• ३ असार २०८१, सोमबार

नागरिकता विधेयकमा राष्ट्रिय सहमति आवश्यक छ : पूर्व प्रधानमन्त्री खनाल

blog

प्रतिनिधिसभा बैठकपछि पत्रकारसँग कुरा गर्नुहुँदै झलनाथ खनाल । फाइल तस्बिर

काठमाडौं, साउन ६ गते। पूर्व प्रधानमन्त्री एवम् प्रतिनिधिसभा सांसद झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताउनुभएको छ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भीर  प्रश्न रहेको भन्दै राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताउनुभयो। उहाँले ऐन बनाउँदा कुनै कमजोरी हुनु नहुने पनि बताउनुभयो। 

उहाँले नागरिकता सम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमति रहेको उल्लेख गर्दै विवादको बीचमा पारित हुने खतरा रहेको बताउनुभयो। खनालले सो विधेयक पारित भएमा देशमा दुई खालको जनमत बन्ने खतरा रहेको औँल्याउनु भयो। 

उहाँले भन्नुभयो, “नागरिकताको सम्बन्धमा हामीले ऐन बनाउँदा कुनै पनि ढंगले लुज काम गर्नु हुँदैन। हामीले लुज कुरा ग¥यौँ भने हाम्रो देशको सामाजिक संरचना क्रमिक रुपले बद्लिने, नकारात्मक ढंगले बद्लिने खतरा हुन्छन्। यो कुरालाई ध्यानमा राखेर नेपालका राजनीतिज्ञले, नेपालका पार्टीले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ।”

अहिले जुन प्रकारले नागरिकता विधेयक आएको छ, यसमा केही गम्भीर प्रश्नहरु रहेको बताउनुहुँदै उहाँले यसमा राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताउनुभयो। 

“राष्ट्रिय सहमती भएको मैले देखिनँ। प्रतिपक्षले असहमति राखिरहेको छ। सरकार पास गर्नका लागि तयारी गरिरहेको छ। यो विवादको बीचमा पास हुने खतरा छ”, उहाँले भएमा विधेयक पास भएमा देशमा दुई खालको जनमत बन्ने खतरा बढ्ने धारणा राख्नुभयो।