• २९ वैशाख २०८२, सोमबार

कोहलपुर डोजाङ्गले जित्यो तेक्वान्दो उपाधि

blog

उपाधि विजेता टोली । तस्बिर : गोरखापत्र

सिराज खान

नेपालगन्ज, वैशाख २९ गते । बाँकेको कोहलपुर नगरपालिकामा भएको प्रथम कोहलपुर खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि कोहलपुर डोजाङ्गले जित्न सफल भएको छ । 

कोहलपुर डोजाङ्गले सात वटा स्वर्ण प्राप्त गरी उपाधि जित्न सफल भएको हो । कृष्ण मावि डोजाङ्गले ६ स्वर्ण प्राप्त गरी दोस्रो भयो । 

गणेश मावि ढकेरी डोजाङ्गले पाँच स्वर्ण प्राप्त गरी तृतीय हुन सफल भएको बाँके जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश लामिछाने बताउनुभयो । उहाँकाअनुसार बाँकेका ३७ वटा डोजाङ्गका ३१४ जना खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । 

प्रतियोगितामा तौल र उमेर अनुसार २० विधामा प्रतिस्पर्धा भएको थियो । जसअनुसार २८, ३०, ३२, ३४, ३६, ३८, ४०, ४३ र अण्डर १२ र १६ वर्षको उमेर समूहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

अध्यक्ष लामिछानेले बाँकेका स्थानिय पालिकाहरुले खेलप्रति देखाएको चासो र सहयोगले तेक्वान्दो संघलाई थप हौसला प्रदान गरेको बताउनुभयो । 

उहाँले स्थापनाकालदेखि हालसम्म कोहलपुर नगरपालिकाले प्रतियोगिताका लागि आर्थिक र भौतिक रुपमा सहयोग गर्दै आएको जनाउँदै अब आगामी दिनमा जिल्लाका आठवटै पालिकाकाले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

तेक्वान्दो खेलमा अन्तराष्टियस्तरमा पदक जित्ने धेरै संभावना रहेकोले यस खेललाई विद्यालय स्तरबाट नै विद्यार्थीलाई सिकाउन आवश्यक भएको संघका अध्यक्ष लामिछानेले बताउनुभयो । 

प्रतियोगितामा सङ्घका केन्द्रिय सदस्य श्रीमान थापा मगर, राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक नेत्र थापालगायतको उपस्थिति रहेको थियो ।