• १७ असार २०८१, सोमबार

जसपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

blog

माओवादी केन्द्रमा प्रवेश गरेका जसपा नेतालाई स्वागत गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : अध्यक्ष दाहालको निजी सचिवालय

काठमाडौं, साउन ६ गते। जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ। 

जसपाका पूर्व केन्द्रीय सदस्य टेकबहादुर शाक्यसहित विरेन्द्रप्रसाद यादव, कृष्णमोहन यादव, राजमणि यादव, सलाउदिन अहमद, अवधेश पटेल, राजामुदिन मियाँ, महेश यादव, विपिन्द्र चौधरी, रामबादुर पाख्रिन लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयका अनुसार करिब दुई दर्जन नेता, कार्यकर्ता माओवादीमा प्रवेश गर्नुभएको छ। 

शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा उहाँहरुलाई अध्यक्ष दाहालले स्वागत गर्नुभएको हो।