पानी परेपछि किसानलाई राहत
लामो समयपछि पानी परेपछि बाराका किसान खुसी भएका छन्। सुक्दै गएको गहुँ, धान र अन्य बाली पानी परेपछि सप्रिने भन्दै किसान खुसी भएका हुन्।
बाँकेको पाँच हजार बढी हेक्टर क्षेत्रफलमा डढेलो
बाँकेमा पाँच हजार १३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।
सिटिईभिटीको प्रदेश कार्यालय राजधानी सार्न निर्देशन
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिईभिटी)को प्रदेश कार्यालय तत्काल प्रदेश राजधानी स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ ।
महिना दिनमै तीन हजार हेक्टर वन सखाप
पाल्पामा एक महिनामा तीन हजार हेक्टर बढी क्षेत्रमा डढेलो लागेको छ । गत वर्ष एक महिनाको अवधिमा एक हजार हेक्टर वन क्षेत्रमा मात्र डढेलो लागेकोमा यो वर्ष एक महिनामै तेब्बर क्षेत्रमा डढेलो लागेको छ ।
सेनाद्वारा विपद् व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास
नेपाली सेनाले विपद् व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरेको छ । बाँकेको राँझास्थित श्री नं. ४ बाहिनी अड्डा तथा श्री बज्रदल गणको संयुक्त आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं १ स्थित वाटरपार्कमा विपद् व्यवस्थापनसम्बन्धी सम्भावित बाढी, डुबान, खोज तथा उद्धार सम्बन्धमा सेनाले पूर्वाभ्यास गरेको हो ।
डढेलोले ३१ सय हेक्टर वनमा क्षति
स्थानीयको लापरबाही, अत्यधिक गर्मी, लामो खडेरी, उच्च वेगको हावाहुरीलगायत कारणले दिनहुँ डढेलो लागि रहेको छ । गएको फागुन महिनादेखि यता प्रायः दिनहुँ जिल्लाका विभिन्न वनमा डढेलो लागि रहेको हो ।
दुर्गम गाउँमा विद्युतीकरण गरिँदै
दुर्गम गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित गिजनचउर र छाप गाउँमा पहिलो पटक बिजुली बलेको हो ।
मालपोत र नापी कार्यालयबाट ६ जना बिचौलिया पक्राउ
बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जना बिचौलियालाई पक्राउ गरिएको छ ।
औद्योगिक उत्पादन कटौती गर्दै रुपन्देहीका उद्योग
रुपन्देहीका उद्योगले आफ्नो औद्योगिक उत्पादनमा भारी मात्रामा कटौती गरेका छन् ।