• ३ असार २०८१, सोमबार

प्रतिनिधिसभा बैठकबाट नागरिकता विधेयक बहुमतले पारित

blog

संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्नस्तुत गर्नुभएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्ने क्रममा सांसदरु । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, साउन ६ गते।  नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संशोधनसहित बहुमतले पारित भएको छ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। त्यस लगत्तै सभामुख अग्निप्रसाद साकोटाले नागरिकता विधेयकलाई निर्णायार्थ प्रस्तुत गर्नुभएको हो। निर्णायार्थ प्रस्तुत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको घोषणा सभामुख सापकोटाले गर्नुभएको हो। 

यसअघि गृहमन्त्री खाणले शुक्रबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो। 

विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गर्नुभएको थियो । वैवाहिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष समयसीमा तोक्नेबारेमा विगतमा प्रतिनिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक २०७९ साउन ८ गते आइतबार दिनको १ बजे बस्ने छ।