाउँपालिकाले प्रत्येक वडाबाट योजना छनोट गरेर परिणामनै देखिने गरेर २६ योजनाको काम सय दिनमा गर्ने गरेर अगाडि बढेको छ ।
'देशमा सुशासनको अभियान चलाउनुपर्छ'
मङ्गलबार प्रेस सेन्टर नेपाल जिल्ला शाखा गुल्मीको आयोजनामा तम्घासमा भएको पत्रकार सम्मेलनमा उहाँले समृद्ध नेपाल निर्माणका लागि सुशान कायम गर्न जरुरी रहेको बताउनुभएको हो ।
गुल्मीमा एक पुरुष मृत फेला
गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर –१ बोटेगाउँ रेग्दी छहरामा पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
फोहोरबाट टायल उत्पादन
दाङको राप्ती गाउँपालिकामा फोहोरबाट टायल उत्पादन गर्न सुरु गरिएको छ । राप्ती गाउँपालिका–२, पुण्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलक इँटालगायतका सामग्री उत्पादन सुरु गरिएको हो ।
रैथानेबाली संरक्षण गर्न ‘बीउ बैंक’
दाङ, वैशाख ३० गते । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित मूलकोट कृषि सहकारी संस्थाले रैथानेबाली संरक्षण गर्न बीउ बैंक स्थापना गरेको छ । लोप भइसकेका बालीलाई संरक्षण गर्न बीउ बैंक स्थापना गरिएको हो ।संस्थाका अध्यक्ष झरना पुनले अहिले बीउ सङ्कलन कार्य सुरु गरिएको बताउँदै आगामी दिनमा त्यसलाई उत्पादन गरेर बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो । अहिले ५० भन्दाबढी बालीको बीउ सङ्कलन गरिएको उहाँले उल्लेख गर्नुभयो ।“हामीले ५० भन्दाबढी लोेप हुने अवस्थामा रहेका बाली सङ्कलन गरेका छौँ, ती बालीको बीउ सङ्कलन गरेर बैंक बनाएका छौँ”, उहाँले भन्नुभयो, “सङ्कलित बीउ उत्पादन गरेर बजारमा बिक्री गर्ने योजना बनाएका छौँ ।” कोदो, फापर, स्थानीय धान, भटमास, गहुँ, टमाटर, तिल, गहत, बोरी, टमाटरलगायत बाली उत्पादन गर्ने गरिएको छ । अहिले कतिपय स्थानीय बाली लोप भइसकेका भन्दै यसरी बीउ बैंक निर्माण गर्नु सकारात्मक पक्ष भएको तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कुलराज चौधरीले बतानुभयो । “परम्परागत बाली धेरै लोप भइसकेका छन्”, उहाँले भन्नुभयो, “यसरी बीउ बैंक स्थापना गरेर संरक्षणको पहल थाल्नु सकारात्मक पक्ष हो ।” यो कार्य सबै कृषि सहकारीहरूले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बालबालिकाका लागि चित्रकला तालिम
बालबालिकामा बढ्दो मोबाइल प्रयोगको लतलाई छुटाउँदै उनीहरूलाई सिर्जनात्मक बनाउने सोचका साथ ‘पेन्ट योर मर्निङ’ चित्रकला सम्पन्न भएको छ ।
पर्यटन गन्तव्य बन्दै कुलपानी
दाङको गढवा गाउँपालिका–१, बडहरामा रहेको कुलपानी हरित पार्क पछिल्लोसमय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
रुकुम पश्चिमको गोतामकोट गाउँ
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ स्थित गोतामकोट गाउँ ।
स्कार्पियो दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –१० तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दाङबाट कुलपूजा गर्न रुकुमपश्चिम आएर फर्कनेक्रममा लुप्र ०२–००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।
प्रदेशकै अग्लो शिव मूर्ति स्थापना
प्यूठानको गौमुखी गाउँपालिका –१, अर्खा पीपल डाँडामा लुम्बिनी प्रदेशकै अग्लो शिव मूर्ति स्थापना गरिएको छ । ३६ फिट अग्लो र १२ मिटर चौडाइको यो मूर्ति करिब २ टन तौलको ढुङ्गाबाट निर्माण गरिएको हो ।
कोहलपुर डोजाङ्गले जित्यो तेक्वान्दो उपाधि
बाँकेको कोहलपुर नगरपालिकामा भएको प्रथम कोहलपुर खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि कोहलपुर डोजाङ्गले जित्न सफल भएको छ ।
विकासका काममा स्थानीय सरकारसँग सामुदायिक वनको हातेमालो
बाँकेका सामुदायिक वनहरु जीविकोपार्जनको माध्यम बन्नुका साथै पछिल्लो समयमा गाउँठाउँको विकाससमेत अग्रसर हुँदै गएका छन् । स्थानीय उपभोक्ताहरुको हरेक समस्यामा साथ दिँदै आएका सामुदायिक वनहरु सामाजिक विकासका काममा समेत अग्रसर हुँदै गएका हुन् ।
कृषि पेसाबाट लोभलाग्दो आम्दानी
नेपालमा अवसर नरहेको भन्दै दैनिक सयौं युवा रोजगारीका लागि विदेश पलायन भइरहेका बेला बाँके बैजनाथका राजेन्द्रकुमार थारूले कृषि पेसाबाट वार्षिक पाँच लाख बढी आम्दानी गरेर धेरैको मन जित्नुभएको छ ।
संयमका लागि भारत–पाकिस्तानलाई धन्यवाद : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली भारत र पाकिस्तानलाई संयमका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रमुख प्रशासकीय अधिकृतमा शर्मा
नेपाल सरकारका उपसचिव रामहरि शर्मा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको छ। शर्माले २०८२ साल वैशाख २६ गतेदेखि औपचारिक रूपमा पदबहाली गर्नुभएको हो।
विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीलाई गोताखोर तालिम
बाँकेको अगैयास्थित राप्ती नदीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीद्वारा आयोजित १२ दिने गोताखोर तालिम सम्पन्न भएको छ।
बिमाको रकम हिनामिना गरेको आरोपमा एक पक्राउ
रोल्पामा जीवन बिमाको रकम हिनामिना गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सामुदायिक वन जोगाउन महिला सक्रिय
सामुदायिक वनबाट काठ दाउरा अवैध रूपमा चोरी पैठारी हुन थालेपछि बर्दियाको गुलरिया नगरपालिका ४, ५ का महिलाहरू सामुदायिक वन जोगाउन दैनिक गस्ति जाने गर्नुहुन्छ ।
रेसुङ्गा विमानस्थलबाट सातामा तीन उडान हुने
तम्घास, वैशाख २९ गते । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो । रेसुङ्गा–काठमाडौँका लागि सात हजार ८० र काठमाडौंँ–रेसुङ्गा सात हजार दुई सय ८० भाडादर कायम छ ।मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताउनुभयो ।निगमको १८ सिट क्षमताको जहाजले बिहान ६ः१० बजे काठमाडौँबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ । रासस
तस्बिरमा २५६९ औं बुद्ध जयन्ती
प्रधानमन्त्री केपी शर्मा ओली २५६९औँ बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ ।
चितवन र बाँकेलाई पर्यटनसँग जोड्न यातायात सुविधा सहज बनाउनुपर्नेमा जोड
‘घुमौं सौराहा’ अभियानसहित नेपालगन्ज आइपुगेका चितवनका व्यवसायी र नेपालगन्जका सरोकारवालाबिच आयोजित भेटघाट कार्यक्रमका सहभागीहरूले पूर्वाधार विकास अभावमा पर्यटन क्षेत्र धरासायी भएको बताएका छन् ।
डेढ करोड लगानीमा दुई सय १० घरमा खानेपानी
तिलक घर्तीमगर रोल्पा, वैशाख २९ गते । रोल्पाको सुनछहरी गाउँपालिका–४ स्युरीमा खानेपानी पुगेपछि यहाँका स्थानीयहरू खुसी भएका छन् । पुस्तौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरू घरघरमा खानेपानीको धारो निर्माण भएपछि खुसीले दङ्ग बनेका हुन् । घरमै धारो निर्माण भएपछि एउटै धारोमा पालो पर्खनुपर्ने र घण्टौँ लाएर पोखरीमा जानुपर्ने समस्या हटेको स्थानीय नवीन बुढामगरले भन्नुभयो । “उहाँले भन्नुभयो यहाँका स्थानीय महिलाहरू बृद्धअवस्थाका नागरिक तथा बालबालिकाहरूले पुस्तौँदेखि पोखरी वा धारोमा घण्टौँ पालो पर्खेर पानी ल्याउँथे । अहिले एक घरमा एक धारा निर्माण भएपछि यहाँका स्थानीय महिला, बृद्धअवस्थाका नागरिक तथा बालबालिकाहरू त्यो समस्याबाट मुक्त भएका छन् ।” नवीन मात्र नभई यतिबेला सुनछहरी गाउँपालिका –४ स्युरीका २ सय १० घरपरिवार समेत घरघरमा खानेपानी आएपछि हर्षित भएका छन् । पानी नहुँदा घर आसपासमा रहेका जमिन समेत बाँझो थियो । अहिले घरघरमा खानेपानीको धारा निर्माण भएपछि त्यो जमिनमा पनि तरकारी लगाउन सहज भएको स्थानीय चुरामण रोका मगरले बताउनुभयो ।२०८१ असोजबाट सुरु भएको खानेपानी आयोजना २०८२ वैशाख महिलामा सम्पन्न भएको सुनछहरी गाउँपालिका–४ स्युरीका वडा अध्यक्ष हर्कराम बुढामगरले बताउनुभयो । उहाँका अनुसार स्युरीका विभिन्न बस्तीहरूमा पुस्तौँदेखिको खानेपानीको समस्या समाधान गर्न कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजी पोखरा नेपालसँग साझेदारी गरी स्युरी खानेपानी आयोजना सम्पन्न भएको हो । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजी पोखरा नेपालको १ करोड ३५ लाख ६८ हजार ४ सय ७ रुपैयाँ र स्थानीयको १६ लाख १० हजार बराबरको जनश्रमदान गरी कुल १ करोड ५१ लाख ७८ हजार ४ सय ७ रुपियाँ लगानीमा आयोजना सम्पन्न भएको कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजी पोखरा नेपालका प्रोजेक्ट म्यानेजर बालचन राणामगरले भन्नुभयो । स्युरी खानेपानी योजना कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजका डाइरेक्टर कर्नेल एन्ड मिल्स र सुनछहरी गाँउपालिका अध्यक्ष धन बहादुर पुनमगरले २०८२ वैशाख २७ गते संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । स्युरी खानेपानी आयोजनाबाट १ हजार ९४ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।
चल्यो बृहत्तर लुम्बिनी गुरुयोजनाको बहस
लुम्बिनी गुरुयोजनाको करिब ३० प्रतिशत काम बाँकी रहँदा बृहत्तर लुम्बिनी गुरुयोजनाको बहस थालिएको छ । लुम्बिनी विकास कोषका अधिकारीहरू अब पुरानो गुरुयोजनाले मात्र समग्र लुम्बिनीको विकास नहुने भएकाले बृहत्तर लुम्बिनी गुरुयोजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने गरी तयारी भइरहेको बताउँछन् ।