• १ जेठ २०८२, बिहिबार

पप्पु कन्स्ट्रक्सनले जब्दीपुल नबनाउँदा स्थानीयवासी हैरान खेप्दै

blog

गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोडने बबई नदीमा निर्माण गरिएको बाढीले बगाएको जब्दीपुल । तस्विरः ज्योति पन्थी

ज्योति पन्थी

बबई (बर्दिया) जेठ १ गते । बारबर्दिया नगरपालिका वडा नं.९ जब्दी गाउँका ५८ बर्षीया भग्गु थारु आफनो घर अगाडीबाट यातायात चल्ने भए पछि निकै सुखी हुनु भएको थियो तर उहाँको खुसी धेरै दिन टिक्न पाएन उहाँको खुसी खुस मानै सीमित रह्यो ।

सडक डिभिजन कार्यालय बाँके सँग सम्झौता गरेर पप्पु कन्स्ट्रक्सने निर्माण गरेको पुल हस्तान्तरण हुनु पुर्वनै बाढीले बगाए पछि बारबर्दिया र गुलरिया नगरपालिकाको यातायात सम्पर्क नै टुटेको ८ वर्ष पुगेको छ । यस बिचमा धेरै परिवर्तन भए पनि नदीले बगाएको जब्दीपुल भने जस्ता त्यस्तै छ ।

गुलरिया र बारबर्दिया जोडने बबई नदीमा निर्माण भएको जब्दीपुल २०७४ साल असार ३० गते राति आएको बाढीले १४ वटा पिलर मध्य उत्तरतर्फका ४ वटा पिलर भासिए पछि पुलबाट यातायात साधन आवतजावतनै बन्द भयो । ०७९ साल साउन २९ गते राति आएको बाढीले पुल २ वटा स्लाप नै बगायो  निकै आसा गरेका थियो अव सदरमुकाम सँग गाउँको दुरी निकै नजिक हुन्छ भनेर तर पुल बनेर हिडन नपाउँदै पुल बाढीले बगायो बारबर्दिया ९ जब्दी गाउँका स्थानीय भग्गु थारुले बताउनु भयो ।

२०७९ को बाढीले पुलको स्लाप बगाए पछि अहिले सबै ठप्प छ पुल निर्माणका लागि धेरै पटक आन्दोलन भएको बारबर्दिया ९ का स्थानीय विश्वास सिंहले बताउनु भयो । पुल भासिएको ९ वर्ष पुरा भएको छ यस बिचमा पुल हेर्न धेरै उच्च तहका कर्मचारी देखि सासद मन्त्री सम्म आउनु भयो बन्दैन कसैले भन्नुहुन्न पर्यटकीय स्थल जस्तै भएको छ हाम्रो जब्दीलपुल सिंहले बताउनु भयो । उहाँले भन्नु भयो सरकार सँग हाम्रो यही माग छ चाडै पुल बनोस् ।

बारबर्दिया नगरपालिका र सदरमुकाम गुलरियाको दुरी ८ किलोमिटर पनि छैन यातायात सञ्चालन भएको भए बारबर्दियामा उत्पादन गरेको कृषि उपजले राम्रै बजार पाउँने अपेक्षा समेत कृषकको थियो तर पुल निर्माण भएर सञ्चालनमा आउन नपाउँदै पुल भत्कियो अहिले सबै ठप्प छ बारबर्दिया जब्दी गाउँका स्थानीय राम पाण्डेले बताउनु भयो । पुल निर्माण भएको केही समय सम्म गुलरिया देखि बारबर्दिया सम्म यातायात सञ्चालन गरेका थियौ २०७४ मा बाढीले पुल भासियो त्यस पछि यातायात सञ्चालन बन्द भयो कृष्णसार यातायात व्यवसायी प्रा.ली.बर्दियाका अध्यक्ष रवि मल्लले बताउनु भयो ।

नदीले बगाएको जब्दीपुल निर्माणका लागि बर्दिया क्षेत्र नं.१ का सङ्घीय संसद् २ वर्ष अघि ८ दिन पुलकै तल अनसन बस्दा समेत सरकारले सुनेन तत्कालीन भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले अनसन स्थलमा पुगेर पुल निर्माण हुने कुरामा बिश्वस्थत बनाउँदै संसद्को अनसन तोडाउनु भयो तर अहिले सम्म पुल निर्माण हुन सकेन । पुल निर्माण गर्न अनसन देखि पटक पटक प्रतिनिधिसभामा कुरा उठाएको भए पनि अहिले सम्म सुनुवाइ नभएको बर्दिया क्षेत्र नं. १ का सङ्घीय संसद् सञ्जय कुमार गौतमले बताउनु भयो ।