नागरिकता विषयमा मधेशका जनतासँग गरेको प्रतिवद्धता पूरा भयो : अध्यक्ष दाहाल
मलंगवा, साउन ७ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहालले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिवद्धता पूरा गरेको बताउनुभएको छ। उहाँले भन्नुभयो “लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक/पटक प्रतिबद्धता जनाएको थिएँ। अब यो व्यवहारिक रूपमा कार्यान्वयन भएको छ।”सर्लाहीको बागमती नगरपालिका सोल्टीबजारस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शुक्रबार पारित नागरिकता विधेयक माओवादीकै कारण सम्भव भएको दाबी गर्नुभयो। “तपाईँहरूले माओवादी पार्टीलाई बलियो बनाएर आउने दिनमा यहाँका जनताको हकअधिकार, पहिचान र विकास समृद्धि र समाजवादका निम्ति योगदान गर्नुहुनेछ”, उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय एकतालाई बलियो पार्नका लागि छिमेकी देश चीन र भारतसँग सन्तुलित राम्रो सम्बन्ध बनाउनुपर्छ।” मधेसी जनताको चाहनाअनुरुप यहाँको शिक्षा, स्वास्थ्य, सडक संरचना माओवादी केन्द्रको अगुवाइमा विकासका काम हुने उहाँले दाबी गर्नुभयो। “चीन सरकारको एउटा टोलीसँग र भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्षको निम्तोमा भारतमा गएर सरकारका प्रतिनिधि र पार्टीका प्रतिनिधिसँग स्पष्ट छलफल भएको छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालको राष्ट्रिय हितका निम्ति, नेपाली जनतको विकास र समृद्धिका निम्ति मैले दुवै छिमेकीबाट त्रिदेशीय सम्झदारी बनाउने, दुवैबाट सहयोग जुटाउने कोसिस पार्टीले गरिरहेको छ।” अध्यक्ष दाहालले सङ्घीयतालाई बदनाम र कमजोर पार्ने काम भइरहेकाले यहाँको जनता सजग भएर संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई आगामी चुनावमा मत दिनुपर्ने बताउनुभयो। कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता प्रल्हाद बुढाथोकीलगायतले जनताका बीचमा गएर पार्टी गतिविधिका बारेमा प्रचार/प्रसार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। रासस
भग्नावशेष बन्दै राणाकालीन भवन (फोटोफिचर)
२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो। भूकम्पले ठूलो जनधनको क्षति गर्यो। ऐतिहासिक, पुरातात्त्विक सम्पदा ध्वस्त भए। नौ हजार भन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो।
आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने अध्यक्ष नेपालको दाबी
स्थानीय तह निर्वाचनमा २८ प्रतिशत उम्मेदवारी दिँदा नौ लाख २७ हजार भोट पाएको उल्लेख गर्नुहुँदै अध्यक्ष नेपालले सबै ठाउँमा उम्मेदवारी दिएर आम निर्वाचनमा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गर्नुभयो ।
एमालेमा अवसरवादी प्रवृत्ति मौलायो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले पार्टीभित्र अवसरवादी प्रवृत्ति मौलाउँदैगएको बताउनुभएको छ । सुर्खेतमा आयोजित पार्टीको आन्तरिक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीभित्रका नेता कार्यकर्ताहरुको आचरण विग्रिन थालेको बताउनुभएको हो ।
भारतमा काँग्रेस नेत्री आरजुसँगै कुनै पनि राजनीतिक विषयमा छलफल भएकाे छैन : माओवादी अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा काँग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताउनुभएको छ । शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उहाँले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्नेकुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताउनुभएको छ ।
प्रतिक्रियावादी शक्तिले मजदुर फुटाउने काम गरेका छन् : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी शक्तिले आफ्नो पार्टीलाई कमजोर बनाउन प्रयासरत रहेको बताउनुभएको छ । शनिबारबाट ललितपुरको गोदावरीमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उहाँले त्यस्तो बताउनुभएको हो ।
बीपीको सिद्धान्त छाडेका छैनौँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको सिद्धान्त कांग्रेसले नछाडेको बताउनुभएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको चालिसाैँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ विपीको पथमा हिँडिरहेको बताउनुभयो ।
शहीदकाे अवमूल्यन गर्न नहुने नेकपा एमाले अध्यक्ष ओलीकाे विचार
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाउने बताउनुभएको छ ।शनिबार यहाँस्थित कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
समयमै सजग नभए मुलुक गम्भीर आर्थिक संकटमा फँस्छ
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपालको खस्कँदो आर्थिक अवस्थाले मुलुक आर्थिक संकटमा फँस्दैगएकोप्रति चिन्ता व्यक्त गरेको छ । आर्थिक विज्ञहरुले नेपालको अर्थतन्त्र श्रीलंकाको पथमा गइरहेको भन्दै विश्लेषण गरिरहेकाबेला एमालेले सो चिन्ता व्यक्त गरेको हो ।
प्रतिनिधिसभा बैठकबाट नागरिकता विधेयक बहुमतले पारित
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संशोधनसहित बहुमतले पारित भएको छ।
नागरिकता विधेयक सहमतिमा पारित हुने गृहमन्त्रीको विश्वास
काठमाडौं, साउन ६ गते। गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पारित गर्न सिंगो सदनमा सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि संशोधन कर्ताले राखेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले संविधानमा राखेको प्रावधानलाई समेटेर नै नागरिकता विधेयक अघि बढाउन लागेको बताउनुभयो। गृहमन्त्री खाणले अहिले ल्याएको विधेयकको मुल आधारशीला नै नेपाली आमा र बुवा भएकाले नै नागरिकता पाउने गरेर नागरिकता (पहिलो संशोधन) विधेयक ल्याएको बताउनुभयो। उहाँले ऐन, विधेयक बनाउँदा सरकार र सदनलाई पनि संविधानको प्रावधानका बारेमा उभिएर जानुपर्ने उल्लेख गर्दै आगामी दिनमा पनि संशोधन गर्ने गरेर अघि बढ्नुपर्ने बताउनुभयो। गृहमन्त्री खाणले नागरिकता विधेयक सबैलाई आवश्यक रहेको उल्लेख गर्दै वैवाहिक अंगीकृतको लागि सबैले सहमति गरेर नागरिकताबिहीन नेपालीलाई नागरिकको अधिकार दिनुपर्ने बताउनुभयो। उहाँले नागरिकताका बारेमा समस्या समाधान गर्न सरकार छलफलका लागि तयार रहेको उल्लेख गर्नुभयो। गृहमन्त्री खाणले वैवाहिक अंगीकृतको ७ वर्षको प्रावधानका कारण नै नागरिक संशोधित विधेयक अघि बढ्न नसकेको भन्दै सबैले यसलाई संशोधन गर्ने प्रस्ताव फिर्ता गर्न आग्रह गर्नुभयो। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि ४५ जनाले ९४ बुँदामा संशोधित प्रस्ताव पेस गरेका थिए।
गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच समझदारी
गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने सम्बन्धमा समझदारी भएको छ ।
गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्छ : डा. भट्टराई
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताउनु भएको छ।
नागरिकता विधेयकमा राष्ट्रिय सहमति आवश्यक छ : पूर्व प्रधानमन्त्री खनाल
काठमाडौं, साउन ६ गते। पूर्व प्रधानमन्त्री एवम् प्रतिनिधिसभा सांसद झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताउनुभएको छ।शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भीर प्रश्न रहेको भन्दै राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताउनुभयो। उहाँले ऐन बनाउँदा कुनै कमजोरी हुनु नहुने पनि बताउनुभयो। उहाँले नागरिकता सम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमति रहेको उल्लेख गर्दै विवादको बीचमा पारित हुने खतरा रहेको बताउनुभयो। खनालले सो विधेयक पारित भएमा देशमा दुई खालको जनमत बन्ने खतरा रहेको औँल्याउनु भयो। उहाँले भन्नुभयो, “नागरिकताको सम्बन्धमा हामीले ऐन बनाउँदा कुनै पनि ढंगले लुज काम गर्नु हुँदैन। हामीले लुज कुरा ग¥यौँ भने हाम्रो देशको सामाजिक संरचना क्रमिक रुपले बद्लिने, नकारात्मक ढंगले बद्लिने खतरा हुन्छन्। यो कुरालाई ध्यानमा राखेर नेपालका राजनीतिज्ञले, नेपालका पार्टीले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ।”अहिले जुन प्रकारले नागरिकता विधेयक आएको छ, यसमा केही गम्भीर प्रश्नहरु रहेको बताउनुहुँदै उहाँले यसमा राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताउनुभयो। “राष्ट्रिय सहमती भएको मैले देखिनँ। प्रतिपक्षले असहमति राखिरहेको छ। सरकार पास गर्नका लागि तयारी गरिरहेको छ। यो विवादको बीचमा पास हुने खतरा छ”, उहाँले भएमा विधेयक पास भएमा देशमा दुई खालको जनमत बन्ने खतरा बढ्ने धारणा राख्नुभयो।
परिवर्तनको बाहक माओवादी : अध्यक्ष दाहाल
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनको मुख्य बाहक शक्ति माओवादी भएको दाबी गर्नुभयो।
जसपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ।
नागरिकता विधेयकबारे सही सूचना प्रकाशन गर्न महामन्त्री थापाको आग्रह
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकबारे सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभएको छ ।
पर्यटनमन्त्री श्रेष्ठसँग भारतीय राजदूत श्रीवास्तवको भेट
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।
कुलबहादुर गुरुङको सम्झनामा बीपी
शुक्रबार प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ४० औँ स्मृतिदिवस मनाइँदै छ । वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
बीपीको राजनीतिक जीवनमा श्रीमती सुशीलाको भूमिका
नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ । तर, प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) की पत्नी सुशीला एक अपवाद हुनुहुन्छ, जसले जीवनकालमा आफ्नै परिवारबाट जेठाजु मातृका, श्रीमान् बीपी र देवर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको हेर्न पाउनुभयो ।
प्रदेश नामकरणका लागि आज सर्वदलीय छलफल हुँदै
प्रदेश १ को नामकरणका लागि आज शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका बिचमा सर्वदलीय छलफल हुँदैछ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आव्हानमा सर्वदलीय छलफल आव्हान भएको हो ।
प्रधानमन्त्री देउवाबाट भारतीय राष्ट्रपतिलाई बधाई
काठमाडौं, साउन ५ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा द्रौपदी मुर्मूलाई बधाई दिनुभएको छ। भारतको राष्ट्रपति पदमा मुर्मू निर्वाचित भए लगत्तै ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले बधाई तथा तथा शुभकामना दिनुभएको हो।प्रधानमन्त्री देउवाले ट्वीटमा नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभएको छ। मुर्मू बिहीबार भारतको १५ औं राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको हो।
राष्ट्रपति भण्डारीबाट भारतीय राष्ट्रपतिलाई बधाई
काठमाडौं, साउन ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतको पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले भारतको राष्ट्रपति पदमा द्रौपदी निर्वाचित हुनुभए लगत्तै ट्वीटरमार्फत् बधाई तथा शुभकामना दिनुभएको हो । मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको ट्विट सन्देशमा उल्लेख गर्नुभएको छ ।
पार्टीको कार्यदिशाअनुरुप काम गर्न नेता नेपालको आह्वान
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको संविधानले निर्दिष्ट गरेको अधिकार कार्यान्वयन र पार्टीको कार्यदिशाअनुरुप समाजवाद उन्मुख कार्यमा लाग्न पार्टी पङ्तिलाई आह्वान गर्नुभएको छ । पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा उहाँले सो आह्वान गर्नुभएको हो ।