मनपरी शुल्क लिने संस्थागत विद्यालयलाई कारबाही गरिने
नेपालगन्ज उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुमा एकरुपता ल्याउनका लागि शुल्कहरुको निर्धारण गरेको छ ।
सामुदायिक विद्यालय पुग्ने अभिभावकलाई भत्ता
गुल्मीमा सामुदायिक विद्यालय पुग्ने आभिभावकलाई भत्ता प्रदान गरिने भएको छ । जिल्लाको मदाने गाउँपालिका –१, अग्लुङ्गले सामुदायिक विद्यालयका अभिभावकलाई भत्ता प्रदान गर्ने भएको हो।
खाद्य अधिकार घोषणापत्र जारी
खाद्य अधिकार अभियन्ताहरूको दुई दिनसम्म नेपालगन्जमा सञ्चालन भएको राष्ट्रिय सम्मेलनले खाद्य अधिकार सुनिश्चितताका लागि १७ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको क्षेत्रमा क्रियाशील खाद्य अधिकार अभियन्ताहरूको राष्ट्रिय सम्मेलनले उक्त घोषणापत्र जारी गरेको हो ।
अझै भएन इप्रका पुनर्स्थापना
सशस्त्र द्वन्द्वका बेला दुई दशकअघि सुरक्षाका कारणले विस्थापित भएको बाँकेको दुर्गम मानिने नरैनापुरको इलाका प्रशासन कार्यालय अझैसम्म पनि पुनर्स्थापना हुन सकेको छैन । इलाका प्रशासन कार्यालय स्थापना नहुँदा नरैनापुरवासीले स्थानीय सरकारको अनुभूति गर्न नपाएको अधिकांश नागरिकको गुनासो छ । नरैनापुरमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय नहुँदा स्थानीयलाई नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन ४५ किलोमिटर टाढा सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ ।
आगलागी घटनाप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले दाङको राजपुर गाउँपालिका ७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
क्यान्सरको उपचार बारे नेपालगञ्जमा छलफल
क्यान्सर रोग निको पार्न गरिने उपचार पद्धतिबारे नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले नेपालगन्जमा एक कार्यक्रम गरेर जानकारी गराएको छ।
भनभनेमा तीन घरगोठ जलेर नष्ट
गुल्मीको मदाने गाउँपालिका –७ भनभने वनमा लागेको आगो बस्तीतर्फ फैलिएर तीन वटा घरगोठ जलेर नष्ट भएको छ ।
आगलागीबाट २४ घरमा क्षति
दाङको राजपुर गाउँपालिका –७ हाडबासमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएको छ । राजपुर गाउँपालिका –७ का वडाध्यक्ष पुष्कर वलीका अनुसार आगलागीबाट २५ घरमध्ये २४ घरमा क्षति पुगेको छ ।
डढेलो नियन्त्रणका लागि दुई हजार किलोमिटर अग्निरेखा
डढेलो नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जले दुई हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ ।