लुम्बिनीमा नीति तथा कार्यक्रम सोमबार आउँदै
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
भैरहवामा प्रथम माननीय कप हुँदै
रुपन्देहीको भैरहवामा क्षेत्र नम्बर ३ (१) अन्तर्गत प्रथम माननीय कप क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । क्षेत्रअन्तर्गत रहेका १८ वटा वडा, कर्मचारी र सञ्चारकर्मी गरी २० टीमबिच प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
आँप टिप्न गएकी बालिकाको मृत्यु
कपिलवस्तु नगरपालिका वडा ८ मैनिहवामा एक बालिकाको रुखले च्यापेर मृत्यु भएको छ । आँधी हुरी आएको बेला बगैँचामा आँप टिप्न गएको बेलामा रुखले च्यापेर मृत्यु भएको हो ।
रुखले च्यापेर दुई जनाको मृत्यु, तीन गम्भीर
पश्चिम नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । आज अपराह्न हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा –७ चारपालामा रहेको प्रतिक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो ।
गुल्मीमा चैत र वैशाखमा ५६ आगलागी : ८६ लाखको भौतिक क्षति
गुल्मीमा चैत र वैशाख महिनामा मात्रै ५६ वटा आगलागीका घटना भएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय गुल्मीको नियमित पत्रकार सम्मेलनमा सार्वजनिक तथ्याङ्क अनुसार चैतमा ४० र वैशाखमा १६ आगलागीका घटना भएका छन् ।
बाँकेबाट १५५ जना हजयात्राका लागि साउदी जाँदै
बाँके जिल्लाबाट यस वर्ष हज गर्न साउदी अरेबियाको मक्का मदिनामा १५५ जना मुस्लिम धर्मावलम्बी जाने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । प्रयाप्त धन सम्पत्ति हुने मुस्लिमका लागि जीवनमा एक पटक हज गर्नु अनिवार्य धार्मिक पाँच कार्य मध्ये एक हो ।
जबरजस्ती करणीको घटनामा तीन जना पक्राउ
गुल्मीमा जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । शुक्रबार मासिक पत्रकार भेटघाटका क्रममा वैशाख महिनाभर भएका जबरजस्ती करणीका घटनामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
पाल्पाका स्थानीय तहको बेरुजु २० करोड ३८ लाख
पाल्पाको स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा २० करोड ३८ लाख ९४ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बासट्ठिऔं वार्षिक प्रतिवेदन अनुसार लेखापरीक्षण भएको कुल रकम मध्ये १ दशमलव ५३ प्रतिशत बेरुजु देखिएको हो ।
ललितपुरका प्रमुख महर्जनद्वारा गुल्मीको मालिका मन्दिर उद्घाटन
गुल्मीको मालिका गाउँपालिकामा निर्माण भएको मालिका भगवती मन्दिरको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु मर्हजनले उद्घाटन गर्नुभएको छ ।
नवलपरासीमा नाप नक्साकाे काम सुरु
नवलपरासी पश्चिममा नापनक्सा भएको अन्ठाउन्न वर्षपछि पुनः नाप नक्सा कार्य सुरु भएको छ ।
लालपुर्जा पाउने आसमा सुकुम्वासी
बर्दिया गुलरिया नगरपालिका ४ कैलाशनगरका भुवन घिमिरेले लालपुर्जा पाउने आसमा ३५ वर्ष बिताउनुभयो ।
कारको ठक्करबाट दुई महिलाको मृत्यु
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।
नेपालगन्जको तापक्रम वर्षकै उच्च
देशकै अत्यधिक गर्मी हुनेमध्येको नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ । बिहीबार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४१ दशमलव ४ डिग्री मापन भएको हो ।
दजाकोटमा सुरुभयो फाइवर झोला उत्पादन
मुसिकोट नगरपालिकामा फाइवर झोला बनाउन सुरु गरिएको छ । प्लाष्टिक बिस्थापनसहित ग्रामीण स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाले साझेदारीमा फाइवर झोला निर्माणको काम थालेको हो ।
महङ्गो उपचार : नसर्ने रोगको मारमा गरिब परिवार
गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका राजु दर्जीले तीन वर्ष आमाको उपचार गर्दा २० लाख सक्नुभयो । आमा ६५ वर्षीया आशादेवी दर्जी मिर्गौला, क्यान्सर र पायल्सले पीडित हुनुहुन्छ । उहाँको दुई वर्ष बुटवल र अहिले तम्घासमा हप्तामा तीन दिन डाइलासिस भइरहेको छ ।
माहुरीपालनबाट आयआर्जन गर्दै सामुदायिक विद्यालय
बाँकेको एउटा सामुदायिक विद्यालयले माहुरीपालनबाट वार्षिक लाखौँ रुपियाँ आम्दानी गर्दै आएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत उक्त विद्यालयले माहुरीपालनसमेत गर्दै राम्रो आम्दानी गर्दै आएको हो ।
बाँकेका आठ पालिकामध्ये खजुरा गाउँपालिकाको कम बेरुजु
बाँके जिल्लाका आठ वटा स्थानीय तहमध्ये खजुरा गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ ।
रुरुक्षेत्रको धार्मिक तथा पर्यटकीय महत्त्वलाई उजागर गर्न भजन प्रतियोगिता
रुरुक्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्नका लागि भजन प्रतियोयागिता आयोजना गरिएको छ ।
पालिकाद्वारा आयुर्वेद तथा फिजियोथेरापी स्वास्थ्य सेवा केन्द्र सञ्चालन
पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलो पटक पालिकाद्वारा सञ्चालित सुनवल आयुर्वेद तथा फिजियोथेरापी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
भूमिहीन भएको चार दशकपछि जग्गाधनी
पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसियाली छाएको छ ।
अक्सिजन प्लान्ट बन्द हुँदा सास्ती
बर्दियामा १० महिनादेखि अक्सिजन उत्पादन बन्द हुँदा बिरामीले सास्ती भोगिरहेका छन् । बर्दिया अस्पतालमा कोभिडको दोस्रो लहरको समयमा उत्पादन सुरु भएको अक्सिजन बन्द भएको र अक्सिजन प्लान्ट बन्द भएपछि बर्दियावासी नेपालगन्ज अक्सिजन लिन जान बाध्य भएका हुन् ।
राजमार्ग जोड्ने सडक स्तरोन्नति
बुटवलदेखि १७ किलोमिटर पश्चिम कलौनीबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएको छ । पूर्वपश्चिम राजमार्गको सैनामैना नगरपालिका–६, कलौनीदेखि लुम्बिनी जाने
मुक्त कमैया अधिकारविहीन
मुक्त कमैयाको हैसियतले प्राप्त गरेको जग्गा किनबेच गर्न नपाउने भनी तोकिएको १० बर्से अवधि व्यतीत भइसक्दासमेत जग्गा फुकुवा नहुँदा सुकुमवासी, भूमिहीन, मुक्त कमैया मर्कामा परेका छन् । २३
पप्पु कन्स्ट्रक्सनले जब्दीपुल नबनाउँदा स्थानीयवासी हैरान खेप्दै
ज्योति पन्थीबबई (बर्दिया) जेठ १ गते । बारबर्दिया नगरपालिका वडा नं.९ जब्दी गाउँका ५८ बर्षीया भग्गु थारु आफनो घर अगाडीबाट यातायात चल्ने भए पछि निकै सुखी हुनु भएको थियो तर उहाँको खुसी धेरै दिन टिक्न पाएन उहाँको खुसी खुस मानै सीमित रह्यो ।सडक डिभिजन कार्यालय बाँके सँग सम्झौता गरेर पप्पु कन्स्ट्रक्सने निर्माण गरेको पुल हस्तान्तरण हुनु पुर्वनै बाढीले बगाए पछि बारबर्दिया र गुलरिया नगरपालिकाको यातायात सम्पर्क नै टुटेको ८ वर्ष पुगेको छ । यस बिचमा धेरै परिवर्तन भए पनि नदीले बगाएको जब्दीपुल भने जस्ता त्यस्तै छ ।गुलरिया र बारबर्दिया जोडने बबई नदीमा निर्माण भएको जब्दीपुल २०७४ साल असार ३० गते राति आएको बाढीले १४ वटा पिलर मध्य उत्तरतर्फका ४ वटा पिलर भासिए पछि पुलबाट यातायात साधन आवतजावतनै बन्द भयो । ०७९ साल साउन २९ गते राति आएको बाढीले पुल २ वटा स्लाप नै बगायो निकै आसा गरेका थियो अव सदरमुकाम सँग गाउँको दुरी निकै नजिक हुन्छ भनेर तर पुल बनेर हिडन नपाउँदै पुल बाढीले बगायो बारबर्दिया ९ जब्दी गाउँका स्थानीय भग्गु थारुले बताउनु भयो ।२०७९ को बाढीले पुलको स्लाप बगाए पछि अहिले सबै ठप्प छ पुल निर्माणका लागि धेरै पटक आन्दोलन भएको बारबर्दिया ९ का स्थानीय विश्वास सिंहले बताउनु भयो । पुल भासिएको ९ वर्ष पुरा भएको छ यस बिचमा पुल हेर्न धेरै उच्च तहका कर्मचारी देखि सासद मन्त्री सम्म आउनु भयो बन्दैन कसैले भन्नुहुन्न पर्यटकीय स्थल जस्तै भएको छ हाम्रो जब्दीलपुल सिंहले बताउनु भयो । उहाँले भन्नु भयो सरकार सँग हाम्रो यही माग छ चाडै पुल बनोस् ।बारबर्दिया नगरपालिका र सदरमुकाम गुलरियाको दुरी ८ किलोमिटर पनि छैन यातायात सञ्चालन भएको भए बारबर्दियामा उत्पादन गरेको कृषि उपजले राम्रै बजार पाउँने अपेक्षा समेत कृषकको थियो तर पुल निर्माण भएर सञ्चालनमा आउन नपाउँदै पुल भत्कियो अहिले सबै ठप्प छ बारबर्दिया जब्दी गाउँका स्थानीय राम पाण्डेले बताउनु भयो । पुल निर्माण भएको केही समय सम्म गुलरिया देखि बारबर्दिया सम्म यातायात सञ्चालन गरेका थियौ २०७४ मा बाढीले पुल भासियो त्यस पछि यातायात सञ्चालन बन्द भयो कृष्णसार यातायात व्यवसायी प्रा.ली.बर्दियाका अध्यक्ष रवि मल्लले बताउनु भयो ।नदीले बगाएको जब्दीपुल निर्माणका लागि बर्दिया क्षेत्र नं.१ का सङ्घीय संसद् २ वर्ष अघि ८ दिन पुलकै तल अनसन बस्दा समेत सरकारले सुनेन तत्कालीन भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले अनसन स्थलमा पुगेर पुल निर्माण हुने कुरामा बिश्वस्थत बनाउँदै संसद्को अनसन तोडाउनु भयो तर अहिले सम्म पुल निर्माण हुन सकेन । पुल निर्माण गर्न अनसन देखि पटक पटक प्रतिनिधिसभामा कुरा उठाएको भए पनि अहिले सम्म सुनुवाइ नभएको बर्दिया क्षेत्र नं. १ का सङ्घीय संसद् सञ्जय कुमार गौतमले बताउनु भयो ।