• १४ असार २०८१, शुक्रबार

बीपीको राजनीतिक जीवनमा श्रीमती सुशीलाको भूमिका

blog

काठमाडौं, साउन ६ गते । नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ । तर, प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) की पत्नी सुशीला एक अपवाद हुनुहुन्छ, जसले जीवनकालमा आफ्नै परिवारबाट जेठाजु मातृका, श्रीमान् बीपी र देवर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको हेर्न पाउनुभयो । तर पनि उहाँले राजनीतिक मामिलामा कहिल्यै हस्तक्षेप गर्नुभएन । बरु दुई तिहाई बहुमत प्राप्त दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका आफ्ना श्रीमान् बीपीलाई प्रधानमन्त्री नबन्न दवाब दिँदै अनसन बस्नुभयो ।

अहिले प्रधानमन्त्री, मन्त्रीको निर्णयमा श्रमिती हाबी हुने गरेको आरोप लाग्दै आइरहेको छ ।

बीपीको राजनीतिक जीवनमा श्रीमती सुशीलाको भूमिका र प्रभाव रहेको विश्लेषण भइरहेको परिप्रेक्ष्यमा वास्तवमा बीपीको जीवनमा श्रीमती सुशीलाको कस्तो प्रभाव थियो ? भनेर छोरा प्रकाश कोइराला र कांग्रेसका पुराना नेता केशवनन्द जोशी यसो भन्नुहुन्छ ।

नेता जोशीले राजासँग सुवर्ण शमशेरको निकटता भएकोले प्रधानमन्त्री र पार्टी सभापतिमा छोडिदिन आग्रह गरेको बताउनुहुन्छ । उहाँले बीपीलाई श्रीमती सुशीलाले पार्टी सभापति छोडेर पार्टी सङ्गठन बलियो बनाउन सुझाव दिएको पनि बताउनुभयो ।

सुवर्ण शमशेर राणा परिवारका निकट सदस्यको रुपमा हेरिँदै आएका केशवनन्द जोशीको बुझाई पनि बीपीकी श्रीमती सुशीलाले पार्टी सभापति पद सुवर्णलाई छोडिदिन आग्रह गर्ने गरेको आफूले थाहा पाएको बताउनुभयो ।
नेता जोशीले भन्नुभयो, ‘‘मैले सुनेअनुसार सुशीला भाउजुले बीपीलाई बारम्बार छोडिदिनुहोस्, प्रधानमन्त्री र संसदीय दलको नेता बन्न, सुवर्ण शमशेरको राजासँग निकट छ, उहाँलाई छोडेर तपाई पार्टी सङ्गठनलाई बलियो बताउन लाग्नुस् भन्ने गर्नुहुन्थ्यो ।’’

त्यस्तै, तत्कालीन समयमा कांग्रेस पार्टीले दुई तिहाईका साथ जितेको भए पनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भएको थियो । संसदीय दलको नेता चुन्ने कुरामा बीपी उठ्न लाग्दा कमाएको इज्जत र प्रतिष्ठा मेटिने डरले श्रीमती सुशीला चिन्तित भएको छोरा प्रकाश कोइराला बताउनुहुन्छ ।

उहाँले पार्टी सभापति र प्रधानमन्त्री नबन्न श्रीमती सुशीलाले आग्रह गर्दा उहाँले कोइराला परिवारबाट नै गाली खाएको सुनाउनुभयो ।

आमाको प्रधानमन्त्री नबन्ने प्रस्ताव कोइराला परिवार कसैलाई चित्त नबुझेको सम्झादै उहाँले बताउनुभयो ।

बीपीले आमाका सबै कुरा सुन्ने गरे पनि निर्णय आफ्नै लिने गरेको प्रकाश बताउनुहुन्छ । प्रधानमन्त्री भएर देश र जनताको सेवा गर्ने प्रतिवद्धतापछि पार्टीलाई सुदृढ बनाएर अघि लैजाने काम बीपीले गर्नुभएको थियो ।  
कोइरालाले प्रधानमन्त्री भएर देशको सेवा गर्ने बीपीको चाहनापछि सबै परिवारसँग कुरा गरेर पार्टी र देशको नेतृत्व गरेको बताउनुभयो ।